Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Friday, November 20, 2009

0 रक्तदन्तिका श्री गढीमाइकी जय-जय-जय

-सुदर्शनराज पाण्डे
हिमवत् खण्ड, उत्तराखण्ड विश्वको सर्वोच्च हिम शिखर सगरमाथा रहेको देश
नेपालमा रहेकी रक्तदन्तिका श्री गढीमाइको पंचवषर्ीय मेला विश्व प्रसिद्ध
छ। नेपालको तराइको जिल्ला, बाराको बरियारपुरमा विराजमान गढीमाइको
पंचवषर्ीय मेला प्राचीन एवं ऐतिहासिक हो। परापर्ूवकालदेखि चल्दै आएको
पा"च वर्षो गढीमाई मेला भर्न भारत तथा नेपालका नरनारी अपार रूपमा
पुग्दछन्। गढीमाइको अत्यन्त भयंकर रूप छ। शक्तिपीठ गढीमाइले भाकल गर्ने
भक्तहरूको मनोकामना, इच्छा पूरा गर्दै आएकीले शक्तिरूपा चण्डिका भगवती
गढीमाइको आस्था र महात्म्य दिन परदिन बढ्दो छ। आ"सुरी शक्ति, दानव
शक्तिको विनास गर्ने सत्यवादी धर्मनुरागी मनुष्यहरूको कल्याण गर्ने
दयारूपी, शान्तिरूपी माता गढीमाइ त्रिनेत्री चण्डिका हुन्।
ँभीमा देवी त विख्यातं तन्मे नाम भविष्ययति' यस विनासकारी कलियुगमा
आप\mना सच्चा भक्त मनुष्य र यस पृथ्वीमा रहेका जीव, वनस्पति जो जलवायु
परिवर्तनका कारण संकटमा पर्दैछन् उनीहरूको रक्ष्ँाको लागि भीमा देवी
गढीमाइको रूपमा प्रकट भएकी हुन्। भीमा देवी गढीमाइको जय - जय- जय।
मार्कण्डेय पुराण देवी भागवत एकादश अध्यायमा वर्ण्र्ाागरिएको भगवती
गढीमाइ नै हुन्। लोककल्याणकारीणी भगवती गढीमाइको महिमा ँपुनश्चाह यदा
भीमं कृत्वा हिमाचले। रक्ष्ँांसी भक्ष्ँ भिष्यामी मुनीना ज्ञाणकारणात।'
पृथ्वीको शत्रुको संहार गर्ने, मनुष्यहरूलाई सद्वुद्धि, सत्यकर्ममा
हिंडाउने चण्डिका गढीमाइले बलि पूजाको फल दिने गरेकी छिन्।
प्रत्येक पा"च वर्षा मार्गशिर्षसप्तमीका दिन गढीमाइमा रांगा बलि र
अष्टमीका दिन बोका, हा"स, कुखुरा, सुंगुरको बलि हुन्छ। परेवालाई
गढीमाइलाई अर्पण गरि उडाइन्छ।
पा"च वर्षा लाग्ने गढीमाइ मेलाको मूल पूजाको दिन सप्तमी तिथिमा मन्दिरमा
आफै बत्ती प्रज्वलित हुन्छ। यस्तो आर्श्चर्य, अनौठो र अलौकिक शक्ति
विश्वका अन्य शक्तिपीठहरूमा पाइदैन। धार्मिक आस्थाबाट प्रकट यस
आर्श्चर्यलाग्दो शक्तिका बारेमा अझसम्म वैज्ञानिक अनुसन्धान र खोजी हुन
सकेको छैन। अघिल्लो पंचवषर्ीय मेलाको सम्पर्ूण्ा तस्बिर ँडिस्कभरी
च्यानल' मार्फ विश्वभर प्रशारित भएको थियो। यस वर्षविश्वका
अनुसन्धानकर्ताहरू, संचारकर्मीहरु गढीमाइ मेलामा आइपुग्न सक्दछन्।
विश्वमा नै सबैभन्दा बढी र्सवाधिक बलि चढ्ने गढीमाइको गिनिज बुक अफ दि
वर्ल्ड रर्ेकर्डसमा उल्लेख हुन बा"की नै छ। गढीमाइ मेलाको चर्चा विश्वभर
भए पनि धार्मिक पर्यटकका रूपमा नेपाल र भारतका जनताहरूमात्र दर्शनार्थीका
बहुसंख्यक आएको पाइन्छ। नेपाल र भारतको को धनी, को गरिब, को ठूलो, को
सानो सबै नरनारी बडो श्रद्धाभक्तिका साथ गढीमाइमा पाइला टेक्दै आएका छन्।
काखे दूधे बालकदेखि मर्ने उमेरका बुढाबुढी समेत गढीमाइको मेलामा पुगेका
हुन्छन्।
सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले सम्पन्न
मुलुक, चाड पर्वै पर्व र मेलाले भरिपर्ूण्ा मुलुक नेपालको तराइमा रहेको
लुम्बिनीको गौतम बुद्धको जन्मस्थल, जनकपुरको रामजानकी मन्दिर, बारा,
बरियारपुरको गढीमाइ मन्दिरमा विश्वकै पर्यटक आइपुगेका छन्।
र्सवाधिक बलि चढाइने गढीमाइ एक अदभूत्, अलौकिक र साक्ष्ँात शक्तिपीठ
भएकै कारण मेला स्थलमा झिंगा लाग्दैन, यो प्रत्येक दर्शनार्थीहरूले
आ"खाले देख्न सक्ने कुरा हो। कुनै पनि मनुष्यलाई आपत विपत परेको समयमा
आराधना गरेमा गढीमाइले इच्छा पर्ूण्ा र धर्ैयधारण गर्ने शक्ति अवश्य
दिन्छिन्। कलियुगकी साक्ष्ँात शक्ति स्वरूपाको आराधना र दर्शनले मात्र
धर्म, अर्थ, काम, मोक्ष स्वतः सिद्ध हुन्छ। र्
र्सव मंगल मांगल्ये शिवे, र्सवार्थ साधिके ।
शरण्ये त्रयम्विके गौरी नारायणी नमोस्तुते।
वटवृक्षमुनि विराजमान श्री गढीमाइ मर्ूर्ति अष्ठयन्त्रमा आधारित छ।
गढीमाइ मन्दिरका पूजारी आदिवासी, जनजाति, थारू समुदायको उत्तराधिकारी
छन्। गढीमाइ क्ष्ँेत्रमा ठूलो पोखरी छ जहा" तिर्थालुहरूले स्नान गर्छन्।
पोखरीको दक्षिण-पश्चिम कुनामा छठू नट, जंगी नट द्वारपाल छ । गढीमाइ
मन्दिरभन्दा एक किलोमिटर दक्षिणमा जोरलाई माइपूजन स्थल छ। गढीमाइ पूजन
स्थल चौतारामा छ। चारर्ैतर्फ बेदी रहेको छ। जस्लाई उत्तरनाथ बाबाको बेदी
भनिन्छ। जस्मा धूप, बत्ती बालेर मिठाइ चढाइन्छ। गढीमाइमा धेरै
दर्शनार्थीहरूले नरिवल चढाउ"छन्। मन्दिर पर्ूव मैदानमा रहेको
ब्रह्मास्थानमा रांगा -भैंसा) बलि दिइन्छ । यस वर्षो मेलामा ६ हजार
रांगाको बलि चढाइने अनुमान छ। ब्रम्हस्थानसंगै उत्तरमा महिषासुरको
पूजास्थल छ। यो संगै हरपति महाराजको पनि पूजा हुन्छ। धामी बाबा भगवान
चौधरीको स्मारकमा दर्शन गरेपछि श्री गढीमाइ क्षेत्र परिक्रमा हुन्छ।
मूल पूजाको दिन आफै दिप प्रज्वलित भएपछि रांगाको बलि चढाइन्छ र सो बत्ति
ननिभेसम्म रांगा काट्ने क्रम सुरू हुन्छ। बत्ति निभेपछि पाडा काट्न
पाइदैन। काटिएका पाडाको टाउको खाल्डोमा राखेर पुरिन्छ। गढीमाइको सवारी
ब्रह्मास्थानमा चलाएपछि बत्ती अचानक आफै बल्छ यो नै गढीमाइ मेलाको
आर्श्चर्यलाग्दो दृश्य हो। ब्रम्हबाबाको सवारी गढीमाइमा भएपछि मेवा,
मिष्ठान्न, बस्त्र, आभूषण चढाइन्छ। यस वर्षो मेलामा लगाइने विभिन्न करबाट
करिब ५ करोड आम्दानी हुने र सो आम्दानी गढीमाइ क्षेत्रको व्यवस्थापनमा
लगाइने मेला समितिले बताएको छ। एक महिनासम्म चल्ने गढीमाइ मेला मंसिरको
धान्य पूर्णर्ीमा -खुदी पूर्णर्ीमा) को दिन सम्पन्न
हुन्छ।
यस वर्षो मेला कार्तिक २५ गतेबाट सुरू भएको हो। प्रत्येक दिन चारै
दिशाबाट आएको मानिसहरूको ठूलो भीड लागिरहेको छ। भारत, वाराणसीका डोम
राजाले प्रत्येक पंचवषर्ीय मेलामा रांगा ल्याएर बलि चढाउने प्रचलन छ।
धर्म, रितिरिवाज, संस्कृति जोगायौं, संरक्ष्ँण गर्‍यौं भने धर्मले मनुष्य
र पृथ्वीको रक्षा गर्दछ।


0 comments:

Feeds Comments