Saturday, November 28, 2009
0 जातीय संघीयता र किच्चक घरवेटी बाको दादागिरी
-सरोजदिलु विश्वकर्मा
फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरू। यो १६ वर्षो
काठमाडौं बर्साईमा एक दर्जन जति डेरा सरिएछ। कति डेरा समयमा वहाल तिर्न
नसकेर सरियो, कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो, कतिमा विवाह
नगर्नाका कारणलेे त कतिमा विवाह गर्नाका कारणले सरियो। कतिमा विधार्थी
भएका कारणले र्सर्नु पर्यो त केहीमा घरवेटीकी छोरीका कारणले झेालीकुम्ली
बोकेर हिड्नु पर्यो। डेरा सरिरहनुको दोष मेरो होईन, तिनै किच्चक
घरवेटीहरूकै हो। वहाल तिर्न २।४ दिन ढिला हुँदा 'निस्केर जा' भन्ने,
पानी, धारा, टोइलेटको सुविधाविना भाडा उठाएर खाने, विधार्थीहरूको
सम्वेदना नबुझी रातविहानै पैसा मांगने र हाम्रा पैसाले हिःपप् छोरीकेा
लिपीस्टीकदेखि पेन्टीसम्म किन्न हुने तर छोरी दिन नमान्ने यी घरवेटी
बाहरू, अनि हाम्रै कमाइृमा मोज र भोज गर्ने ती तरूणी छोरीहरूले फर्केर
नहर्ेनाले पनि डेरा सरियो। यस्तै छ, राजधानीको बर्साई।
यसपाली भने पत्रकार भएको आरोपमा डेरा सरियो। कम्युनिष्ट पार्टर्ीी
खुन्खार कार्यकर्ता हाम्रा भुपु घरवेटी बा वहाल बस्ने तरूनीहरूलाई भने
भाडा लिदैंनरहेछन्। सुनिन्थ्यो- घरवेटी छोरीसंग लभ पर्यो भने खल्तीबाट
भाडा तिर्न पर्दैन रे। तर मेरा घरवेटी छोरीहरू भने सवै धुतार। वरू कतिमा
त घरवेटीहरू नै तरूणीवरूणी वहाल बस्नेहरूसंग नै लभ् गर्दारैछन्। वस् ती
तरूनीले घरभित्र बोलाएर दाँत ङच्ियाईदिए पुग्यो। अनि, एकदिन रंगेहात फेला
परे घरवेटी बा र सायद यो भित्रका अरू खुल्दुलीहरू खोतलिने डरले पत्रकार
भन्नासाथ उनले निस्केर जा भने। अनि भर्खरै डेरा सरियो।
अघिल्लो वर्षपानीको हाहाकार हुँदा पाटनको कुम्भेश्वर धारामा पानी भर्न
जाँदा लोकल पाहरूले -पा भनेको नेपाल खाल्डोका आदिवासी) र वहालवालाहरूलाई
वोईलर ठानी रड्ले टाउको फक्ल्याक्क पारिदिएको सम्झदा अहिले पनि आङ
जिरिङ्ग हुन्छ। आजपनि हामी वोईलरले ती पाहरूको अगाडि शीरनत गरेर 'हजुर
निगाह होस्' भन्नै पर्छ। नत्र, तिनले 'हामी लोकल' भन्नासाथ हामी
बोईलरहरूले टाउको जोगाउन दौडनु वाहेक अर्को विकल्प हुन्न। तिनै पाहरूको
त्राहीमा हामी वोइलरहरू राजधानीमा शीर उचालेर कोरकोराउन पनि प्रतिवन्धित
छौं। कुनै मजवुत कानुन छैन, यी घरवेटी विरूद्ध उजुरवाजुर गर्ने। कोही
सुनिदिनेवाला पनि छैन वहालवालामाथिको अन्याय। त्यसैले उसले 'निस्केर जा'
भन्नासाथ मरेको विरालो काखी च्यापेर र्सर्नु परिहाल्छ। किनकी राष्ट्रलाई
