Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, November 3, 2009

0 भो लेख्नुपर्दैन यस्तो तकदीर

- अ के ला
आइसब्रेकबाट तेल ननिस्केपछि सत्तापक्ष र प्रतिपक्ष दलहरू यतिखेर आक्रामक
रूपमा एक अर्काका आमने(सामने भएका छन्। दलहरुको यो शैलिले जहाँ गुलियो,
त्यहीँ बाहुन भुलियो भन्ने बुढापाकाको कथनलाइ हावादारी सावित गरेको मात्र
नभै प्रजातान्त्रिक र सहमतिका ढोकाहरु खुल्लै छाडेर आइसब्रेक नै ब्रेक
गरी एक अर्कालाइ पेलेरै निकासको ध्यू निकाल्ने कसरतमा लागे जस्तो देखिएको
छ। सोझो औँलाले ध्यू ननिस्कने भएपछि औँलो टेढो गरेर ध्यू निकाल्ने
जुनखालको सोँच दलहरुले बनाएका छन्, त्यसबाट कतैबाट किञ्चित मात्र पनि चुक
भयो भने भयानक राजनीतिक दर्ुघटना हुनसक्नेछ। यो आमनेसामनेको लडाइँमा
जोसुकैको हार(जित भए पनि लडाइँ त आखिर लडाइँ नै हो।
आन्दोलन, सौम्य र शान्तिपर्ूण्ा हुने दावी आन्दोलनकारीहरूको छ भने
आन्दोलन हिँस्रक भए त्यसलाइ दमन गरिने सोँच सरकारको छ। सत्तापक्षको हातमा
जहिलेसुकै बुट(लाठी(गोली हुने र प्रतिपक्षको हात रित्तो रहने हुँदा यो
आन्दोलन अपेक्षाकृत कम आक्रामक हुने अपेक्षा जनताले गरेको छ भने
आन्दोलनमा शिविरका लडाकुहरुको घुसपैठ हुनसक्ने बलियो सम्भावना भएकाले यो
आन्दोलन जनताले अपेक्षा गरेभन्दा बढी आक्रामक र हिँस्रक हुनसक्ने अनुमान
सत्ताधारीहरू दलहरूले लगाएका हुनसक्छन्। तर आन्दोलनलाइ सौम्य र
शान्तिपर्ूण्ा बनाउन काइकर्तालाइ प्रशिक्षित गरिएको दावी आन्दोलनरत दलका
अगुवाहरूबाट आएकोले सरकारको दावीमा खासै दम नभएको अनुमान जनताको छ।
इश्वरको कानमा नपरोस, त्यस्तै होस। आन्दोलनकारीहरू निहत्थै रहुन्।
सत्ताधारीहरूका मुखमा दुधभात, फाइरिङ्गको स्थिति नबनोस, कहीँ(कोही हताहत
नहोउन्। भए, बिथोलिएको शान्तिप्रक्रिया जोगाउन स्वयँ इश्वरले पनि सक्ने
छैनन्।
नागरिक सर्वोच्चता, मुलुकमा लोकतन्त्रको बहाली यता भएको सबैभन्दा ठूलो
उपलब्धि थियो, जसलाइ नेपाली सेनाद्वारा अपहृत गरिएको निश्कर्षआन्दोलनरत
माओवादीले निकालेको छ र त्यसको पर्ुनर्वहालिका निम्ति उनीहरू मैदानमा
उत्रिएका छन् भने जुन नागरिक सर्वोच्चताको माओवादीहरू गर्दैछन्, त्यो
सर्वोच्चता नेपाली सेनाद्वारा नभै माओवादीबाटै अपहृत भैरहेको र माओवादीको
आफ्नै नेतृत्वको सरकारलाइ नै माओवादीले अस्सली नागरिक सर्वोच्चता
ठानिरहेको निश्कर्षसत्ताधारी दलहरूले निकालेका छन्। यसलाइ
भनिन्छ(अलोकतान्त्रिक प्रवृत्ति।
कार्यकारिणी सरकारको आदेशलाइ राष्ट्रपतिले उल्टाइएको विषय सदनमा संकल्प
प्रस्ताव दर्ता गर्न दिइनुपर्ने, नदिइए(त्यसवारे सदनमा गम्भिर छलफल गर्न
दिइनुपर्ने, त्यो पनि नदिइए आफ्नो गल्तिका निम्ति राष्ट्रपतिले सदनमा
क्षमायाचना गर्नुपर्ने र त्यसो गरिए सदन सुचारू हुन दिइने अडानलाइ
आन्दोलनकारीहरूले आफ्नो हदैसम्मको लचकता बताइरहेका छन् भने गल्ति गर्ने
राष्ट्रपतिमाथि या त महाभियोग लगाउन, या त आफ्नै नेतृत्वको सरकार खोजिएको