कहिल्यै कर नतिर्ने यी घरवेटी वाहरूका लागि हामी सवै वहालवालाहरू पाखे र
खान नपाएर काठमाडौं छिरेका शरणार्थीहरू हौं। अनि उनको नजरमा हामी
किरायदार सेकण्डक्लास नागरिक नै हैा। अर्थात हामी भनेको उनको कमाई
गरिदिने जोताहा गोरूसरह हौं, तिनले जसरी जोतेपनि हुन्छ।
हुन त वहाल बस्नेहरू नहुने हो भने कतिपय घरवेटीहरूले या सडकमा बसेर
मांगनु पर्दछ या चोर्न हिड्नर्ुपर्दछ। यिनका छोराहरूले मुँद्रा लाउन पनि
पाउने छैनन् भने छोरीहरूले सेन्टी र पेन्टी फर्ेन पाउने छैनन्। चौवाटोमा
पसल थापेर वहालवालाहरूको कमाई कज्याउने यिनको धन्दा पनि चल्ने छैन।
त्यसवेला मात्र सवै उस्तै मानिस भन्ने यी घरवेटीहरूको चेतना खुल्ने थियो।
यी घरवेटी बा तिनका छोरीहरूको रवाफ हर्ेदा राजधानीमा घर भाडामा
लाउनेहरूकेा भविश्य अझ अन्धकार देखिन्छ। जवकि संघीय प्रणालीमा जाँदा
राजधानीमा नेवाहरूको अधिपत्य हुने निस्चित छ। ती नेवार भनेकै यहाँका
पक्का घरवेटी बाहरू हुन्। अनि जव नेवारहरूको अधिपत्य जम्छ, गैरनेवारलाई
यहाँका भुस्याहा कुकुरलेसमेत भुक्नेछन्, लखेट्ने छन्। तिनलाई ठाडो आँखाले
हर्ेदा पनि हाम्रा आँखा निकालिने छन्। झन् त्यसवेला हामी दलितहरूको हालत
के होला - एकैक्षण कल्पना गरौं त। आजै त छिःःछि र दुर्दुर् गर्ने यी
घरवेटीहरूले डेरामा त परै राखौं, घरको फेरामा एकक्षण उभिँदासमेत वहाल
उठाउने छन्।
अर्थात, यस प्रसंगलाई एकक्षण जातीय राज्यसंग तुलना गरेर हेरौंः यदि
माओवादीले उठाएजस्तो जातीय राज्यमा गईयो भने अल्पसंख्यक र उत्पीडितहरू
विशेषतः दलित र मुश्लिमहरू तथा वहुसंख्यक जातजातिहरूको सम्वन्ध पनि
घरवेटी बा र वहालवाला पाखेवीचको जस्तो हुने देखिन्छ। जस्को उधाहरण आजको
नेवारमय राजधानीले प्रष्ट दिएको छ। भोली नेवा राज्यमा अल्पसंख्यकले यो
भन्दा चर्को उत्पीडन र वहुसंख्यकको दादागीरी भोग्नै पर्छ । यसका अलावा
थारूहट, ताम्वासालिङ्ग, लिम्वुवानमा ती वाहेकका जातिहरू आजका
किरायकादारको हालतमा पुग्ने छन्। मधेशमा गोरा छालाहरूलाई लोकल पाहरूले
शीर उचो गरेर हिड्न दिने छैनन्। यस्ता जातीय राज्यमा अल्पसंखयकहरूले
मरेको विरालो काखी च्याप्दै मुसाले मुसा नै वाँदरले वाँदर नै, खरायोले
खरायो नै साथी खोजेजस्तै आफ्ना जात समुहको खोजी गर्दै बर्साईसर्राई
गर्नुपर्ने त्रि्र सम्भावना रहन्छ। जवकि लोकतन्त्रमा वहुमतकै
निर्ण्र्ाासदर हुन्छ। जवकि वहुसंख्यकहरू आफ्ना जातजाति र समुहको पक्षमा
नै लाग्नेछन्। यसलेगर्दा अल्पसंख्यकहरूले कहिले न्याय पाउने छैनन् र
न्याय मांगन जाँदा पीडितले वंगलामुखिमा झै रड् खानुपर्ने स्थिती प्रत्येक