हो भने सदनमा बहुमत सिद्ध गर्न भनिएको हाँकलाइ सत्ताधारी दलहरूले आफ्नो
लचकता बताइरहेका छन्।
दुवैथरीका फरक फरक लचकताहरूमध्ये सत्तापक्षले प्रतिपक्षबाट डँडाल्नु
बिनाको लचकता चाहेको देखिन्छ भने प्रतिपक्षमा रहेको माओवादी डँडाल्नु
बिनाको लचकता नभै डँडाल्नु सहितको लचकतामा जोड दिइरहेको जस्तो देखिन्छ।
दुवैथरीका यी लचकताहरू न केवल हास्यास्पद छन्, पिडादायक पनि उत्तिकै छन्।
किनकि, डँडाल्नु बिनाको सरीसृपको जस्तो लचकता अपनाउन र सरीसृपलेझैँ
घिस्रिएर हिँड्न अढाइसय वर्षेखि सिष्टममा थेग्रिएका कुरीति, कुसँस्कार
तथा विभिन्न विभेद विरूद्ध संर्घष्ारत व्रि्रोहीहरूका निम्ति पनि मुश्किल
मात्र हैन, महामुश्किल छ।
जहाँका मानिसहरु आफ्नो धर्तीमा शान्तिका अग्रदूत भगवान बुद्ध र विदेहराज
जनक अवतरित भएकोमा गर्व गर्दथे्, त्यहाँका मानिसहरु आज आपसमा पीडा
साटिरहेका छन्। जुन धर्तीको पवित्र(पावन भूमीमा कुनैदिन सीता र भृकुटी
जस्ता आदर्श नारीहरुको बास रहने गर्दथ्यो, त्यो भूमी आज बेश्याहरुको
सुक्रिबिक्री हुने अन्तराष्ट्रिय बजार बनेको छ। जहाँका मानिसहरु गणेश,
अन्नपर्ूण्ा, मनास्लु तथा विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्ता
हिमश्रृङ्खलाहरु भएकोमा आफ्नो छात्ति चौडा पार्दथे, त्यहीँका मानिसहरु आज
जनताको तकदीर कोर्ने नेताहरुलाई धिक्कार्दै अरवका खाडीहरुमा आफ्नो तकदीर
खोजिरहेका छन्। जुन भूमीमा त्रियासी अर्व मेघावाट बिजुली उत्पादन गर्ने
गण्डकी, कोसी, कर्ण्ााली, मेची र महाकाली जस्ता नदीहरु दन्दनाएर बगिरहेका
छन्, त्यहीँका मानिसहरु आज अन्धकारमा बस्न बाध्य रहेको अत्यन्तै
विडम्वनापर्ूण्ा स्थिति छ।
जहाँका मानिसहरु कुनै दिन यतिबिध्न सिधासादा, धार्मिक र मिलनसार थिए कि
उनीहरु आपसमा प्रेम साट्ने गर्दथे, ती मानिसहरु आज जङ्गली कुकुरहरुझैँ
आपसमा टोकाटोक गरिरहेका छन्। जुन भूमीमा हिजोसम्म पर्ूवबाट उदाएर
पश्चिममा घाम उदाउने गर्दथ्यो, त्यो भूमीमा आज पश्चिमबाट उदाएर पर्ूवमा
घाम अस्ताउने गरिरहेको छ। जहाँका कण कणमा सदभाव, सहिष्णुता एवं बन्धुत्व
ब्याप्त थियो, त्यही भूमीमा आज यस्ता बिषालु काँढाहरु उमार्ने चेष्टा
भएको छ, जुन काँढा उखेलेर यहाँका मानिसहरु आपसमा काटाकाट र मारामार गर्न
उद्धत भैरहेका छन् भने यसलाई युद्ध नमानेर के मान्ने - नेताहरुको
नेतागिरी - अर्थात, राजनीति -
युद्धमा गल्तिको गुञ्जाइश हुँदैन। भए, युद्ध हारिन्छ। तर राजनीतिमा
त्यस्तो हुँदैन। किनकि, गल्ति हुने नै राजनीतिमा हो, जसको मूल्य गल्ति
गर्नेहरूले नचुकाई धर पाउँदैनन्। गल्तिर्(अर्थमा हुन्छ। गल्तिर्(धर्म,
सँस्कृति, कलामा हुन्छ। गल्ति, सबैले गर्दछन््। गल्ति, सबै दल, भातृसंगठन
र तिनका कार्यकर्ताहरूले गर्दछन्। तर त्यसको अर्थ बेइमानी लगाइनु हुँदैन,
छोपिनु हुँदैन। छोपिए, विष्फोट हुन्छ।
लोकतान्त्रिक पद्धति र मान्यताअनुरुप जनताको कदर गरिनुपर्ने थियो, गरिएन।
जनमतको सम्मान गरिनुपर्ने थियो, गरिएन। जनतासँग भयभित हुनुपर्ने थियो,
भैइएन। किन - जुन पद्धति र मान्यताका निम्ति जनव्रि्रोहको सुनामी
उर्लियो, जुन सुनामीले यहाँ मौजुद व्यक्तिवादी, हैकमवादी तथा अधिनायकवादी
प्रवृत्तिहरू चर्मराएर ढाले, तिनै प्रवृत्तिलाई व्युँताउन खोजिएको छ।
आखिर किन - आज जनता(जनता छैनन्, कुनै एक दलका पिछलग्गुका रुपमा सिमित
रहेका छन्। आज नेताहरू, नेता छैनन्, भूमीगत गिरोहका सरदारका रुपमा
स्थापित हुँदैछन् र राजनीति, राजनीति नरही आफ्नो अभिष्ट पूरा गर्ने
माध्यम बनेको छ। देशलाई दलालीको साधन ठान्ने, जनतालाई र्सार्वभौम कम, दास
ज्यादा ठान्ने र जनतालाई आफ्नो जुठ्यानको शिकार बनाउनेहरू आखिर के सिद्ध
गर्नखोज्दैछन् - के लेख्नखोज्दैछन् उनीहरू जनताका निधारमा - तकदीर -
तकदीर, पहिला नेताजीहरुले आफ्नै लेखून्। आफन्त र कुटुम्वका लेखियून्।
आसेपासे, हुक्के, चिलिमे र भर्ूइँफुट्टाहरूका लेखियून्। त्यसपछि बल्ल
तकदीर लेखिने पालो जनताको आओस। भान्छा, पहिला नेताजीहरुले गरुन्। आफन्त र
कुटुम्व्हरुले गरुन्। आसेपासे, हुक्के, चिलिमे र भर्ूइँफुट्टाहरूले
गरुन्। त्यसपछि बल्ल भान्छा गर्ने पालो जनताको आओस। तकदीर, पहिला
नेताजीका नलेखिई, आफन्त, कुटुम्वका नलेखिइ, आसेपासे, हुक्के, चिलिमे र
भर्ूइँफुट्टाहरूको नलेखिई जनताको पालो कहाँ - भुँडी पहिला नेताजी,
आफन्तजन, कुटुम्व र आसेपासे, हुक्के, चिलिमे र भर्ूइँफुट्टाहरूका नभरिई
जनताको पालो कहाँ पाठक -
अर्काको तकदीर लेखेर अर्काको भाग्यविधाता बन्ने चेष्टा नगरियून, गून
लाउने चेष्टा नगरियून। गरिए, दर्ुभाग्य हुनेछ उनीहरुकै निम्ति।
नेताजीहरुले जनताको तकदीर लेख्नु भनेको राँडी आईमाईले आशिर्वाद दिँदा मैँ
जस्तो भएस भने जस्तै हो। मुलुक, दिन प्रतिदिन जस्ता हिसावले राँडीको
राज्यका रुपमा रुपान्तरण हुँदैछ, मुलुकमा जुन हिसावले राजनीतिक भाँडहरु
हावि हुँदैछन्, त्यसको निम्ति यहाँ यदि कोही जिम्मेवार छन् भने ती हुन्
खूद नेताजीहरु, जो(जतिखेर पनि सिर्फकुकुर(बिरालाझैँ आपसमा ङयार ङयार
मात्रै गरिरहन्छन् र शान्त, शित्तल र लच्छिनले बास गरेको घरमा अलच्छिन
निम्त्याइरहन्छन्। दलहरूका यी ङयार ङयारले महामुश्किलले हातपरेको
लोकतन्त्र आज अलच्छिन सावित भैरहेको छ र संविधान सभाकै औचित्यतामाथि नै
प्रश्नचिन्ह उब्जेको छ। यही हो तकदीर जनताको - के यही लेख्नखोजिएको हो
जनताको तकदीर - यदि नेताजीहरुले जनताका निधारमा लेख्नखोजेका तकदीर यस्तै
हो भने चाहिन्न त्यस्तो तकदीर, जसले भाइ(भाइलाइ, परिवार(परिवार र
समाज(समाजलाइ नै अलग्याएर एक अर्का बिरुद्ध भड्काउँछ र खूनको प्यासा
बनाउँछ। भो लेख्नुपर्दैन यस्तो तकदीर। चाहिँदैन त्यस्तो तकदीर। आफ्नै
निधारमा लेख त्यस्तो तकदीर। आफन्त, कुटुम्वकै निधारमा लेख त्यस्तो तकदीर।
अनि लेखून् त्यस्तै तकदीर नेताजीहरुले आफ्नै आसेपासे, हुक्के, चिलिमे र
भर्ूइँफुट्टाहरूका निधारमा। चाहिन्न जनतालाई त्यस्तो तकदीर। भर्सर्ेे
परोस यस्तो तकदीर। भाँडमा जाओस यस्तो तकदीर। अस्तु।


0 comments:

Feeds Comments