राज्यमा दोहोरिन्छ। अतः शुरूशुरूमा त कांग्रेस-कम्युुनिष्ट एक हौं
भनेजस्तै जातीय राज्य पाएकोमा एकताको माहोल नै होला, तर अन्नतः चुप लागेर
खुरूखुरू कर तिर, यात झोली-कुम्लो कसी बाटो लाग् भन्ने हालतमा यी दलित
तथा मुश्लिमहरू पुग्नेछन्। यतिमात्र होइन, जातीय राज्यका पक्षपाति
जानजातिभित्र समेत वहुजात हुनेले अवसरको उपभोग ज्यादासे ज्यादा गर्न
पाउँछन् भने कुसुण्डा, लेप्चा, झाँगड आदिको हालत त उही हो, आजका
राजधानीका वहालवालाभन्दा गए-गुज्रेको।
माओवादीमा नागरिक सर्वोच्चताको आन्दोलनसंगै जातीय गणराज्य घोषणा गर्ने
अभियान पनि शुरू भएको छ। थारूहट र किराँत राज्य घोषणा भईसकेका छन्। सायद
अव खड्ग विश्वकर्माले कालिकोटे राज्य बनाउलान् नै। त्यसो भयो भने त
दलितप्रति माओवादी पार्टर्ीी कार्यकर्ताहरू वास्तवमै समवेदनशील रहेछन्
भन्ने बुझनर्ुपर्दछ। नत्र अरू जातिकेा राज्यमा दलितले आफ्नो पहिचान
गुमाएर वहुमत जातिको पहिचान ग्रहण गर्नु र उनीहरूको अधिपत्यलाई
स्वीकार्नु हो। र, त्यसवापत दलितले केही निगाह पाउँनेछन्, जुन आजको विष्ट
कमाएर दर्ुइचार माना वाली बटुल्नुजस्तै हो। अतः ती जातीय राज्यमा
दलितहरूले चै फेरिपनि विष्टैमात्र कमाउनु पर्ने र त्यसवापत पुच्छर र
गर्दन बोक्ने अथवा खला उठाउनु पर्नेहुन्छ। अर्थात आजको नेपा राज्यमा
पाहरूले हामी किरायदारलाई जसरी आफ्नो लंगौटी झैं सम्झेर 'आईज बस् अनि
निस्केर जा' भनिरहन्छन्, त्यसरी नै जातीय राज्यका नयाँ पाहरूले अल्पमत र
दलित मुश्लिमहरूलाई 'खाए खा नखाए घिच्'को स्थितीमा पुर्याउने छन्। र,
तिनका छोराछोरीहरूले हाम्रा हाड्-छाला तरेर सेन्टीपेन्टी लगाईरहने छन्।
त्यसवेला हाम्रो भने डेरा खोज्दै र र्सर्दैर्सर्दै प्रत्येकराज्यमा
जात्जातका घरवेटी पोस्ने धन्दामात्र हुनेछ। अतः जनजातिको पक्षमा आईएल्ओ
१६९ ले जसरी ब्याख्या गरेको छ, त्यो नेपालको संस्कृति र बनोट अनुसार छैन,
दलित तथा अन्य अल्पसंख्यकको भावना प्रतिकुल पनि छ। साथै हामी आईएल्ओ लागि
नयाँ नेपाल बनाउन गईरहेका पनि होईनौ, नयाँ नेपाल नेपाली जनताको लागि
बनाउने हो। त्यसैले माओवादीलगायत जनजाति, वुद्धिजीवि मित्र र प्राडाहरूले
जातीय राज्यको सोंचलाई उखेलेमात्र हामी सवै मिलि अतिहिन्दू वाहुनवादी
संस्कारविरूद्ध लड्न सक्छौं। होईन, फेरि पनि स्वायत्त जातीय राज्यमा हामी
अल्पमत र उत्पीडित जातिलाई किरायादार मात्र बनाउने हो भने हाम्रा लागि
जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद।

Subscribe to:
Post Comments (Atom)
0 comments: