Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Wednesday, July 29, 2009

0 रिचर्ड बेनेटको मन्तव्य

नेपालमा थाती रहेका जवाफदेहीताका मुद्दाहरूमा
उच्चायुक्तको कार्यालय÷नेपालका प्रमुख रिचर्ड बेनेटले दिएको मन्तव्य
२०६६ साउन १४
नमस्ते,
सञ्चारमाध्यमका प्रतिनिधि तथा सहकर्मीहरू,
सरकार र उच्चायुक्तबीच भएको सम्झौताबाट उच्चायुक्तको कार्यालयको म्याद
सन् 2067 जेठ २७ सम्मका लागि बढाइएपछि मैले दिएको यो पहिलो मन्तव्य हो।
आज म मेरो कार्यालयले हालसालै अनुगमन गरिरहेका जवाफदेहीताको अभावका केही
मुद्दाहरूमाथि तपाईँहरूलाई अद्यावधिक गराउँदैछु। यिनमा द्वन्द्वकालमा र
त्यसयता गरिएका मानवअधिकार उल्लङ्‍घनका कुराहरू पर्दछन्। म विशेषगरी
द्वन्द्वरत दुवै पक्षहरूले दण्डहीनताविरुद्ध लड्ने तथा "विश्वसनीय,
अधिकारप्राप्त, निष्पक्ष, तथा पूर्णतया स्वतन्त्र अनुसन्धान"मा सहयोग
गर्ने आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न
चाहन्छु। यी उल्लङ्‍घनका पीडित तथा तिनका परिवारहरू त्यसभन्दा कमका हकदार
छैनन्। उनीहरूलाई साँचो कुराबारे जान्ने तथा न्यायिक उपचार पाउने अधिकार
छ र प्रत्येक व्यक्तिको सरोकारका कुराहरूको केन्द्रविन्दुमा उनीहरू
रहनुपर्छ। त्यसबाहेक, शान्ति प्रक्रियाका पक्षहरूले दिगो शान्तिका लागि
विगतलाई सम्बोधन गर्नु आवश्यक रहेको कुरामा सहमति जनाएका छन्। तर, दु:खको
कुरा के छ भने यस सम्बन्धमा अति नगण्यमात्र प्रगति भएको छ र द्वन्द्वसँग
सम्बन्धित कसुरका लागि कसैलाई पनि न्यायको कठघरामा खडा गरिएको छैन भन्ने
कुरा दोहर्‍याउन आज म बाध्य छु। शान्ति सम्झौतायता भएका राजनीतिक अपराधको
कुरा गर्दा स्थितिमा कुनै सुधार आएको छैन। दण्डहीनता विद्यमान छ र म
तपाईँहरूसमक्ष एक÷दुईवटा उदाहरण प्रस्तुत गर्दैछु।

विशेषगरी, म काठमाडौँको महाराजगन्ज ब्यारेकमा सन् २००३ र २००४ मा भएका
बेपत्ता पार्ने कार्य तथा यातना र स्वेच्छाचारी थुनालगायतका अन्य
उल्लङ्‍घन तथा एकीकृत नेकपा (माओवादी) जिम्मेवार रहेका कतिपय घटनाहरूबारे
संकेन्द्रित हुँदैछु।

हालैका दिनमा मैले काठमाडौँको महाराजगन्जस्थित शानेसेको ब्यारेकमा सन्
२००३÷२००४ मा भएको स्वेच्छाचारी थुना, यातना तथा बेपत्ता पार्ने
कार्यसम्बन्धी हाम्रो सन् २००६ को प्रतिवेदनमा उठाइएका घटनाहरूमा प्रगति
गर्नुपर्ने आवश्यकताप्रति चासो जनाउँदै प्रधानमन्त्रीलाई पत्र लेखेको छु।
यी उल्लङ्‍घनहरू राष्ट्रिय मानवअधिकार आयोगजस्ता अन्य मानवअधिकार
सङ्गठनहरूको पनि अनुसन्धानका विषय भएका छन्।

सन् २००६ को पछिल्लो अवधिमा नेपाली सेनाद्वारा गठित उच्चस्तरीय कार्यदलले
नेपाली सेनाले बेपत्ता नपारिएको भनी दाबी गरेका १२ जनाका नामहरू मात्र
प्रस्तुत गर्‍यो र वास्तवमा उच्चायुक्तको कार्यालयको प्रतिवेदनमा भएका
आरोपहरूलाई खारेज गर्‍यो। सेनाको दाबीपछिको आफ्नो अनुवर्ती कार्यमा मेरो
कार्यालयले नेसे कार्यदलको प्रतिवेदनमा नामाङ्कित १२ जनामध्ये चारजनालाई
महिनौंसम्मको गैरकानुनी थुना र कहिलेकाहीँ चरम यातनासमेत हुनेगरीको अभद्र
व्यवहार सहेपछि मात्र अन्तत: रिहा गरिएको कुरा पुष्टि गर्‍यो। एकजनाको
नेपाली सेनाको हिरासतमा मृत्यु भएको र नेपाली सेनाको कार्यदलको
प्रतिवेदनमा नामाङ्कित भएका अन्य सातजनाको अवस्था अझै अस्पष्ट रहेको छ।
उच्चायुक्तको कार्यालय अहिलेसम्म ती सातजना बेपत्ता नै रहेको निष्कर्षमा
पुगेको छ।

सन् २००६ को उच्चायुक्तको कार्यालयको प्रतिवेदन द्वन्द्वको समयमा नेपाली
सेनाका कर्मचारीहरूद्वारा योजनाबद्ध रूपमा गरिएको मानवअधिकार उल्लङ्घनहरू
सन् २००३ देखि २००४ सम्म १०औं वाहिनीद्वारा गरिएका कारबाहीमा संकेन्द्रित
छ र प्रतिवेदनले सन् २००३ देखि २००४ सम्म भएका व्यक्तिहरूको पक्राउ,
थुना, यातना तथा अवस्थाबारे विश्वसनीय, सक्षम, निष्पक्ष तथा पूर्ण रूपमा
स्वतन्त्र अनुसन्धान गर्ने जरुरी आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउन
उद्देश्य राखेको थियो। बेपत्ता पारिएका ४९ जनाको सूची पूर्ण थिएन र यसले
नेपालको इतिहासको त्यस अवधिमा बेपत्ता पार्ने कार्यको मुद्दालाई सामान्य
रूपमा चित्रित गर्‍यो। यस प्रतिवेदनको उद्देश्य अन्तिम मूल्याङ्कन दिनु
वा व्यक्तिगत अधिकारीहरू दोषी वा निर्दोष के थिए भन्नेबारे निर्णय दिनु
थिएन। यस कुराको निर्धारण न्यायिक अनुसन्धान तथा स्वच्छ पुर्पक्षद्वारा
गरिनुपर्छ। आरोपित पीडकको रूपमा रहेको नेपाली सेना द्वन्द्वसँग सम्बन्धित
बेपत्ता पार्ने कार्यका आरोपहरूको अनुसन्धान गर्न उपयुक्त संस्था होइन
भन्ने कुरा उच्चायुक्तको कार्यालयलाई लागेको छ।

मेरो कार्यालयले सन् २००६ को आफ्नो प्रतिवेदनमा नेपाली सेनाको १०औं
वाहिनीका कारबाहीका सम्बन्धमा पूर्ण अनुसन्धान नभइन्जेल प्रत्यक्ष रूपमा
मुछिएका हुन सक्ने वा चेन अफ कमान्डमार्फत् जिम्मेवार नेपाली सेनाका ती
अधिकारीहरूलाई निलम्बन गरिनुपर्छ भनी पनि सिफारिस गरेको थियो। चेन अफ
कमान्डभित्र कसले प्रत्यक्ष रूपमा आदेश दियो, भएका गम्भीर मानवअधिकार
उल्लङ्घनबारे तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनबारे
कसलाई थाहा थियो वा कसले थाहा पाउनुपर्थ्यो र यी कारबाही रोक्न कदमहरू
चाल्न को असफल भए भन्नेबारेको अनुसन्धान यस्तो अनुसन्धानमा पर्नु पर्छ।

सन् २००८ को डिसेम्बरमा उच्चायुक्तको कार्यालयले एकीकृत नेकपा (माओवादी)
तथा राज्यको सुरक्षाफौज दुवैबाट बर्दिया जिल्लामा भएका द्वन्द्वसँग
सम्बन्धित बेपत्ता पार्ने कार्यसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको
थियो भन्‍ने कुरा पनि म उल्लेख गर्न चाहन्छु। सो प्रतिवेदनमा बेपत्ता
पार्ने कार्यसम्बन्धी सरकारलाई गरिएका सिफारिसहरूको विस्तृत सङ्‍गालोका
साथै महाराजगन्ज ब्यारेकसँग सम्बन्धित लगायत अन्य घटनाहरूमा समेत समान
रूपमा लागू हुने द्वन्द्वसँग सम्बन्धित अपराधसम्बन्धी अनुसन्धान समावेश
थिए।

हालै मैले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"लाई
भेटी उहाँको पार्टीले सार्वजनिक रूपमा जिम्मेवारी स्वीकार गरिसकेको तर
आरोपित दोषीहरू फरार रहेका र केही घटनामा पार्टीभित्रै आधिकारिक पदमा
रहेका कैयौं समाधान नगरिएका घटना, केही द्वन्द्वसँग सम्बन्धित घटना तथा
केही द्वन्द्वोत्तर कालमा भएका घटनाबारे एकपटक फेरि सरोकार व्यक्त गरेँ।
गैरराज्य पात्रहरू ÷ विशेषगरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी – माओवादी
(एकीकृत नेकपा (माओवादी)) ÷ द्वारा गरिएका मानवअधिकारको दुर्व्यवहार तथा
जवाफदेहीताका संयन्त्रप्रति तिनको असहयोगले नेपालमा विद्यमान दण्डहीनताको
वातावरणमा योगदान पुर्‍याइरहेको छ। एकीकृत नेकपा (माओवादी)को असहयोगका
कारण समाधान हुन नसकेका केही घटनाबारे म तपाईंहरूलाई अद्यावधिक गर्न
चाहन्छु। यी घटनाहरू प्रतीकात्मक मात्र हुन् र समान रूपले गम्भीर अन्य
घटनाहरू पनि छन् भन्‍ने कुरामा म जोड दिन चाहन्छु।

मादी बमकाण्ड ÷ चितवन
वि॰सं॰ २०६२ जेठ २४ गते चितवनको मादीमा सार्वजनिक यातायातको गाडीमा एउटा
बम विस्फोटन भयो र त्यसमा परी ३९ जना मारिनुका साथै ७२ जना घाइते भए।
नेकपा (माओवादी)ले सो घटनाको जिम्मेवारी लियो र सो घटनाबारे केन्द्रीय
स्तरबाट नेकपा (माओवादी)ले आफ्नै आन्तरिक अनुसन्धान गर्‍यो। सो बम
विस्फोटनका लागि नेकपा (माओवादी)का पाँचजना कार्यकर्ताहरू जिम्मेवार
रहेको पहिचान भएको कुरा नेकपा (माओवादी)ले उच्चायुक्तको कार्यालयसमक्ष
पुष्टि गर्‍यो। पाँचमध्ये चारजनाको नाम सार्वजनिक गरियो: अनकबहादुर मगर
"खिसन", चण्डिका पौडेले "साहस", रामबहादुर कुमार "सुजन" र "हर्क"।

देवेन्द्र (जनमुक्ति सेनाका सदस्य) भनिएका अर्क जिम्मेवार कार्यकर्ताको
पूरा नाम सार्वजनिक गरिएन। नेकपा (माओवादी)ले सर्वसाधारणको हत्याका लागि
जिम्मेवारहरूका लागि जवाफदेहीता सुनिश्चित गर्ने भनी मादी पीडितहरूसमक्ष
सार्वजनिक रूपमा प्रतिबद्धता गरे तापनि यी कार्यकर्ताहरूमध्ये कसैलाई पनि
फौजदारी अनुसन्धान गरिएको छैन र थुनामा राखिएको छैन। एकीकृत नेकपा
(माओवादी)को सक्रिय सहयोगबिना सो घटनामाथि थप अनुसन्धान गर्न वा कारबाही
गर्न नेपाल प्रहरी अनिच्छुक रहेको छ। उच्चायुक्तको कार्यालयले
जिम्मेवारहरूलाई जवाफदेही बनाउनका लागि आशङ्का गरिएकाहरू रहेको ठाउँ थाहा
पाउन चितवन प्रहरीलाई पूर्ण सहयोग गर्न एकीकृत नेकपा (माओवादी)लाई अनुरोध
गर्दै आएको छ र अझै गर्दछ।

अर्जुन लामा ÷ काभ्रे

अर्जुन लामालाई २०६२ वैशाख १६ गते नेकपा (माओवादी)का कार्यकर्ताद्वारा
अपहरण गरियो भनियो र पछि उनी मृत फेला परे। सर्वोच्च अदालतको आदेशपछि,
२०६५ साउन २७ गते नेपाल प्रहरीले नेकपा (माओवादी)का एक केन्द्रीय
सदस्यसहित पाँचजना सदस्यमाथि आरोप लगाइएको जाहेरी दरखास्त दर्ता गर्‍यो।
सर्वोच्च अदालतको निर्णयपछि नेकपा (माओवादी)का कार्यकर्ताहरूले एउटा
पत्रकार सम्मेलन गरी सो मुद्दा चलाउनमा संलग्न मानवअधिकार रक्षक र
वकिलहरूलाई धम्की दिए। नेपाल प्रहरीले गरेको फौजदारी अनुसन्धानमा पनि
सहयोग गर्न नेकपा (माओवादी) विफल भएको छ।

रामहरि श्रेष्ठ … चितवन

रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते अपहरण गरियो र पछि चितवनस्थित
जनमुक्ति सेनाको तेस्रो डिभिजनको शिविरमा चरम यातनाका कारण उनको मृत्यु
भयो भनियो। यस घटनाका सम्बन्धमा नेकपा (माओवादी)का पाँचजना कार्यकर्तालाई
आधिकारिक रूपमा अभियोग लगाइएको छ: गोविन्दबहादुर बटाला "जीवित", केशव
अधिकारी "रघु", गङ्गाराम थापा "एटम", कालीबहादुर खाम "विविध" र कार्की
"सङ्कल्प"। गोविन्दबहादुर बटालालाई पक्राउ गरिएको छ र उनी पूर्वपुर्पक्ष
थुनामा छन् भने बाँकी चारजना अझै फरार छन्। नेपाल प्रहरीका अनुसार, आफूले
जनमुक्ति सेनाका तेस्रो डिभिजनका कमान्डरसँग अन्तर्वार्ताका लागि अनुरोध
गर्दै जनमुक्ति सेनालाई पठाइएका दुईवटा पत्रहरू (२०६५ जेठ १० र जेठ १९
गते) को अझै जवाफ पाएको छैन। कालीबहादुर खाम "विविध"लाई पक्राउ गर्न
चितवन जिल्ला अदालतको आदेश लागू गर्न नेपाल प्रहरीले आफूलाई एकीकृत नेकपा
(माओवादी)को सहयोग आवश्यक भएको कुरा बताएको छ। उच्चायुक्तको कार्यालयले
श्री खाम सो घटनामा जिम्मेवार भएको नलागे पनि नेपाल प्रहरीसमक्ष आफूलाई
समर्पण गर्न श्री खामलाई निर्देशन दिन एकीकृत नेकपा (माओवादी)का
अध्यक्षलाई अनुरोध गरेको छ। यस कार्यालयले एकीकृत नेकपा (माओवादी) र
विशेषतः जनमुक्ति सेनालाई अन्य शङ्कितहरू कहाँ छन् भन्ने पत्ता लगाउन र
प्रहरीको अनुसन्धानलाई पूर्ण रूपमा सहयोग पुर्‍याउन पनि अनुरोध गरेको छ।

वीरेन्द्र साह ÷ बारा

बाराका वीरेन्द्र साहलाई नेकपा (माओवादी)का आरोपित चारजना सदस्यद्वारा
२०६४ असोज १८ गते बारामा अपहरण गरी हत्या गरियो। बारा जिल्ला प्रहरी
कार्यालयमा दायर जाहेरी दरखास्तमा लालबहादुर चौधरी, कुन्दन फौजदार,
रामएकबाल सहनी र हरिराम पटेल नामका चार व्यक्तिमाथि आरोप लगाइएको थियो।
कमान्डर प्रतीकको समन्वयमा तयार पारिएको नेकपा (माओवादी)को प्रतिवेदन
२०६४ कात्तिक २० गते जारी गरियो र त्यसले नेकपा (माओवादी)का तीनजना
कार्यकर्ताको मात्र संलग्नता रहेको कुरा स्वीकार गर्‍यो। यी
कार्यकर्तामध्ये दुईजना (रामएकबाल सहनी र प्रबन्धक गिरी)लाई
पार्टीभित्रको जिम्मेवारीबाट मुक्त गरियो भनियो र नेकपा (माओवादी)ले सो
हत्याका लागि जिम्मेवार अन्य कार्यकर्ताको पहिचानमा "सक्रिय सहयोग" गर्ने
थप प्रतिबद्धता पनि जनायो। दुईजना (रामएकबाल सहनी र प्रबन्धक गिरी)लाई
२०६४ कात्तिकमा गिरफ्तार गरियो र उनीहरू अहिले पुर्पक्षपूर्वको थुनामा
रहेका छन्। कुन्दन फौजदार र लालबहादुर चौधरी अझै पनि बारा जिल्लामा छन्
भनिए पनि एनेकपा (माओवादी)बाट आएको राजनीतिक दबाबका कारण आफूले यी
आशङ्कितहरूलाई थुन्नेलगायतका उपयुक्त कदम चाल्न नसकेको प्रहरी बताउँछ।
उच्चायुक्तको कार्यालयले कुन्दन फौजदार र लालबहादुर चौधरीलाई बारा
प्रहरीसमक्ष आत्मसमर्पण गर्न निर्देशन दिन र रामहरि पटेललाई भेट्नसमेत
वीरेन्द्र साहको हत्यामाथि प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्न एनेकपा
(माओवादी)का नेतालाई अनुरोध गरेको छ।

श्री दाहालसँगको मेरो भेटमा मैले अन्तर्राष्ट्रिय मानवअधिकार
मापदण्डअनुरूपको बेपत्ता पार्ने कार्यसम्बन्धी विधेयकलाई अत्यावश्यकताका
साथ चालु संसद अधिवेशनमा पारित गर्न सहयोग गर्न पनि आग्रह गरेँ। सरकारले
बेपत्ता पार्ने कार्यसम्बन्धी नयाँ विधेयक चाँडै ल्याउने योजना गरिरहेको
जानकारी मलाई शान्ति तथा पुनर्निर्माणमन्त्री श्री रकम चेम्जोङले
दिनुभएको छ।

मेरो मन्तव्य टुङ्ग्याउनुअघि मलाई मानवअधिकार उच्चायुक्त नवी पिल्लेलाई
उद्धरण गर्न दिनुहोस्। काठमाडौँमा २०६५ चैत ९ गतेको आफ्नो पत्रकार
सम्मेलनका क्रममा उहाँले भन्नुभयो, "पीडितका परिवारका मागहरू चाहना मात्र
होइनन्, तिनले कानुनको सहयोग पाएका छन्। र, न्यायका लागि गरिएका यी
मागहरू पूरा नभएसम्म र विगतका तथा विशेषगरी चालु उल्लङ्‍घनहरूका लागि
जवाफदेहीता सुनिश्चित नगरिएसम्म साँचो अर्थको नयाँ नेपाल प्राप्त हुन
सक्दैन र अन्तत: शान्ति प्रक्रिया जोखिममा पर्न सक्छ।" म मेरो कार्यालय र
राष्ट्रिय मानवअधिकार आयोगलगायतका अन्य मानवअधिकार सङ्गठनहरूद्वारा
जवाफदेहीताको संस्कृतिलाई बढावा दिन गरिएका सिफारिसहरूका सम्बन्धमा
राजनीतिक दलहरूको पूर्ण सहयोगमा प्राथमिकताका साथ कार्य गर्न नेपाल
सरकारलाई अनुरोध गर्दछु।

धन्यवाद!

Read More...

Saturday, July 25, 2009

0 सुशासन, कालोबजार र उपभोक्ताहरु

-अकेला-
आफुहरुले अघि सारेका मागहरुमध्ये सरकारले आँशिक रुपमै भए पनि पूरा गरेपछि
सेवाग्राही जनताको असुविधालाई ध्यानमा राखेर भन्दै राष्ट्रसेवकहरु काममा
फर्के लगत्तै वृद्धि गरिएको तलव र भत्ताको परिपत्र केन्द्रबाट
जिल्लाहरुमा सम्प्रेषण हुन नभ्याउँदै बजारहरुमा दैनिक उपभोग्य वस्तुहरुको
मूल्य आकास्सिएको छ। सुख्खाका कारण पाँच वर्षघिको तुलनामा मानु छरेर मुरी
उब्जाउनुपर्ने जमिनहरु आधाजसो बाँझा छन्। अनुदानको चामलले उपभोक्ताहरुको
बानी बिगारेको छ। मीठो खान मनलाग्छ तर काम गर्न मनलाग्दैन। चालिस प्रतिशत
आयात करलाई घटाएर तीस प्रतिशतमा झारिएको छ। राजमार्ग बन्द गर्ने र
क्षतिपर्ूर्ति दावीमा कमी ल्याउन तेश्रो पक्ष बिमा अनिवार्य गरिएको छ।
कवाडी कर खारेजै गरिएको छ। वित्तीय घाटा कम गर्ने नीति ल्याईएको छ।
तैपनि, बजारभाउ यसरी आकास्सिएको छ कि हजारको नोटले हप्ताभरीलाई पुर्‍याउन
धौधौ भैसक्यो। यसका लागि मुनाफाखोर कालाबजारियाहरु लगायत राजनीतिका
महारथीहरु दुवै दोषी छन्। यिनीहरुले सिधासादा उपभोक्ताहरुलाई ताता(थैया
नचाईरहेका छन्। राजनीतिक सँरक्षणकै आडमा कालाबजारियाहरुको मनोबल उर्ठाईकै
कारण कृत्रिम अभाव र महङ्गीको यो अराजकता देखिएको हो। मुनाफाखोरीको यस्तो
सुकेलुतो औसत रुपमा कुनै पनि मुलुकको संक्रमणकाल वा राजनीतिक तलरतामा
देखापर्ने गर्दछ। मुलुक संघीयतातर्फउन्मुख भएपछि त झन् पसिना बगाएर
खेतवारीमा काम गर्ने किसान र आम उपभोक्ताहरु थाल खाउँ कि भात खाउँको
स्थितिमा पारेका छन्, जस्लाई कहीँ, कतैबाट कुनै किसिमको राहत भने
मिलिरहेको छैन।
आलु, प्याज, दाल, चामल, सुजी, च्याँख्ला, आँट्टा, चिनी, चियापत्ति,
ध्यू, तेल, मट्टतिेल जस्ता खाद्यवस्तुहरु लगायत तयारी पोशाक, लत्ता
कपडा,, जुत्ता, चप्पल, पैन्ट, शर्ट, महिलाले लगाउने लुगाहरुको बजारभाउ
तेब्बर भैसकेको छ भने त्यस्ता कुनै वस्तुहरु छैनन्, जस्को महङ्गी कम्सेकम
पनि दोब्बरले नबढेको होस। बजारमा तर्ेइस रुपैयामा पाउने चामल नेपाल खाद्य
सँस्थानले पच्चीस रुपैया लिनथालेपछि आम उपभोक्ताहरु सरकारी नीति र
कार्यक्रमप्रति रुष्ट मात्रै हैन, ब्रि्रोहमै उत्रने मूडमा देखिएका छन्।
केन्द्रदेखि पचहत्तरै जिल्लाहरुमा अधिकारसम्पन्न बजार अनुगमन समितिहरु
छन्। बजारमा उपलब्ध सामानहरुको मूल्य निर्धारण गर्न सिडियोको अध्यक्षतामा
मूल्य निर्धारण समिति गठन गरिएकै भए पनि ती केवल देखाउने दाँतै मात्र
सावित भएका छन्। किनभने, एक त यस्ता समितिहरुले कालोबजार रोक्नै
चाहँदैनन्। कदाचित चाहिहालेछन्् भने पनि कालाबजारियाहरुसँग महाशयहरुको
भित्री साँठगाँठ हुने हुँदा बजार अनुगमन टोलीको छापा पर्नुभन्दा अगाडि नै
त्यसको र्सर्ूइँको बजारियाहरुले पाईहाल्दछन्। उद्योग वाणिज्य सँघ तथा
उपभोक्ता अधिकार सँरक्षण मञ्च जस्ता सरोकारवाला सँस्थाहरु त छन्, तर
देखाउने दाँत मात्रै। केन्द्रमा राष्ट्रिय अनुगमन समिति नै छ। तर एउटा
गाडी, एकजना डर््राईभर र दर्ुइजना कर्मचारीले मात्र अधिराज्यभरीको
कालोबजार रोक्न अर्समर्थ छ। यो अत्यन्तै गम्भिर र चुनौतिपर्ूण्ा छ।
निरिह सरकारको यस्तै यस्तै निरिहपनकै कारण समुचित नीति तथा कार्यक्रम
बन्न नसक्दाखेरी खेती गर्न आकासको मुख ताक्नुपर्ने किसानलाई सही समयमा
सही बीउ(बिजन र मल उपलब्ध गराउन नसकिएको स्थिति हुँदाहुँदै पनि किसानले
पसिना बगाएर फसलहरु उत्पादन गर्छ र त्यो वस्तु कौडीको भाउमा बेचिन्छ। तर
उपभोक्तासम्म पुग्दा त्यसको मूल्यले आकाश छोईसकेको हुन्छ। दस रुपैयाँ
किलोमा किसानको बारीबाट किनिएको बन्दा दलालले तीस रुपैयाँ, दलालले
ब्यापारीलाई चालिस, र उपभोक्तासम्म पुग्दा त्यसको मूल्य साठी रुपैयाँ
पुगिसकेको हुन्छ। धादिङ्गको किसानले बीस रुपैयाँमा बेचेको गोलभेँडा
काठमाण्डौको दलालसम्म पुग्दा साठी रुपैयाँ, ब्यापारीको हातमा पुग्दा सय
रुपैयाँ र अन्त्यमा उपभोक्तासम्म पुग्दा सयभन्दा बढी नाघिसकेको हुन्छ,
जस्को चपेटामा उच्च पदस्थ कर्मचारी र हुनेखानेहरु बाहेक अरु स्तरका
उपभोक्ताहरु परिसकेका छन्।
उपमाको निम्ति यहाँनेर एउटा काल्पनिक किस्सा जोड्न मनलाग्यो। जस्तो,
मानौँ कि लुटपाटको धन्दामा लागेका अपराधीहरुका आ(आफ्नो एरिया हुन्छ।
अर्थात, नारायणगढको लुटेरा समूहले भारतमा सामान लिन जाँदैगरेको कुनै
ब्यापारीको पिछा गर्दै जाँदा हेटौडासम्म पुग्दा उनीहरुले ब्यापारीलाई
लुट्न सकेनन् भने त्यहीँका कुनै ग्याङ्गस्टरलाई त्यो ब्यापारी एकलाखमा
बेचिईन्छ। हेटौडाको त्यो ग्याङ्गस्टरले बीरगञ्जसम्म ब्यापारीको पिछा पिछा
गर्छ। बीरगञ्ज पुग्दा पनि ब्यापारीलाई लुट्नसकेनन् भने बीरगञ्जका
ग्याङ्गस्टरको हातमा व्यापारीलाई दर्ुइलाखमा बेचिन्छ। त्यसपछि बीरगञ्जका
ग्याङ्गस्टरले पिछा गर्दा पनि ब्यापारीलाई लुट्नसकेनन् भने उनीहरुले
रक्सौल, र रक्सौलकाले पनि सकेनन् भने मजफ्फरपुर, र मजफ्फरपुरकाले पनि
सकेनन् भने त्यसले अर्कोलाई, अर्कोले अर्कोलाई गर्दै ब्यापारीलाई बेच्दै
बेच्दै पिछा गर्छन् र अन्त्यमा ब्यापारीको हत्या नै हुन्छ। आफुलाई
लुटेराहरुले भित्रभित्र बेच्दै पिछा गरिरहेका छन् भन्ने कुरो ब्यापारीलाइ
पत्तै हुँदैन र अन्त्यमा ज्यानै गुमाउनुपर्ने हुन्छ। यो उपमा अव शायद
उपमैमा मात्र सिमित नरहला कि पाठक -
उत्पादक र उपभोक्ताको बीचमा बसेर सामानहरुको मूल्यमा दलाली गर्ने दलाल
तथा ती दलालहरु पाल्ने बजारका कालाबजारियाहरुकै मिलिभगतमा कृत्रिम महङ्गी
देखिएको हो, जुन सरासर अराजकता हो। जिल्लास्तरका उपभोक्ता अधिकार संरक्षण
मञ्च तथा उद्योग वाणिज्य सँघहरुको ध्यान केवल प्रशस्तिका लागि फोटाहरु
खिचाउने र टिवीहरुमा अन्तरवार्ता दिनमै केन्द्रित रहेकाले बजारमा यो
अराजक स्थिति बनेको छ। किनकि, त्यो रवैयाले कालाबजारियाहरुको हौसला
बुलन्द गराएको छ र आम उपभोक्ताहरुलाई रनभूलमा पारिएको छ। विगतमा
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको अगुवाईमा सरकार
समक्ष उपभोक्ता संरक्षण मञ्च बिभागको छुट्टै व्यवस्था गर्ने कार्यपत्र
सहित बारम्बार दवाव दियो। तर त्यसमा कसैले चासो र चिन्ता देखाएन। बाईसे
दलहरुको यो सरकार बनेपछि राष्ट्रिय उपभोक्ता मञ्चको लगात्तार अनुरोध र
दबाब पश्चात बल्लतल्ल नयाँ नीति तथा कार्यक्रममा उपभोक्ता संरक्षण मञ्च
बिभागको छुट्टै व्यवस्थाको स्वागतयोग्य घोषणा भएको छ। तैपनि जनतालाई भोली
हैन आज र आज हैन अहिल्यै चाहिएको हुँदा सुशासन र पारदर्शिताको गफ गरेर
नथाक्ने यहाँका सरकारहरुले युगौँदेखि कालाबजारियाहरुद्वारा सताईएका आम
उपभोक्ताहरुका निम्ति तत्काल केही गरिहाल्नु जरुरी छ। अन्यथा, यसको हिसाव
किताव उपभोक्ताहरु स्वयँले नै गर्नेछन्।
पूरै विश्व अहिले आर्थिक मन्दीको चपेटामा छ। तर यतिबिध्न पनि हैन कि
भारतमा २.०७% ले उपभोग्य सामग्रीमा गिरावट आईरहँदा हामीकहाँ २००% का दरले
वृद्धि होस्। कर्मचारी तलव वृद्धिसँगै जुन हिसावले अन्य उद्योग,
कलकारखाना तथा बित्तीय सँघसस्थाहरुमा यसको रोग सरेको छ, त्यसको सिधा असर
बजारमा परेको छ। बजारमा दैनिक उपभोग्य सामानहरुको मूल्य वृद्धिका पछाडि
आर्थिक मन्दी नभै उत्पादक र उपभोक्तालाई गोरखधन्दाको शिकार बनाउने दलाल र
कालाबजारियाहरु मुख्य कारण छन्, जो सधैँभरी आफु अनुकूलको सरकार बन्ने
प्रतिक्षामा हुन्छन् र मौका पाउनासाथ सिधासादा उपभोक्ताहरुमाथि वार्
गर्छन्। अर्थतन्त्रमा सधैँ राजनीतिक डुम्री मुसाहरु नै चटारिने हुँदा
यहाँको अर्थतन्त्र सधैँभरी खोँक्रै भैरहन्छ। राजनीतिक तरलता र संक्रमणको
नाजायज लाभ उठाउँदै आम उपभोक्ताको ढाड भाँच्ने दलाल, कालाबजारिया लगायत
र्सार्वजनिक सरोकारको कर्ूर्सर्ीी बसेर यी मुनाफाखोरहरुलाई सँरक्षण दिने
लवेदा(सुरुवाल भिर्नेहरुलाई ठेँड्कामा राखिएन भने दिनानुदिन दण्डहीन र
अराजक बन्दै गएको यो मुलुकले चाँडै नै यस्तो आर्थिक मन्दीको सामना
गर्नुपर्नेछ, जस्को हामीले कल्पना पनि गरेका छैनौँ। स्थिति नब्रि्रदै
कावुमा लिनर्ुपर्छ। अन्यथा, यो महङ्गीले उपभोक्ताहरु मात्र हैनन्, दलाल र
मुनाफाखोरहरु मात्रै पनि हैनन्, सत्तास्वादमा रमाउने सबैखाले
सभ्रान्तहरुकै पनि दिमाग चाट्ने छ। अस्तु।
Read More...

Thursday, July 23, 2009

0 जातीय नारा सीआईएको रणनीति हो

-जोह्न केन्नेथ क्याउस् -

ग्यालो थुन्डुप जो दलाई लामाका दाजु हुन्् उनले मसँग यो कुरा भने–
'वातचित गर्न पनि संवेदनशील समय हो यो। अमेरिकाले जे गर्दैछ, हाम्रो लागि
होइन उसका लागि गर्दैछ।' उनका महल नयाँ दिल्ली र कालिमपोङमा थिए। उनका
छोरा टेम्पा चाहिँ खवरहरू आदान–प्रदान गर्थे। तिब्बतीयन लडाकूहरूमा ६
हाँगा थिए। थुन्डुप सीआइएलाई पछाडि बसेर पुठ दिन्थे। अझै पनि ती दिनहरू
सम्झँदा हिमालको फेदीमै छु जस्तो भान भइरहेको छ। थुन्डुपले मलाई एउटा
नक्सा ल्याएर दिए। बिहानीको समय थियो, काठमाडौंका वस्तीहरूमा कुुकुर
भुकिरहेका थिए। भारतीय दुतावासका कर्णेलले सेटमा खवर गरे। नेपाली सेनाका
जनरलले तिब्बती अभियानको हाम्रो यात्रामा साथ दिने भनेछन््। मैले भारतीय
कर्णेलको त्यो जानकारीलाई सहजरूपमा लिइनँ। किनकी देशका लागि जस्तोसुकै
भूमिकामा प्रस्तुत हुन् गोर्खाली जाती तयार हुन्छ भन्ने मेरो मान्यता यो
७७ वर्षको उमेरमा पनि यथावत छ। थुन्डुपले ठूलो कुखुरा लिएर आए। उनका धेरै
छापामार साथीहरू सँगै थिए। उनी पनि मजाले मण्डारिन (चिनियाँ) भाषा बोल्दा
रहेछन््। उनी चीनको युद्धकालीन समयको राजधानी नानचिङमा सन् १९४९ मा पढेका
रहेछन््। उनकी चिनियाँ पत्नी र छोरी देशभक्त पुस्ताका रहेको मैले पाएँ,
किनकी सीआईएको पछि लागेर तिब्बत मुक्तिको आन्दोलनमा लाग्नुभन्दा
दार्जिलिङमा बस्ने उनीहरूले व्यवस्था गरिसकेका थिए। हामीले (सीआइएले)
हिमाली क्षेत्रमाथि आँखा गाडेको सन् १९५० को शुरुमैं हो। नेपाल
तिब्बतसहितको क्षेत्रमा युद्ध, लोभ र व्यापारद्वारा कब्जा जमाउन सकिन्न
यसको लागि स्थानीय जातिहरूलाई विभाजित गराउनु पर्छ भन्ने मैले काठमाडौंमा
लेखेको प्रतिवेदन अहिले सम्झन्छु। धन्न हाम्रा (सीआइएका) अधिकृतहरूले
चलाखीपूर्ण तरिकाले राष्ट्रसंघमा १६९ धारा घुसाउन सफल भए। मैले अवकास
प्राप्त जीवनमा आफ्नो युवाकालीन विश्लेषणले विश्वलाई कर्यारप्पै पार्न
आँटेको देखेपछि धेरै रातहरू हर्षका आँसुसँगै बिताएँ। हुन् पनि पूर्वी
युरोपमा त्यही जातीय स्वायत्तताको सूत्र आधा दशकमै सफल भयो र सोभियत
धु्रव ध्वस्त भयो। सन् १९९७ मा ७४ वर्षको उमेरमा म काठमाडौं गएँ। तिब्बती
सम्पर्क केन्द्र खुलेको रहेछ। मेरो तीन दशक अगाडिको जातीय स्वतन्त्रताको
सूत्र नेपाल, तिब्बत र भारतमा प्रयोग भइरहेको रहेछ। मैले के ठानेँ भने जब
हाम्रा अधिकृत(सीआइए)हरूले राष्ट्रसंघमा धारा १६९ लाई सहिजै प्रवेश गराउन
सके, हिमालय पर्वतमालालाई फेयर बैंक (सीआइए मुख्यालयको कोड नाम)ले तताउने
छ। म अब जीवनको उत्तरार्धमा पुगिसेको छु तर पनि मलाई गर्व छ कि हाम्रो
देश(अमेरिका)का कट्टर विरोधी वामपन्थीहरू मेरो (सीआइएको) सूत्र घोकेर
तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन््। मृत्युपछि पनि
प्रभुको माध्यमबाट म तिनीहरूलाई धन्यवाद दिइरहने छु। सीआइएका मेरा
रणनीतिक गुरु मार्क टोनलाई म धन्यवाद नदिइरहन सक्तिन जसले महिला मुक्तिको
नारा तेस्रो विश्वमा राष्ट्रसंघद्वारा घुसाउन लगाए। यो नारा हेरेर नै
मैले हिमालय पर्वत श्रृङ्खलाको फेदीमा बसेर जातीय स्वायत्तताको सूत्र
प्रतिपादन गरेको हुँ। म दावा गर्छु विश्वमा (नेपाललगायत) जातीय मुक्तिको
नारा उठाउने पहिलो व्यक्ति म हुँ। त्यसलाई व्यवहारमा प्रयोग गर्ने मेरो
संस्था (सीआइए)लाई म सधैं धन्यवाद दिइरहनेछु। मैले जवानीमा तिब्बतको
खाममा बसेर बनाएका रणनीतिहरू विफल भए। नेपालका महाराजा पश्चिमी समाजमा
पढेका र युवा रहेको बुझेर मैले बनाएको रणनीति विफल भयो, गोर्खालीलाई
सतहबाट बुझ्न साह्रो रहेको मेरो दोस्रो विश्लेषण रह्यो। मैले लिताङ
गुम्बामा बसेर बनाएका केही दस्तावेज नेपाली सेनाका जनरलले पाएर राजालाई
दिए भन्ने सुनेपछि सीआइए हेडक्वार्टरले सामाजिक अध्ययन गर्न लगायो। मैले
नढाँटी भन्नैपर्छ प्रत्येक ठाउँमा रखैलहरू राखेको थिएँ। म अपरेसनकमाण्डर
भएका कारण मसँग प्रसस्त धन र अधिकार रहन्थ्यो। युनाइटेड मिसन्टु नेपालले
जब नेपाली जनतालाई अरु कुरा नसिकाए पनि गुड मर्निङ र हेल्लो भन्न सिकाएको
देखेपछि नेपालीमात्र होइन हिमालयन क्षेत्रका बासिन्दालाई विकास र
आधुनिकताको नाममा लोभ देखाउने हो भने चीनमाथि सहजै नियन्त्रण गर्न सकिने
बाटो खुल्छ भन्ने मेरो विश्लेषण रह्यो। मेरो जीवनमा सीआइएले हिमालयन
क्षेत्रबाट जति प्रगति गर्योर, सबैमा मेरा सूत्रहरू लागू भएका कारण हो।
सीआइए हेडक्वार्टरले सन् १९५८–५९मा नेपाल–तिब्बत सीमामा ७ लाख पाउण्ड
हतियार झार्योल तर लाभ शून्य पाएको मलाई थाहा थियो। त्यसैले मैले
हेडक्वार्टरसामु आफ्नो कार्यकाल सफलतम्मध्येमा विशेष बनाउन चाहन्थें।
जातजातिलाई प्रयोग गर्ने हो भने चिसो हिमाली क्षेत्रमा ता–तातो सफलता
पाउन सकिन्छ भन्ने मेरो निचोड निकालेको थिएँ जुन म जीवितै छँदा
विश्वव्यापी हुँदै गइरहेको देखिरहेको छु।

(लेखक सीआइएका अवकास प्राप्त अधिकृत हुन््। सन् १९६० को दशकमा उनी
सीआइएको तर्फबाट दलाई लामालाई सशस्त्र सहयोग गर्न नेपालमा कार्यक्षेत्र
बनाई खटिएका थिए।)

साभारः ओर्फान्स अफ द कोल्ड वारः अमेरिका एण्ड द तिबेतन स्ट्रगल फर सर्भाइवल

Read More...

Monday, July 20, 2009

0 के सकारात्मक - के नकारात्मक

-अकेला-
आफू भलो त जगत भलो । आफू राम्रो भए सबै राम्रो, आफू नराम्रो भए पूरै
दुनिया नराम्रो। अर्थात, फूलको आँखामा फूलै सँसार, काँढाको आँखामा काँढै
सँसार। आफूले खाएपछि, लगाएपछि र बस्नपाएपछि अरू-अरूले पनि पाउनुपर्दछ
भन्ने सोँचहरूमा सकारात्मकता देख्न सकिन्छ। परन्तु, आफूले खाँदैमा,
लगाउँदैमा र बस्न पाउँदैमा सबैले खाए, लाए र बसे भन्ने सोँचहरूलाई
सकारात्मकताको रामनामी च्यादर ओढाएर स्थापित गरिनुले राणाजीहरूको के
यिनीहरू -नेपाली जनता) ले दुधभात पनि पेटभरी खान पाउँदैनन् भन्ने भनाईसँग
मेल खान्छ । आफूले खान पाएपछि, लगाउन पाएपछि र चिताएको पुगेपछि मानिसका
हरेक सोँचहरू आफसे आफ सकारात्मक बन्दछन्। किनकि, मनोकाँक्षा पूर्ण भएपछि
मन र बुद्धि रमाउँछ र गुन्गुनाउन थाल्दछ। यो मानवीय स्वभावै हो। यदि कोही
प्रफुल्ल हुनुको अर्थ हुन्छ-ताकेको, आँटेको काम पूरा हुनु। तर अनुहार
पानी पर्ला जस्तो अँध्यारो, मलिन र खिन्न हुनुको अर्थ हुन्छ कि महाशयको
काम बनेको छैन, आँटेको पुगेन या ताकेको कुरो पाएको छैन। त्यसैले ऊ दुखी
छ। बिल्कूल तेल सकिएको दीयो जस्तै निदाउरो र उदास उदास । काम बनेपछि
आँखामा चमक र अनुहारमा ज्योती झल्किन्छ। सोँचका हरेक पाटालाई हामी
आ-आफ्नै पाराले प्रस्तुत गर्दछौँ र त्यसैलाई सकारात्मकताको रामनामी
च्यादर पनि ओर्ढाईदिन्छौँ। स्यालको शिकार गर्न जाँदा बाघको खजानाको सट्टा
सकारात्मक सोँच मात्र बोकेर गईयो भने शिकारीले बाघ मार्ला कि बाघले
शिकारी - यहाँनेर अन्यौलता छ।
स्वस्तीश्री गिरीराज चक्रचुडामणि.... बाट आरम्भ भएको निरंकुश
राजतन्त्रप्रतिको चाकडी यतिखेर नागार्जूनको जङ्गलमा छ। कदाचित,
ज्ञानेन्द्रका बाबुछोराप्रति नेपाली जनतामा सकारात्मक सोँच, बिचार,
चिन्तन र मनन नै कायम रहीरहेको भए र आफूलाई झुटो सपना देखाउनेहरूप्रति
बेलैमा नकारात्मकता पैदा भैदिएको भए हजारौँ वर्षलडिने र्सवहारा
अधिनायकवादको त्यो युद्ध यसरी अलपत्र पर्दैनथ्यो कि - कहीँ,
नकारात्मकताको क्रियाशिलताले काम गर्‍यो र कहीँ सकारात्मकताले। अर्ढाईसय
वर्षम्म नेपालमा राणाशाही, राजशाही र सामन्तवादी तानाशाहीको अन्त्य
हुनुका पछाडि उनीहरूप्रति नेपाली जनताको नकारात्मकता क्रियाशील रहृयो र
हजारौँ वर्षलडिने जनयुद्ध कम समयमै रोक्नुका पछाडि ब्रि्रोहीहरूप्रति
नेपाली जनताको त्यो सकारात्मकता थियो, जस्लाई जनताले जनआन्दोलन-२ मा
देखाए । जात ढाँटेर दीक्षा लिने सूर्यपूत्र कर्णको धर्ैयता र
सहनशिलताप्रति गुरू परशुरामको त्यो कस्तो नकारात्मकता थियो, जसको निम्ति
महायोद्धा कर्णलाई श्रापित गरियो - सकारात्मकता र नकारात्मकताका आ-आफ्नै
पाटाहरू छन्, जसकोे जलपभित्र छिपेको वास्तविकतालाई महशुस गर्न तालिम,
गोष्ठी, सेमिनारमा प्रयोग हुने कुनै औजार या युनिभर्सिटीको कुनै
ड्रि्रीले मात्र सम्भव हुँदैन।
आफूहरूमध्येकै एक गद्धारबाट फ्ल्यास गरिएको सन्सनीखेज सीडी र्सार्वजनिक
भए लगत्तैसत्ताबाट पछि हटेर पनि एकीकृत माओवादीले चैन मिलिरहेको छैन। यो
पार्टी यतिखेर हग्नु न बाटो छोड्नुको स्थितिमा छ। अन्तर्रर्ााट्रय संगठन
रीम र भाकपा -माओवादी) द्वारा गद्दार घोषित हुनु, संरासंंको सुरक्षा
परिषदले आफ्नो पार्टीलाई अझै पनि आतङ्ककारीकै सूचिमा राखिराख्नु बाहेक
आफ्नै कार्यकर्ता एवं लडाकुहरूबाटै आफूहरूलाई सुविधाभोगीको दोष मात्र
नदिई संसोधनवादी, सुधारवादी तथा अवसरवादीको आरोप समेत लगाउँदै
बटालियन-प्लाटुन कमाण्डर सहित पचासौँ लडाकुहरू मातृका यादवको पार्टीमा
एकैचोटी प्रवेश गरिनुले आफूलाई जतिसुकै सकारात्मकता लादेर गह्रुङ्गो
बनाउन खोजिए पनि सकिरहेका छैनन्। त्यसमाथि बाह्र वर्षघि निरंकुश
राज्यसत्ताका सेना र प्रहरीद्वारा सताईएर बन्दुक समात्न पुगेका आफ्ना
चारहजार आठसय लडाकुहरूलाई अयोग्य ठहर्‍याएर शिविर बाहिर निकाल्न प्रयास
भैरहेको र पर्ूव सहमति अनुरूप आफूहरूलाई नेपाली सेनामा समायोजित नगरिए
अयोग्य लडाकुहरूबाट अर्को जनयुद्ध गर्ने चेतावनी आउनुले माओवादीको मात्र
हैन, पूरै देशवासीको समेत न्रि्रा भङ्ग भएको छ। हिजो मातृका यादवको
पार्टीमा पसेका पचासजना लडाकु जस्तै यी लडाकुहरू पनि पस्ने सुनिश्चित छ।
कतै, दर्ुइ ठूला राष्ट्र बीचको चिसोपन। कतै, पूरै शान्तिप्रक्रिया नै
धरापमा पर्ने खतरा । कतै, कर्मचारीतन्त्रको आन्दोलन र वार्ता । कतै,
झाडापखालाको अनियन्त्रित महामारी। कतै, गिÝा, भ्याकुर र तरूल खान नपाएका
नाङ्गे चेपाङ्गहरूको दर्दनाक गाथा। सुविधासम्पन्न शहरमा बसेर सरकारले
बासमति चामल र रहरी दालको भाउ बढाएकोमा आक्रोश पोख्न त सरल छ, परन्तु
मुलुकमा लागेको यस्ताखाले ग्रहणले आफू र आफ्नो देशमा कस्तो प्रभाव पार्ला
भन्ने बुझ्न उत्तिकै गाह्रो र पेचिलो पनि छ।
सकारात्मक सोँच, बिचार, चिन्तन-मननलाई डिक्श्नरीमा FEELING HOPEFUL
उल्लेख गरिएको छ। यसको अर्थ आसावादी हुनु हो र हुनु पनि पर्छ। किनकि, यो
बिना जीवनमा केही शेष रहँदैन। तर, जुन हिसावले सकारात्मकतालाई बढावा
दिईन्छ, त्यो ज्यादै षडयन्त्रपूर्ण छ।
आफ्ना नेता, मन्त्री, नेता या हाकिमको चाकडी बजाएर भएभरका सुविधा
लुड्याउँने धर्ूतहरूले आफ्ना बिधाताहरूप्रति सकारात्मक सोँच राख्न सक्छन्
र बिधाताहरू ती धर्ूतहरूप्रति सकारात्मक नै हुन सक्दछन्। यो नौलो र अनौठो
भएन । तर आफूले खाए, लाएपछि अरूले पनि खान पाउनर्ुपर्छ भन्ने नभै सबैले
खाए, लाए भन्ने सकारात्मक सोँच यदि कुनै धूतमा देखिन्छ भने त्यो
हुन्छ-नौलो र अनौठो। किनकि, आफ्नो बर्बादी कोही पनि चाहदैनन्। यस्ताखाले
चिन्तन, सोँच या बिचार सकारात्मक देखिँदा देखिँदै पनि त्यसभित्र एक यस्तो
नकारात्मकता छिपेको हुन्छ, जो अत्यन्तै घिनलाग्दो र कुरूप हुन्छ।
बाहिरबाट जलप लगाईएपछि नकारात्मक-सकारात्मक र सकारात्मक-नकारात्मक देखिन
थाल्दछ।
सकारात्मकता मान्छेको भाषा, शब्द, र वाक्यमा मात्र नखोजी कर्ताको नियतमा
खोजिनुपर्दछ। सिर्फ सकारात्मकताको राग मात्र अलाप्दै मात्र कुनै कामकुरा
सकारात्मक हुने र नकारात्मक हुने हैन। सकारात्मकता र नकारात्मकता कर्ताको
नियतमा हुन्छ। ती मानिसहरू धन्य छन्, जो सधैँभरी सकारात्मक चिन्तन मात्रै
गर्दछन् र त्यसकै वकालत गर्ने गर्दछन्। उनीहरूका हरेक सोँच, बिचार,
चिन्तन-मनन सकारात्मक हुन्छन्। सकारात्मक हुनुको अर्थ हो-खुशी, सुखी र
आनन्दित रहनु। खुशी, सुखी र आनन्दित तव भईन्छ, जव सबैथोक
सकारात्मक-सकारात्मक चलिरहेका हुन्छन्। श्रीमान-श्रीमती, हाकिम-कारिन्दा,
नेता-कार्यकता, मालिक-नोकर, प्रशिक्षक-प्रशिक्षार्थी र यहाँसम्म कि तमाम
जनता जनार्दन नै आ-आफ्ना दल, नेता र मन्त्रीहरूप्रति सकारात्मक हुनु
भनेको त हर्षर गौरवकै बिषय हो। परन्तु, सकारात्मकताको अर्थ यो पनि हैन कि
पेन्टी नै फुकालेर ज्योतिर्लिङ्गको दर्शन गराउनुपर्ने लोभी पापीहरूप्रति
सधैँभरी सकारात्मकै बनिरहनु परोस । किनकि, जुन बिन्दुबाट सकारात्मकताको
षडयन्त्र सुरू गरियो, त्यहीँनेर पुगेर यस्को अन्त्य पनि हुनेवाला छ।
आफ्नो अभिष्ट पूरा हुन्छ भने सकारात्मक र नहुने भए नकारात्मक। यसको कुनै
अर्थ र महत्वै छैन। त्यसकारण, के सकारात्मक र के नकारात्मक। ताक्परेसम्म
तिवारी भैरहने र पर्नछाडेपछि गोतामे बन्ने। सुखी जीवनको आधारस्तम्भ
सम्भवतः यही नै हो कि - अस्तु।
Read More...

Sunday, July 19, 2009

0 जलवायु परिवर्तन आजको एक जटिल समस्या

-सुदर्शनराज पाण्डे-
यो संसार प्रकृतिको लीला हो। ऋतु परिवर्तन प्रकृतिको नियम हो। प्रकृतिको
नियम बिग्रियो भने सारा संसारको नियम बिग्रिन्छ। मानिसले असंभव कुरालाई
संभव गरेको छ। विज्ञानको चमत्कार मानिसकै बुद्धिबाट भएको तर मानिस र
विज्ञानले प्रकृतिमाथि विजय हासिल गर्न सकेका भने छैनन्। प्रकृतिले
चाहेमा एक क्ष्ँणमा ठूलो विपत्ति आउन सक्दछ, एक प्रलंयकारी घटना बन्न
सक्दछ। प्राकृतिक सन्तुलन पर्यावरणीय सन्तुलन भएन, जलवायु परिवर्तन भयो
भने ठूला-ठूला मानिसका कल्पना भन्दा बाहिरका प्राकृतिक विपत्ति अर्थात
दैवि विपत्ति मानिसले सहनु पर्दछ। प्रकृतिलाई इश्वर भनिन्छर्,र् इश्वरको
लीला सकारात्मक र र्सार्थक भएन भने मानिस, वनस्पति आप\mनो चाहना र
इच्छाअनुसार बांच्न सक्दैनन् ।
पवित्र उत्तराखण्ड देवभूमिको वर्ण्र्ााभएको नेपालमा आज पाप र अधर्म
बढ्दै गएको कारण ठूलो विपत्ति सामना गर्नुपर्ने दिनको संकेत गरेको छ।
पुराना जानिफकार बुढापाकाहरू भन्छन्- १० महिना लामो र विशेषगरी असार र
श्रावण महिनामा खडेरी परेको आप\mनो जीवनमा थाहा नभएको बताउंछन्। तर्राईका
रैथाने बयोवृद्धहरू असार, श्रावण महिनामा धानको ब्याड नै राख्न नपाउने
गरी, धानको रोपाई नै गर्न नपाइने गरी आप\mनो जीवनमा वर्षात् नै नभएको
थाहा छैनन् भन्दछन्। हाम्रा बाबु बाजे, पर्ूखाले लामो खडेरीको पीडा र
अनुभव नगरे पनि हामी हिमाल, पहाड र तर्राईका सबै नेपालीले एकैसाथ अहिले
खडेरीको पीडा सहीरहेका छौं। खडेरीपछि भोकमरीको पीडा तथा महामारी रोगको
पीडा, अन्य नानाथरिका पीडा सहन बाध्य हुनुपर्ने हुन्छ। प्रकृति रिसाइन
अर्थात् जलवायु परिवर्तन भयो भने मानव, वनस्पति, पशुपंक्षी, किटपतंग
सबैको एकैसाथ विनास हुन्छ। हिजोआज पृथ्वी जमिनको जुन तापक्रम छ, दिनपरदिन
बढ्दै सहन नसक्ने भइरहेको छ। जलवायू परिवर्तन यतिखेर नेपालमा मात्र होइन
अन्य देशमा समेत एक जटिल समस्याका रूपमा उभिएको छ।
कृषि प्रधान देश नेपालका आम कृषकहरूले भोग्नु परेको गहिरो दुःखमा
वर्तमान लोभी, पापी, विदेशी दलाल, अपराधी र बेइमानहरूको संगठन नेपाल
सरकारका जिम्मेवार र जवाफदेहिता लिनुपर्ने मानिसहरू अलिकति पनि गम्भीर र
संवेदनशील भएर खडेरीबाट पर्न जाने दुष्परिणामप्रति डराएका छैनन्। जलवायु
परिवर्तनको जटिल समस्यालाई समाधान गर्न सक्ने कुरामा उनीहरू ढुक्क भए झैं
निडर छन्, तब न उनीहरूले खडेरीप्रति कुनै चिन्ता, चासो, चर्चा र जनतालाई
धर्ैय गर्न आह्वान तथा खडेरीका कारण हुने खाद्यान्न संकट, भोकमरीको
समस्या र्टार्न कुनै जोहो गर्नुपर्ने कुरालाई आवश्यकता ठानेका छैनन्।
परेपछि होस् खुल्ने, नपरून्जेल टरीहाल्छ नि भन्दै टालटुले नीतिमा विश्वास
गर्नेहरूले खोइ बर्तमान दैवि विपत्तिलाई कसरी टार्लान् - राजनीति समस्या
त र्टार्न नसक्नेले दैवि विपत्ति र्टार्न सक्लान् भनेर जनता चाहिं
सरकारप्रति रत्तिभर विश्वस्त छैनन्।
प्रकृति प्रदत्त जलवायुको दृष्टिकोणले नेपाल एक खुला प्रयोगशाला हो।
भौगोलिक दृष्टिकोणले नेपालका भूभागहरू ६० मिटर देखि ८८४८ मिटरसम्म अग्ला
स्थानमा रहेका छन्। नेपालमा अत्यन्त सानो क्षेत्रमा विविध जलवायु पाइन्छ
तर यसपटक नेपालको जलवायुमा ऐतिहासिक उतारचढाव आएको छ। प्रत्येक
वर्षबाक्लो हिउं पर्ने हिमाल प्रदेशका कतिपय स्थानमा हिउं नै परेन, परेको
ठाउंमा पनि ज्यादै कम पर्‍यो। १० महिनादेखि खडेरी परिरहेको छ। निश्चित
समयमा आउने मनसुन वर्षा यसपटक भएन। पोखरा नेपाल अधिराज्यमा र्सवाधिक बढी
पानी पर्ने स्थान हो तर यसपटक ज्यादै थोरै पानी पर्‍यो त्यो पनि निरन्तर
रूपमा होइन। जलवायु विज्ञान अध्ययन गर्नेहरू, मौसमबीदहरूले नेपालको
मौसमको पूर्व अनुमान गर्न सकेका छैनन्। किसानहरूको वर्षामा मनसुन हुन्छ
भन्ने परम्परागत सोचले यतिखेर कुनै काम गरेको छैन। तराइमा पश्चिमबाट बतास
नचलेसम्म वर्षात् हुंदैन भन्ने धारणा छ, यतिखेर तर्राईमा हावा ज्यादै कम
चल्ने गरेको छ, त्यो हावा पनि पूर्वी हावा चलेबाट कृषकहरूको पुरानो
धारणालाई ठिक मान्न सकिन्छ।
पृथ्वीको वातावरणमा कार्वन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, सिएफएसी
जस्ता हानिकारक ग्यांसहरूको अत्यधिक बढोत्तरीले गर्दा तापक्रममा वृद्धि,
ओजन तहमा प्वाल, जलवायु पविर्तन तथा विभिन्न प्रकारका प्रकोपहरू
बढीराखेका छन्। मुठ्ठीबाट मुरी उब्जाउने वर्षातका महिनामा नेपाली कृषकहरू
प्रचण्ड घाममा तडपिएर खेतबारी बाझो रहेको देखेर भोकै मरिने भइयो भनेर
पिरोलिएर बांचिरहेका छन्।
Read More...

Saturday, July 18, 2009

0 एएनए सम्मेलनः बोस्टनलाई क्यालिफोर्नियाको पाठ

-अनिल पाण्डे-

अमेरिकामा रहेका नेपालीहरुको पि्रय संस्था एएनएको २७औं सम्मेलन
क्यालिफोर्नियामा यही जुलाई २ देखि ४ तारिकसम्म भव्य रुपमा मात्र साचालन
भएन अत्यन्त सफलताका साथ सम्पन्न पनि भयो । सम्मेलनले एएनएमा रहेर लामो
अनुभव सँगालेका साइमन ढुंगानाजस्ता व्यक्तिलाई आगामी दुई वर्षका लागि
अध्यक्ष चयन गरेको छ । ढुंगानाको कार्यकालमा केही नयाँ ुमाइलस्टोनु हरु
गाडिनेमा यो लेखक विश्वस्त छ ।

एएनएको प्रभाव र क्षमता हेर्दा यसले पूरा पखेंटा िफंजाउँन सकेको देखिन्न
। जनशक्ति आथ्ार्िक स्रोत-साधन र लोकपि्रयताका दृष्टिले यो नेपालीको
अद्वितीय संस्था हो । अमेरिकाका ५० वटै राज्यमा एएनएका स्थानीय कार्यकारी
निकाय निर्माण गरेर सांगठनिक रुपले बलियो बन्ने काम ढुंगानाकै पालामा
हुने विश्वास लिन सकिन्छ । स्रोत-साधनको पूर्ण सदुपयोग गरी प्रभाव
विस्तार गर्ने कामका लागि उहाँलाई धेरै-धेरै शुभकामना छ ।

२७औं सम्मेलन क्यालिफोर्नियाको सनप्रुा_िन्सस्कोमा निकै सफलताका साथ
सम्पन्न भएको छ । यी सफलताहरु वास्तवमै अपूर्व थिए । सम्मेलन अपूर्व
रुपमा सफल भएपनि यसमा सुधार्नुपर्ने पक्षहरुको पनि उत्तिकै भीड देखियो ।
सुधार्नुपर्ने पक्षको सूची छोट्याउन मात्र सकेको भए सम्मेलनका
प्रशंसकहरुको संख्या निकै थपिने थियो । यसको सफलतामा ताली पिट्न
प्रतीक्षा गरेर बस्ोका लाखौं दर्शक-स्रोताले प्रशंसाका लागि थप अवसर
पाउने थिए । यस पंक्तिकारले एएनए सम्मेलनका सम्बन्धमा केही बोल्नु
प्रारम्भदेखि नै भौतिक तथा मानसिक रुपले सकि्रय एक साचारकर्मीका हैसियतले
आवश्यक छ । एएनए २७औं सम्मेलनको सफलता वा असफलतामा यो पनि आपुनो
क्षेत्रबाट जिम्मेबार छ । सम्मेलनका सम्बन्धमा प्रचार-प्रसार गर्ने यसको
जिम्मेबारीको विषय रहेको थियो । त्यसैले प्रचार संयोजकका हैसियतले यसले
सम्मेलनका सफलता र असफलताका लागि आपुनो भागको जिम्मेबारी लिनैपर्छ ।
सम्मेलनका शुभचिन्तकहरुले दिएको यश-अपयशको अमृत वा कालकूट जो यसको भागमा
थोरै मात्र पर्ने निश्चित छ पान गर्न सतिसाल बनेर यो उभिएको छ ।

सम्मेलनका गतिविधिमा दर्शक-स्रोताले निकै रोमााचक ढंगले स्व्ीकार गरेको
कार्यक्रम साँस्कृतिक कार्यक्रम नै हो । यसमा सबैका प्रस्तुतिमा
सहभागीहरुले नाचगानमा सरिक भएर आनन्द लुटेको परिचय दिए । रामप्रसाद खनाल
१९७४ एडी व्याण्ड दीप श्रेष्ठलगायतका कलाकार मित्रहरुले सहभागीहरुबाट
निकै स्यावासी पाएको पनि देखियो । त्यस्तै यस कार्यक्रमलाई विश्वव्यापी
बनाउन अनलाइन प्रत्यक्ष प्रसारणको Dc Nepal & motherlandnepal  ले जुन
व्यवस्था मिलाइएको थियो त्यसको प्रशंसा खासगरी नेपालमा रहेका
परिवारजनहरुले निकै उठाएको देखियो । हरेक क्षण पाँच सयको संख्याले
कार्यक्रम लगअन गरिरहेको प्रमाण आम दर्शकहरुले प्रत्यक्ष देख्नुभएको छ ।

सम्मेलनप्रति अमेरिकामा रहेका नेपालीको ठूलो उत्साह थियो भन्ने कुराको
प्रमाण रक्तदानमा भेला भएको जनसमूहले पनि पुष्टि गर्दछ । रक्तदाताहरुको
उपस्थिति जुन परिमाणमा भयो त्यो अपेक्षा आयोजकहरुले गरेका थिएनन् ।
साहित्यिक कार्यक्रममा सहभागीहरुको उपस्थितिले प्रेक्षालय टन्न भरिएको
थियो । यस उपस्थितिलाई सम्मान गर्न साहित्य स्रष्टाहरुले अझ बढी मेहनत
गर्नु आवश्यक देखियो । यो अत्यन्त सराहनीय पक्ष हो ।

सम्मेलनले सम्मान गर्न नजाने तापनि यसलाई सफल बनाउन विभिन्न विभाग समालेर
बसेका संयोजकहरुले प्रशंसनीय कार्य गरेका थिए । वास्तवमा सम्मेलनको
सफलतामा उनीहरुको योगदानले जगको काम गरेको छ । यसका लागि सम्पूर्ण
संयोजकहरु प्ा्रशंसा र सम्मानका पात्र छन् । सम्मेलनका बारेमा प्रेसलाई
जसरी महत्व दिनुपथ्र्यो दिन सकिएन । पत्रकारहरुलाई प्रभावमा राख्न सकेको
भए जे-जति ऐतिहासिक वा अपूर्व सफलता यस पटक सम्मेलनले हातपार् यो त्यसको
सामयिक र विशेष प्रचार हुनेथियो । तर त्यस्तो हुन सकेन । सम्मेलनप्रति
प्रेसजगत बेखबर रहेको पाइयो ।

आजको युगमा कुनै पनि सार्वजनिक महत्वको विषयको मापदण्ड प्रेसजगत सापेक्ष
मात्र हुन्छ । त्यसलाई अलग राखेर सफलता हासिल हुन सक्तैन । सफलताको
मापदण्ड प्रेसले कसलाई कति स्थान दियो भन्नेमा निर्भर गर्दछ । प्रेसजगतले
बढी र सन्तुलित स्थान दिनुको अर्थ हुन्छ सफलताको परिचायक । एएनएको २७औं
सम्मेलनको समाचार प्रेसजगतमा न्यून आयो भन्नुको अर्थ हो- त्यसको सफलताको
न्यूनता । यस पटक सम्मेलनका केही कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरे
त्यसमा कुनै आशंका छैन । तर साचारमाध्यममा नआएका कारण अमुक कार्यक्रम सफल
थियो भनेर कुनै अभिलेख वा आधार तयार हुन सकेन । सफलता प्रमाणित हुन सकेन
। सम्मेलन सफल भएकोमा प्रसन्न हुन चाहने योगदानदाताहरुले आधार प्राप्त
गर्न सकेनन् । साचार क्षेत्रकै कमजोरीका कारण सम्मेलनका कार्यक्रमहरु
कहाँ र कुन समयमा हुँदैछन् कतिलाई जानकारी भएन । खेलहरु अत्यन्त सफल थिए
तर दर्शक थिएनन् । जानकारीका अभावका कारण यो अवस्था सिर्जना भएको हो ।
एकातिर रजिष्ट्रेसन प्रकि्रया अत्यन्त मन्द गतिले अघि बढेको थियोभने कुन
टिम कहाँ कोसँग खेल्दै थियो भन्ने सूचनासमेत खेलप्रेमीहरुले पाउन सकेका
थिएनन् । प्रेसलाई खेल समाचारबारे रिपोर्ट गर्न पास उपलब्ध गराउन सकिएको
भए कार्यक्रमले व्यापकता पाउने निश्चित थियो । आयोजक समितिले ुपत्रकारले
पैसा तिर्दैनन् किन दिने पासु भन्ने सङ्कीर्ण मनस्थितिका कारण
दर्शकदीर्घा खाली राखेर खेल खेल्न खेलाडीहरु वाध्य भए । उनीहरुको उत्साह
बढाउने दर्शकहरुको शख्त अभाव देखियो । आयोजकबाट विभिन्न कार्यक्रमको
घोषणा गर्ने तर पूरा नगर्ने काम पनि भयो । प्रेसिडेन्ट अवार्ड यस्तै एक
उदाहरण हो । चार दिनसम्म कुरियो तर यस्तो नामको कुनै पुरस्कार घोषणा
गरिएन ।

एएनएले सम्मेलन आयोजक समितिका सात संयोजक नै सर्वेसर्वा हुन् भनेर
मूल्यांकन गरेको पाइयो । सम्मेलनले अरुको योगदान र मेहनतलाई महत्व दिन
सकेन । वचनमा सम्म दरिद्रता देखाउनु कुनै अर्थमा पनि स्वाभाविक होइन ।
धन्यवाद र आभारु भनेर योगदान दिने व्यक्ति र समूहका नाममा कुनै प्रस्ताव
पारित गर्दा एएनए आयोजक समितिको कुनै नोक्सान हुने थिएन । कन्भेनर पाँच
सहसंयोजक र एक एएनएका महासचिवलाई मात्र धन्यवाद प्रदान गर्नु र अरुलाई
बेवास्ता गर्नु वास्तबमै खेदजनक छ । आयोजक समितिले केही अन्य काममा पनि
ठूलै लापर्वाही देखायो त्यसमा स्मारिका पनि उदाहरण हो । यो निकै कमजोर
प्रकाशन हुन आएको छ ।सम्मेलन आयोजक समितिले कार्यक्रममा स्वयंसेवी बनेर
सघाउने युवा तथा विभिन्न क्षेत्रमा सकि्रय सहभागीहरुलाई तत्काल
प्रशंसापत्र उपलव्ध गराउनुपर्छ । एएनए पधाधिकारी तथा कन्भेनियन
काउ_िन्सलका सदस्यहरु बसेर सम्मेलनको सफलता-असफलतामाथि पुनरवलोक हुनु
आवश्यक छ ।

अन्त्यमा २७औं एएनए सम्मेलनबाट आगामी आयोजकले पाठ सिक्न सकून् यही नै
शुभकामना छ । आगामी वर्ष पश्चिमी अमेरिकाको बोस्टोन सम्मेलनमा २८औं एएनए
सम्मेलन हुन गैरहेको छ । अमेरिकाको जुनसुकै कुनामा आयोजना गरिए पनि एएनए
सम्मेलनले नेपाल र नेपालीको इज्जत बढाउने र प्रतिष्ठा कायम राख्ने काम
गर्नुपर्छ । अरुले हेर्दा ुसम्मेलन त नेपालीको जस्तो पोु भन्ने अवस्था
आयो भने ठूलो उपलब्धि हुनेछ ।
anilmelvin@hotmail.com
california

Read More...

Thursday, July 16, 2009

0 सरकारको वजेट तथा कार्यान्वयन पक्षका जटिलताहरु

-सरोजदिलु विश्वकर्मा-
माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारले अवको आर्थिक वर्षा लागि यही
असार २९ गते करीव साँढे ४६ अर्व घाटा वजेट प्रस्तुत गरेको छ। आ.व.२०६६।६७
मा जम्मा २ खर्व ८५ अर्व ९३ करोड रुपैंयाँ मध्ये प्रशासन खर्चतर्फ१ खर्व
३५ अर्व ५८ करोड २५ लाख र विकास खर्चतर्फ१ खर्व ५० अर्व ३४ करोड ७५ लाख
विनियोजन गरेको छ। यो वजेट चालु वर्षो तुलनामा करीव ५० अर्व रुपैयाँले
बढी छ। त्यसका लागि करीव १ खर्व ७६ अर्व राजश्व उठाउने लक्ष राखिएको छ
भने बाँकी रकम वैदेशिक सहायता तथा ऋणबाट वेहोरिने अर्थमन्त्रीको बजेट
भाषणमा उल्लेख भएको छ।
यसपालीको वजेट अति महत्वकांक्षा देखिएतापनि कार्यक्रमहरु वास्तवमै
लोकप्रिय छन्। मध्यम तथा निम्न वर्ग, त्यसमा पनि दलित र मधेशीका लागि
क्रान्तिकारीरुपमै जोड गरिएको वजेट-कार्यक्रमले साँच्चै समुन्नत नेपालको
दिशानिर्देश गर्न खोजेको छ। दलित शिशुलाई पाँच वर्षम्म पोषणका लागि
प्रतिजन २०० रुपैयाँ दिने, सस्तो आवास निर्माण गर्ने, विधवा विवाहलाई ५०
हजार र दलितसंगको अन्तरजातीय विवाहलाई १ लाख दिई ३० दिनभित्र पुरस्कृत
गर्ने एवं वादी घरजग्गा विकासका लागि ३ करोड छुट्याइनु, हलिया र मुक्त
कमैयाहरुलाई मोहियानी हक र जग्गा सट्टाभर्ना दिने, ५ हजार रिक्सा
चालकहरुलाई रिक्सा दिने, तराइका दलित र मुस्लिम समुदायका ८ कक्षा
उत्तर्ीण्ा छात्राहरुका लागि अनमी तथा प्राविधिक शिक्षामा छात्रवृति
दिने, विदेश जानेहरुको रेमिट्यान्सबाट वचतपत्र जारी गर्ने र उनीहरुको
आम्दानीलाई सुरक्षित गर्ने, विकास कार्यान्वयनका लागि स्थानीय युवा
परिचालन गराउने जस्ता कार्यक्रमहरु इतिहासमै नयाँ कार्यक्रम हुन् भने
वजेटमै लैङ्िगक विकासमा भनेर विकास खर्चको करीव ३३ प्रतिशत
-४९ अर्व ४५ करोड) विनियोजन गरिनु भनेको सरकार महिला आन्दोलनप्रति पूर्ण
सम्वेदनशील भएको प्रष्ट हुन्छ । यसका अतिरिक्त कार्यक्रमहरु कार्यान्वयन
भए, नभएको वारे प्रधानमन्त्रीको अध्यक्षता ३।३ महिनामा समीक्षा बस्ने
सर्न्दर्भहरु र वृद्धाश्रमहरुलाई सहयोग गर्ने तथा कृषि क्षेत्रमा आवास
बनाउन नपाउने ब्यवस्थाहरु समृद्ध नेपालका लागि ज्यादै नै सकारात्मक छन्।
यसका अतिरिक्त अघिल्ला दुवैवटा कम्युनिष्ट सरकारका धेरै कार्यक्रमहरुलाई
निरन्तरता दिईएको छ।
तर एमाले र माओवादीको ९।९ महिने सरकार कार्यक्रमलाई अधिकांशरुपमा
फोटोकपि गरिएको भएतापनि सायद कांग्रेस सरकारमा भएकोले होला, यो पल्ट उसले
अघिल्ला अर्थमन्त्रीलाई 'सस्तो लोकप्रियता' भने झैं छातीमाथि ढुंङ्गा
राखि बक्बकाएन। उसले महत्वकांक्षी र राजश्व उठ्न असम्भव पनि भनेन । सायद
बाबुरामले तिनको मुखमा बुझो लगाईदिएकोले पनि हुन सक्दछ । तथापि ती दुवै
सरकारका पालामा ल्याईएका कार्यक्रम र वजेटहरु काँग्रेसले नै ब्यवहारमा
कार्यान्वयन हुन नदिएको ध्रुवसत्य हो। अतः वजेट जनमुखी र क्रान्तिकारी
भएता पनि कार्यन्वयन पक्ष फेरि पनि महाजटिल छन्। ती मुख्य जटिल-वाधकको
रुपमा पहिलो नम्वरमा गिरिजाप्रसाद कोईराला र रामचन्द्र पौडेलहरु नै
हुनेछन्। एमाले या माओवादी या अन्य कम्युनिष्ट पार्टीले जव-जव लोकप्रियता
हासिल गर्न थाल्नेछन् तवतव यी महामहिमहरु एउटा-एउटा खुर्च्याइ थापेर
वहुमत र अल्पमतको औला गन्न थाल्नेछन्। त्यसपछिको दोश्रो वाधक भनेको नेकपा
एमाले आफैं पनि हो। किनकी जुन तरिकाले अघिल्लो सरकार लड्न वाध्य बनाई
माधव नेपाल घोडा चढे, त्यसमा कार्यकर्ता सन्तुष्ट छैनन्। अधिकांश
कार्यकर्ताको चाहना थियो- एमाले र माओवादी मिलेर नै संविधान बनाई यो
मुलुकको आमूल परिवर्तन भएको होस्। तर विगतका दिनमा एमाले नेतृत्वले जसरी
र्सर्ूयवहादुर, कमल थापा, लोकेन्द्र वहादुरदेखि ज्ञानेन्द्रसम्मलाई
पालैपालो घोडा चढाएर माओवादीलाई सघाएको आरोपमा आफ्ना कार्यकर्ता भुटाए,
त्यसरी नै वामदेवलाई मिल्काएर फेरिपनि पशुपतिशम्शेर, कमल थापा र
कटवालहरुलाई काँध थापेर हिंडिरहेका छन्, त्यसले एमालेलाई नै भलो
गर्नेवाला छैन र केपीको शब्दाग्नी वाणले एमाले आफै डढ्नेवाला छ।
तेश्रो पक्ष- माओवादी नै हो। तिनले वहुमतवालाहरुको यो घोरण्डो
महत्वकाक्षालाई कहिल्यै पूरा हुन दिनेवाला छैनन्। आफैलाई गलहत्याएर थाली
खोस्नेहरुलाई उल्टै जामा पहिरिन किन दिउन् पनि। माओवादीले वजेट
कार्यान्वयन हुन दिनु भनेको मिचाहा हात्तीलाई अविर पहिर्याउनु जस्तै हो।
चौथो पक्ष भनेको कर्मचारीतन्त्र हो। तिनका यन्त्रले जनतालाई सेवा
दिनेभन्दा पनि आफू जनताको मालिक भएको ठहर्याउँदछ। अधिकांश पुरैत-पण्डितले
भरिएको निजामति कर्मचारी-दस्ता वरु गृहमन्त्रालयदेखि गाविससम्मै घाम
तापेर घुसखोरी, भ्रष्टचारी र आ-आफ्ना नातागोताहरुको जजमानी गर्छ, तर
जनताका सरोकारमा विभिन्न कागजी प्रक्रियाको वहाना बनाएर फेरि पनि उम्कन र
नाफा कमाउन खोजिरहने छ। पाँचौं वाधकको रुपमा देशी-विदेशी विकास-माफियाहरु
हुनेछन्, जसले नेपालको समृद्धि र नेपाली जनता समुन्नत् भएको एवं एकआपसमा
सहअस्तित्व कायम गरेर बसेको देख्न चाहदैंनन्। तिनले विभिन्न सवाल, अधिकार
र सहयोगका नाममा जनताको जुझारुपनालाई शीथिल गर्राई तथा राजनीतिक दलहरुलाई
एकआफसमा भड्काई फायदा लुटिरहने छन्। त्यसका मुख्य पात्रकारुपमा तिनै
पुरैत-पण्डितका सेवा हजुरीमा चलेका गैरसरकारी संस्थाहरु तथा त्यसका
टाउके-विभिन्न डक्टरेट्हरु हुनेछन्।
यसका वावजुद पनि केही हाँस्यास्पद र नकारात्मक समाज निर्माण गर्ने खालका
पुरैतमुखी कार्यक्रम र वजेट नआएका होईनन्। जस्तोः निजामति कर्मचारीलाई
आवास सुविधा, यिनका वालवालिकालाई गुणस्तरीय शिक्षा, छात्रवृति, स्वास्थ्य
सुविधा र विदेश पढ्नेलाई तलवै दिएर पठाउने प्रावधानले सिधै विभेद्
निम्याएको छ । र्सवसाधारण जनताको दृष्टिबाट हर्ेदा चोर्ने गाई भनि
सुविधै-सुविधाको घन्टी झुण्ड्याएर छाडा छोड्नु कतिको सान्दर्भिक हुन जाला
- जवकि, यी भनेका राष्ट्र तथा जनसेवक हुन् र आर्थिक फायदा लिनेभन्दा
सेवाको भावनाले यिनलाई सो क्षेत्रमा प्रवेश दिइएको हो। अतर्ःर्
इमान्दारिताको लागि सुविधै दिने हो भने दिपक मनाङ्गे र राजु
गोर्खालीहरुलाई पनि १।१ करोड र राजधानीमा १।१ वटा विल्डीङ्ग दिए, तिनले
आफ्ना धन्दा बन्द गर्ने थिए। वरु समुचित तलवले मान्दैनन्, काम गदैनन् वा
वेइमानी गर्छन् भने तिनलाई गलहत्याएर नयाँ पींढिलाई सेवामा खटाउनु पर्दछ।
जवकि, सानो सुविधा पाएपनि सयगुणा बढी काम गर्ने थुप्रै युवाहरु वेरोजगार
छन्। त्यसैले तिनले अन्य जनता जसरी जिईरहेका छन् त्यहाँभन्दा सुविधा दिनु
उचित थिएन।
त्यसैगरी मधेसका ३ जिल्लामा ३ हजार सीमान्तकृत आवास गृहका लागि १।१ लाख
दिने वजेट दुरुपयोग हुने र वीचमा भ्रष्टचार बढाउने प्रवल सम्भावना छ।
त्यसैले सो वरावरको भूमि वितरण गरीदिनु वेहत्तर हुनजान्थ्यो। यता १
विद्यालय १ दलित शिक्षकको मांगलाई फेरिपनि वास्ता गरिएन भने अघिल्लो
सरकारले १२ कक्षासम्म दलित र कर्ण्ााली क्षेत्रलाई निःशुल्क गर्ने
सर्न्दर्भलाई खुम्च्याएर एसएलसीसम्म झारियो। दलितको पहिलो पूर्वसवाल हो-
उच्च शिक्षासम्म निःशुल्क तथा सामन्तशैली र वाहुनवादी पाठ्य-रचनाहरुको
खारेजी। तर समावेशी विकास र समानताका लागि पाठ्यक्रम सुधारमा यो सरकारको
पनि कुनै सोचाई आएन। यी वाहेक केही कार्यक्रमका लागि सतही रणनीति उल्लेख
गरिएता पनि सम्पूर्ण कार्यक्रमलाई अतएवः कार्यान्वयन गरिने छ भन्नुभन्दा
पनि पुरैतले मन्त्र पढेजस्तो यतै स्वाहा उतै स्वाहा भन्ने किसिमले वजेट
आएको छ, भने सायद धेरै कार्यकर्ताहरु गैरसरकारी क्षेत्रमा रहेकाले होला,
सो क्षेत्रमा हुँदै आएको अथाह भ्रष्टचार रोकी त्यसलाई सही सदुपयोग गर्ने
यो सरकारको कुनैपनि नीति देखिएन।
यद्यपि, वजेट तथा कार्यक्रमहरु सुन्नमा राम्रा छन् तर गराइमा देखिए
पक्कै यसले परिवर्तनको महसुश गराउने छ। तर यसका लागि माओवादी, एमाले र
सकेसम्म कांग्रेस सम्मिलित सरकारको जरुरी छ, २२ दलको सरकार होईन।
Read More...

Tuesday, July 14, 2009

0 जागते रहो

-अकेला-
अकेलालाई जागत रह भैया सोए- मत रहियो, पसिनाके कमाई-मुफतमेँ ना
लुर्टाईयो पुरानो हिन्दी गीत असाद्धे मनपर्छ। त्यतिखेर जताततै शान्ति र
अमनचैन भएकाले यसलाई केवल मनोरञ्जनको दृष्टीले मात्र सुन्ने गरिन्थ्यो।
तर परिवर्तनका नाममा मानिसहरू जङ्गली बन्नथालेपछि यस्को अर्थ र महत्व
दुवै बुझ्न थालियो । र, यहाँसम्म आईपुग्दा यसको सम्झना मात्रले पनि जिउमा
यसरी काँढा फुल्छ कि घरको आफ्नै बेडरूममा हैन, बल्की मानौँ यस्तो ठाउँमा
खडा भएको होवस, जहाँ मानिसका क्षत्-बिक्षत् लासहरू यत्रतत्र छरिएका छन् र
चिल-कौवाहरू दर्ुगन्धित लासहरूको लुफ्त उर्ठाईरहेका छन्। आफ्नै घरको
ओक्ष्यानमा सुतिरहँदा पनि कसैको जीउमा काँढा फुल्लान् - कतै, पंक्तिकारको
स्क्रू त ढिला भएन - तर गर्ने के पाठक - फुल्दोरैछ। परिवर्तनका नाममा,
अव्यवस्था र अस्तव्यस्तताका नाममा जव मानिसहरू राजनीति गर्नथाल्दछन्, जव
कुनै राष्ट्र र त्यहाँ बिद्यमान तमाम् निरिह सिष्टमहरूलाई जङ्गली
हात्तिहरू लगाएर छिन्नभिन्न पार्नथालिन्छ, जव देशभक्त, स्वाभिमान
भनौँदाहरूबाटै धमिलो पानीमा माछा मार्ने कुचेष्टा हुनथाल्दछ, तव यस्ता
काँढाहरू फुल्दारैछन्। किनकि, डरहरू हम्मेसी यस्सै उत्पन्न
हुँदैनन्-डरहरू उत्पन्न गर्राईन्छन्, कोही त्यस्सै
तर्सदैनन्-तर्सर्ाान्छन्। जिउमा काँढाहरू फुल्नु त असल स्वास्थ्यको
निम्ति राम्रो लक्षण त हुनै सक्तैन पाठक ।
मानवता र मानव अधिकार जस्ता चिजहरू मृत घोषित गरिएको यहाँ युगौँ
भैसक्यो। यी सब जान्दाजान्दै पनि जव कहीँ-कतैबाट यस्को खोजि हुनथाल्दछ,
त्यस्को अभावमा मानिसहरू दुखी हुनथाल्दछन्, तव पंक्तिकार रनभूल्लमा
पर्नथाल्दछ। कहिल्यै, कतै हुँदै नभएको वस्तुको अवशान कसरी - त्यस्ताको
मृत्युमा कस्तो शोक - केको शोक - सहिदका विधवाहरूद्वारा श्रापित यो
मुलुकमा यस्ता कुराहरूले बर्साई सरेको कति भैसक्यो। मुलुकको वृहदत्तर
हितका लागि हाँसीहाँसी आफ्नो गलामा फाँसीको फन्दा लगाउनेहरू सिद्धिएको
यहाँ कति भयो - जहाँ, दश रूपैयाका कलमहरू सधैँ खुँडा, खुकुरी, बन्दुक
बिरूद्ध लडिरहनर्ुपर्छ, जहाँ शान्ति, समानता, अहिँसा जस्ता कुराहरू
मान्छेका मनोरञ्जन बन्ने गर्दछन्, जहाँका मानिसहरू श्रीमतीका
पेटीकोटभित्रै आफ्नो सुरक्षा ठान्ने गर्दछन्, त्यहाँ कसरी जिवन्त
रहनसक्छन् यस्ता कुराहरू - मुलुक शान्तिप्रक्रियामा छिरिसकेपछिकै मात्रै
चर्चा गरियो भने पनि यहाँ त्यस्तो कुनै व्यक्ति छुटेनन्, त्यस्तो कुनै
पत्रकार छुटेन, त्यस्तो कुनै महिला, दिदीबहिनी, आमाहरू छुटेनन्, जो यहाँ
विद्यमान अव्यवस्था, अस्तव्यस्तता र अस्थिरताको शिकार नबनेका होउन्। थाहा
पाएसम्मका पात्रहरू त केवल प्रतिनिधि मात्र थिए्, जस्लाई बैरीहरूले आफ्नो
शिकार बनाए। ती आज कहाँ गए, जो मुलुकको परिवर्तनको निम्ति आफ्ना हातपाउ
मारिरहेका थिए - कहाँ बिलाए सब्का सब् -
हामी, मर्नुभन्दा बौलाउनुमा बिश्वास गर्दछौँ। नगर्ने पनि कसरी -
अशान्ति, अराजकता, असहमति, असहयोग जस्ता कुराहरू कसैले हटाउन र मेटाउनै
नचाहने राजनीतिक पाटाहरू हुन्। यी सबै त यहाँ एकदिन हुनैथियो। हिजो नभएको
आज भयो, आज नभएको भोली हुन्छ र भोली पनि नभए पर्सर्ीीा कुनैदिन त पक्कै
हुनेछ। लाटागाँडा र देहातिहरूले आफ्नो पेट काटेर जम्मा गरेको ढुकुटीमा जव
राजनीतिका डुम्री मुसाहरू चटारिन थाल्दछन्, जव झण्डै झण्डै आकासकै फल
बनिसकेको संविधान सभालाई नै हावा ख्वाउन थालिन्छ, जव नागरिक सर्वोच्चता
जस्तो अति सम्वेदनशील कुराको महत्वलाई गोबरगणेशहरूद्वारा गलत अर्थ
लगाउनथालिन्छ र अग्रगमनको जगमगाउँदो प्रकाशलाई अराजनीतिको खग्रासले
ढाक्नथालिन्छ, तव यी सबै त एकदिन हुनै थियो। राजनीतिका धुरन्धरहरूमा
असहमति, असन्तोष, असमझदारी र असहयोग जस्तो दिमागी फ्यूजन हुनथालेपछि यी
सब त अनिवार्य बन्दछन्। बाटो हगुवाहरूलाई अगुवा बनाउने परिपाटीले नै
निरन्तरता पाईरहनु, भाई-भतिजावाद, मामावाद-भाञ्जावादभन्दा माथि उठ्न
नचाहनु र यथास्थितिमै रम्न चाहनु भनेकै यसका लक्षण हुन्। कानून हुन्छ,
कार्यान्वयन हुँदैन, सेना हुन्छ, कमाण्डिङ्ग हुँदैन र समाज-सामाजिकता,
राष्ट्र-राष्ट्रियता त हुन्छ, तर एकता, सहयोग र आपसी सदभावै हुँदैन भने
त्यहाँ मानवता नमरे कहाँ मर्छ - यी सबै जान्दाखेरी पीडा त हुन्छ नै। भएर
के गर्ने - यी सबैका बाबजुद पनि मानिसहरू जव मीठो न्रि्रामा
झुल्नथाल्दछन् भने बहुलाउनुको विकल्पै के रहन्छ - कसरी जगाउने यस्ता
कुम्भकर्ण्र्ाालाई - कस्ले जगाउने - किन जगाउने यस्ता लम्पटहरूलाई -
अनायकी विनश्यन्ती, नश्यन्ती वहुनायका। कमाण्ड विनाको सेना, नेतृत्व
विनाको समाज र आवश्यकताभन्दा बढी नेताहरू। यस्तो समाज, राष्ट्र
टुक्रा-टुक्रा भएर जान्छ र समाप्त हुन्छ।
मुलुकका यावत मुद्धाहरू अझै पनि झर्ला र खाउँलाको स्थितिमा छन्।
अग्रगामी मुद्धाहरू कहिले किनारा लाग्छन् ठेकान् छैन। विकासे योजनाहरू
मन्त्री र कार्यकर्ताका गोजिमै छन्। राजनीतिक निकासहरू नेताहरूका गफैमा
सिमित छन्। विद्यमान अव्यवस्था र अस्तव्यस्तताका नाममा घिनलाग्दा खेलहरू
खेलिन्छन्। र, नेपाल र नेपालीहरू आज पनि यथास्थितिमै छन्। किन - किनकि,
अर्ढाईसय वर्षम्म कुण्ठिएका मानिसका चेतनास्तर यसरी चुलिएका छन् कि मानौँ
ती सबै आकाशबाट झर्नेवाला छन्। जुन जुन कामकुरालाई सच्चा नागरिकहरूले
कहिल्यै रूचाउँदै रूचाएनन्, सबैले आज निरन्तरता पाईरहेका छन्। जे जस्ता
कामकुरालाई मानिसहरूले हिजो बदल्न चाहेका थिए, त्यसैलाई आज मानिसहरू
दोहर्‍याईरहेका छन्। मुलुकको यो दर्ुदशाको निम्ति को बढी जिम्मेवार छ -
हाम्रो समाज र राष्ट्रको अनुहारमा अराजनीतिक, अराजक, उदण्ड, भिखारी,
बर्ेइमान, षडयन्त्रकारी, आतङ्ककारी, गरिव, असभ्य, अशिक्षित आदिको धब्बा
लाग्नुका पछाडि कस्का हात छन्, जस्लाई मेटाउन-हटाउन आजैदेखि सुरू गरियो
भने पनि युगौँ लाग्नेवाला छ - खूद हामी। अर्थात, र्सार्वभौमसत्ता सम्पन्न
नेपाली जनता, यी सबैका बाबजुद पनि मरेर-सडेर-कुहिईसकेको मानवता र
मानवाधिकारप्रति यदि कोही बिस्मित हुन्छन् भने गडे मर्ुर्देको उखाड्ना
जस्तो हुन्छ। ्हुँदै नभएको चिज या वस्तुप्रति मौजुदगीको कस्तो आभाश हो -
कदाचित, बिहान घरबाट निस्केर बेलुकी आरामसँग घर फिर्नसकियो भने आफुलाई
धन्य ठान्नुपर्ने यो जमानामा कोही यहाँ सुरक्षित छँदै छैनन्। आखिर, बकरी
की माँ कबतक खैर मनाएगी -
खैर, जोसुकैले, जेसुकै गरिरहुन्, जतिसुकै मकै भुटिरहुन्, जोसुकैको भुँडि
फुटिरहुन्, कसैलाई ख्वाईँख्वाईँ हुनु भएन। कोही नबोल्ने, केही नलेख्ने।
नदुखेको टाउको डोरी लाएर नदुखाउने। नचाहिँदो टन्टा नगर्ने ।
खानेहरू-खाईरहुन्, हर्ेर्नेहरू हेरिरहून्। बोल्नैपरे, लेख्नैपरे
प्रशंसाको पुल बाँधेर बोल्ने-लेख्ने। यसैमा सबैको कल्याण छ।
बोल्नु-लेख्नु यस्तो कि गोबरगणेशहरूका मुहार खुशिले चम्कियून्, दिल
बाग-बाग बनून्। जव झुठ्ठा प्रशंसाबाटै गोबरगणेशहरूका नाक साठी रूपैया
किलोका घिरौला जत्रो बन्दछन् भने अनाहकमा किन चिढाउनु कसैलाई - बेला
हेरेर घरबाट निस्कने, बेलामा घर पस्ने र आफ्ना लालाबाला, श्रीसम्पत्तिको
सुरक्षा आफैँले गर्ने। सुत्दा, बस्दा, हिँड्दा बिचार पुर्‍याउने। सब्का
सब् खुश्। नाखुश कसैलाई नबनाउने। तन-मनको थकान मेट्न नसुति हुन्न भने पनि
यस्तरी ननिदाउने कि आफु निदाईरहने र व्युँझदा पूरै कित्ता वैरीको कब्जामा
नजाउन्। निदरा, यस्तो कि तन सुते पनि मन र बुद्धि भने जागै रहोस।
त्यसैले, जागते रहो ˜˜˜। अस्तु।
Read More...

Monday, July 13, 2009

0 १९६ औं भानु जयन्ति

-सुदर्शनराज पाण्डे-
आज मुलुकभर राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्मजयन्ति
सम्पूर्ण देशभक्त नेपालीहरूले विविध साहित्यिक, रचनात्मक एवं सिर्जनात्मक
कार्यक्रम सहित बडो हर्षोल्लासपूर्वक भव्यताका साथ मनाइरहेका छन्।
प्रत्येक वर्षो असार २९ गते भानु जयन्ती श्रद्धापूर्वक ससम्मानका साथ
मनाउने नेपालीहरूको संस्कृति र संस्कार नै हो। नेपाल अधिराज्यमा मात्र
नभएर नेपाली भाषाका भाग्य विधाता भानुभक्त आचार्यको जन्मजयन्ति भारतीय
नेपालीहरूले पनि भारतका विभिन्न राज्यमा विशेष समारोहका बीच मनाउंदै आएका
छन्। विश्वभर छरिएका नेपालीहरूले भानुभक्तलाई कदापि बिर्सन सक्दैनन्
किनभने नेपाली भाषा र साहित्यको श्रीवृद्धिको सुरूवात भानुभाक्त
आचार्यबाट नै भएको हो। भानुभक्तमा हामरँे भावपूर्ण श्रद्धाञ्जलि।
भानुभाक्तको चर्चा गर्दा कवि मोतिराम भट्टलाई विर्सनु हुंदैन।
भानुभक्तका कृतिहरूलाई संकलन गरी प्रकाशनमा ल्याइ भानुभक्तको प्रतिभा
उजागर गरी सम्मानित बनाउनमा पहिलो योगदान पुर्‍याउने व्यक्ति मोतीराम
भट्ट नै हुन्। आज नेपाली साहित्यले विश्वका अन्य भाषाभाषी र साहित्य
जत्तिकै उचाइ हासिल गरेको छ। विश्वका अन्य भाषाभाषीले पनि नेपाली भाषा
बोल्ने गर्दछन्। नेपाली साहित्यले विश्वमा सम्मान पाएको छ। नेपाली भाषा र
साहित्यको गरिमा दिनानुदिन बढ्दै गइरहेको छ। नेपाली भाषा, साहित्य
नेपालीहरूका लागि त महान छंदैछ, विश्वका कयौं साहित्यकारका लागि नेपाली
भाषा, साहित्य अध्ययनको विषय बनेको छ। भानुभक्त आचार्य एउटा घांसी
महिलाको प्रेरणाले गर्दा आज विश्वभर चर्चित भइ नेापल र नेपालीको गौरब
बढाएका हुन्। आदिकवि भानुभक्त सम्पूर्ण देशभक्त नेपालीका साझा आदर्श
हुन्। नेपालको अवनति चाहनेले मात्र सदा नेपाली भाषाको उन्नतिकोर् इष्या
गर्छ। भारतभक्तिमा लागेका केही नेपालीले राष्ट्र भाषाको उन्नति, प्रगतिको
बदला भारतको राष्ट्रभाषा हिन्दीको राष्ट्रिय मान्यताको कुरा उठाउंछन् र
आप\mनो मातृभाषा भोजपुरी, मैथिली, अवधि आदि ९२ भाषाको उत्थान गर्नुपर्ने
सवाल भूल्न पुग्दछन्। भाषामा राजनीतिकरण होइन, सबैले आ-आप\mनो मातृभाषा र
राष्ट्रभाषा नेपालीको गौरब बढाउन निरन्तर अग्रसर हौं। नेपाली भाषाप्रति
संकिर्ण्र्ाायक्ति जमातहरू पशुपति र स्वयम्भुका बांदर र भारतको भैंसीसमान
हुन्, जसले भारतीय स्वार्थ र आप\mनो स्वार्थ मात्र हर्ेदछ। दांया, बांया
र आप\mनो सन्तानको भविष्य हर्ेर्दैन। साहित्यनुरागी नेपालीले भानुभक्तलाई
प्रेरणा दिने घांसीको इतिहासलाई अमर राख्न घांसी कंुवा तनहुं जिल्लामा
निर्माण गरेका छन्। भानुभक्तलाई जीवन्त बनाउन नेपाल अधिराज्यका विभिन्न
स्थान र भारतको प्रवासमा समेत भानुभक्तको शालिक निर्माण भएका छन्। वीरगंज
नयां बसपार्कमा भानुको शालिक स्थापना गरी भानु चोक नामाकरण गरिएकोमा
नेपाली भाषाविरोधी अराष्ट्रिय तत्वहरूले शालिक तोडेर एउटा बिर्सन नसकिने
ऐतिहासिक क्रूरता एवं जघन्य अपराध गरेका छन्। भानुभक्तको शालिक भत्काउनु
भनेको सम्पूर्ण राष्ट्रभाषा नेपाली प्रेमी नेपाली जनताको मन रूवाउनु हो।
बितेको गौरब गाथा नेपाली भाषा साहित्यमा दर्शिएको छ। नेपाली जनताहरूको
छातीको पीरहरू हटाउन नेपाली भाषा र साहित्यले मात्र सक्दछ। नेपाली भाषा
सम्पूर्ण मातृभाषाहरुको भाषा हो। नेपाली भाषा र साहित्यको सर्म्बर्द्धन
गर्ने साहित्यकारहरूले नेपालीहरूकै मातृभाषा थारू, तामाङ, राइ, लिम्बु,
भोजपुरी, अवधि, मैथिली, भोटे, शेपा सबै भाषाको उत्थानका लागि निरन्तर
आवाज उठाइरहेका छन्। तराइ-मधेशका नेता भनाउंदाहरूले आप\mनो देशको महान
राष्ट्र भाषा र आफू र घर परिवारले दैनिक बोल्ने मातृभाषाको उत्थान र
संरक्षणको कुरालाई ओझेलमा पारेर भारतको राष्ट्रभाषा हिन्दीलाई नेपाली
भाषासरहकै मान्यता दिनु पर्दछ भनि जुन घृष्टता प्रकट गरिरहेका छन् यो
भन्दा दर्ुभाग्य के होला - जीवनको आदर्श र सिद्धान्तको विधि खोज्दै,
आप\mनो पहिचानको नाममा आफैबाट आफै निष्काशित भएर राष्ट्र भाषा नेपालीको
सम्मान गर्ने सम्पूर्ण नेपालीहरूबाट बहिष्कृत समेत हुन खोजिरहेका छन्।
भानु जयन्ति नेपाली नागरिकहरूको राष्ट्रिय पर्व हो। आज नेपाली भाषा
बोल्ने, नेपाली भाषालाई सम्मान गर्ने सबैजना खुशियालीमा छन्। देश र
भाषाप्रति इमान्दार मानिसको सोचाइ सधैं न्यायपूर्ण र सकारात्मक हुन्छ।
हिन्दी भाषाका कुरा उठाउने नेपालीहरू अन्यायको बाटो र कुबाटो तर्फलम्कदै
छन्। कुन बाटो रोज्ने भन्ने व्यक्तिको वैयक्तिक स्वतन्त्रता हो तर नेपाली
समाज, राष्ट्र भाषा र सदभावमा आंच पुर्‍याउने काम कसैले गर्दछ भने
त्यसलाई समयले माफ गर्न सक्दैन। भानुभक्त नेपाली साहित्यका त्यस्ता शक्ति
हुन् उनले रोपेको भाषारूपी वृक्ष न कहिले बुढो हुन्छ, न कहिल्यै ढल्छ।
नेपालीहरुको नेपाल र नेपाली भाषाप्रतिको आस्था र श्रद्धालाई कुनै शक्तिले
अतिक्रमण गर्न चाहेर सक्दैन। नेपाली भाषाभाषिको इच्छा असाध्यै रातो र
तातो छ। नेपाली भाषा कहिले नसुक्ने हरियो दुबो हो जो पृथ्वीको सबै ठाउंमा
सधैं मौलाइरहन्छ। हामीले हाम्रो भाषा संस्कृतिलाई भुल्नु भनेको आफूलाई
भुल्नु हो, देशप्रेमबाट टाढिनु हो। देशप्रेममा नै अपार शक्ति र सबैको
भलाइ छ। नेपाली भाषालाई घृणा, निन्दा गर्ने होइन, नेपाली भाषालाई पूर्णता
दिइ उच्च शिखरमा पुर्‍याउन निरन्तर साहित्यिक कार्यक्रमलाई अगाडि बढाउने
शक्ति भानुभक्तको प्रेरणाले देओस्, भानु जयन्तिका अवसरमा यही शुभकामना।
नेपाल र नेपालीको समुन्नतिका लागि नेपाली भाषाको ठूलो योगदान छ।
भानुभक्त पछि नेपाली भाषा र साहित्यको क्षेत्रमा साहित्यिक स्रष्टाहरूले
निकै योगदान पुर्‍याइ नेपाली भाषालाई सर्वोत्कृष्ट राष्ट्रिय भाषा साबित
गराइसकेका छन्।
Read More...

Sunday, July 12, 2009

0 सूर्य ग्रहणमा इलाम यात्रा

इलामे सहर चियाबारी राम्रो त्यही पर्‍यो घर हाम्रो
कस्की हौ छोरी पातली मोरी लैजाने आंट हाम्रो
यस बर्षइलाममा जुगमा नै नभएको घटना हुन लागेको छ। पर्यटकीय महत्व बोकेको
इलाममा नयां किसिमका पर्यटक भित्र्याउन त्यहांका पर्यटन ब्यवसायीहरु
तम्तयार बसेका छन्। धेरैले इलाम भने बित्तिकै गीतमा भने झै चियाबारी बगान
हर्ेन जाने होला भन्ने सोच्ने गरेका छन्। तर साउनमा हुन लागेको सूर्य
ग्रहणले भने इलाममा बेग्लै चहलपहल हुने भएको छ। इलाम फिक्कलबाट ३ मिनेट
भन्दा बढी समयसम्म सूर्यमा कालो दाग लागेको देख्न पाइने भएकोले त्यहांका
पर्यटन ब्यवसायीहरुले देश-बिदेशका पर्यटकहरु ल्याउन प्रचारप्रसारमा
जुटेका छन्।
इलामको फिक्कल क्याम्पसको संयोजकत्वमा काठमाण्डौंबाट ज्योतिष,
खगोलविज्ञको टोली त्यस दिनको ग्रहण अवलोकन गर्न फिक्कल जाने भएका छन्।
एकाइसौं शताब्दीको सबैभन्दा लामो पर्ूण्ा सूर्य ग्रहण आगामी साउन २२ गते
लाग्ने भएको छ। साउन महिनाको औशीका दिनमा सूर्य ग्रहण हुने गरेको पाइन्छ।
करीब साढे छ मीनेटसम्म सूर्यमा कालो दाग लागेको देख्न पाइनेछ। प्रशान्त
महासागरको समुद्री तटमा भने छ मिनेट ४३ सेकेण्डसम्म सूर्य कालो देखिनेछ।
चन्द्रमाको छांया सूर्यमा परेपछि पृथ्बीबाट सूर्य हेदा कालो देखिनुलाई
सूर्य ग्रहण भन्ने गरिएको छ। भारतबाट सुरु हुने सूर्य ग्रहण नेपाल,
बंगालादेश, भुटान र चीनमा अवलोकन गर्न सकिनेछ। आंशिक सूर्य ग्रहण ने
पूर्वी एसिया र इन्डोनेसियामा पनि देखिनेछ।
यस बर्षग्रहण हेन इच्छा राख्ने इलामका मानिसहरु भाग्यमानी हुने भएका
छन्। त्यहांबाट ३ मिनेट ८ सेकेण्डसम्म सूर्यमा कालो दाग लागेको देख्न
पाइनेछ। बिहानको ५ बजेर ४५ मिनेटमा त्यहां ग्रहण सुरु हुनेछ। त्यसै गरी
बिराटनगरमा ३ मिनेट सम्म पूरा ग्रहण लाग्नेछ। त्यहां पनि बिहानको ५ बजेर
४५ मिनेटको हाराहारी मै ग्रहण लाग्नेछ। जनकपुरमा भने २५ सेकेण्डसम्म पूरा
ग्रहण लाग्नेछ।
देशका अन्य भागबाट भने पुरा ग्रहण लागेको देख्न पाइने छैन। राजधानी
उपत्यकामा बिहान ५ बजेर ४६ मिनेटमा सुरु हुने आंशिक ग्रहण बिहान ७ बजेर
४५ मिनेट सम्म लाग्नेछ। भैरहवामा बिहान ५ बजेर ४६ मिनेट देखि बिहान ७
बजेर ४३ मिनेट सम्म ग्रहण लाग्नेछ। नेपालगन्जमा बिहान ५ बजेर ४७ मिनेट
जांदा सुरु हुने ग्रहण बिहान ७ बजेर ४२ मिनेटमा हट्नेछ। महेन्द्रनगरमा
भने बिहान ५ बजेर ४८ मिनेटमा सुरु हुने ग्रहण ७ बजेर ४१ मिनेटसम्म
लाग्नेछ।
इलामको बारेमा--
दार्जिलिङसंग जोडिएको इलाम जिल्लालाइ नेपाल सरकारले सूचीकृत गरेको हिल
स्टेसनमा समाबेश गरिएको छ। त्यसैले इलाम डांडाकांडा हर्ेन चाहनेहरुको
लागि उपयुक्त गन्तब्य हो। यो चियाबगानको लागि निकै प्रख्यात पनि रहदै
आएको छ। बाह्रै महिना हरियाली देखिनु यहांको बिषेशता हो।
समुद्री सतह भन्द १ हजार सात मिटरको उचाइमा रहेको अन्तु डांडा यहांको
महत्वपर्ूण्ा पर्यटकीय गन्तब्य हो। यहांबाट सगरमाथा र कञ्चनजंघा हिमाल
र्छलङगै देख्न सकिन्छ। सूर्योदय र सर्ूयास्त हर्ेन आउने मानिसहरुको यहां
बाक्लो उपस्थिति हुने गरेको छ। सूर्य ग्रहणको दिनमा भने त्यहां अझ बढी
मानिसहरु उपस्थित हुने भएका छन्। इलामको छिपीटारबाट अन्तु डांडा पुग्न ३
घण्टा पैदल हिंड्नु पर्दछ। दर्ुइ हजार ५ सय मिटर उचाइमा रहेको माइपोखरी
समेत पनि ग्रहण हर्ेन उपयुक्त गन्तब्य हो। यो ठाउं इलाम बजारबाट १४
किलोमिटर उतरमा अबस्थित छ। हालैमात्र हरिशयनी एकादशीका दिन यहां ठूलो
मेला लागेको थियो। बाटैमा पर्ने चुरघण्टी, बखौटे, हासिरे भञ्ज्याङ र
धारापानी नामका गाउंहरु निकै रमणीय छन्। ग्रहणको अघिल्लो रात यहां
माइपोखरी पुग्न सकेमा ग्रहण हुन लागेको सूर्य हर्ेर्ने अवसर मिल्छ।
इलाममा साना र मझौला स्तर होटेल र लजहरु सञ्चालनमा रहेका छन्। माइपोखरी
वा अन्तु डांडामा क्याम्प फायर गरी सूर्योदयको स्वागत गरेर सूर्य ग्रहणको
मज्जा लिन चाहनेहरुको लागि स्थानीयबासीहरुले बासको ब्यवस्था मिलाएका छन्।
कसरी जाने -
काठमाण्डौंको गोङगबु बसपार्कबाट इलामसम्म जाने बसहरु पाइन्छ। यहांबाट
सात किलोमिटर यात्रा गरेपछि इलाम पुगिन्छ। काठमाण्डौंबाट बिराटनगर र
भद्रपुरसम्म हवाइ सेवा उपलब्ध छन्। यी ठाउंबाट बिर्तामोड हुंदै इलाम
पुग्न सकिन्छ। दार्जिलिङका पर्यटकहरुहरु भने पशुपति नाका हुंदै इलाम आउन
सक्छन्। पशुपतिनगर र दार्जिलिङ २ घण्टा बस यात्राको दुरीको फरक छ।
खानपिन र बास
स्थानीय खानाको स्वाद सबैजसो होटेल र लजहरुमा उपलब्ध छन्। लोकल कुखुराको
मासु यहांको बिषेशता रही आएको छ। कही कही होमस्टेको पनि ब्यवस्था गरिएको
छ। होमस्टेहरुमा सरदर दुइ सय रुपियांमा बास बस्न पाइन्छ।
ग्रहण हेरे पछि
माइपोखरीबाट खोर्सर्ााटार हंुदै ५ घण्टाको हिंडाइ पछि ३७ सय मिटर उचाइमा
रहेको सन्दकपुर पुग्न सकिन्छ। यहांबाट हिमाली दृश्यावलोकन गर्न सकिन्छ।
यहां रहेका बनजंगलमा मृग, डांफे र रेड पाण्डा पाइन्छ। इलामबाट ३ घण्टाको
पदयात्रा पछि सिद्धी थुम्कामा जान सकिन्छ। ११ थरीका गुरांस पाइने
छिनाटापु डांडा पनि इलामबजारबाट ३ घण्टाको पैदल दुरीमा अबस्थित छ।
गीतमा इलाम
यात्राको क्रममा थकाइ बिसाउन इलाम सम्झाउन गीत गुनगुनाउन र साथीहरुलाई
सुनाउन सकिन्छ। क्षण क्षणमा हुस्सु लाग्ने भएकोले नै गायक यम बरालले
इलामलाइ घुम्टो ओढेको देखेका हुन्।
बादलको घुम्टोले इलाम बजार छोपिदा
मैले सबलाई बिर्सर्ेे तिमीलाई सम्भिmदा
एक जना गायकले इलाममा रहेको माइखोलाको किनारा भेटेकी कान्छीसंग नछुटिने
कसम खाएको कुरा यसरी गीत मार्फ ब्यक्त गरेका छन् -
चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बसिन एक्लै रुनलाई
आइतबारे मेलैमा गाको
कान्छीसंगै भेट भाको
माइखोलाको तिरैमा बसी
नछुटिने कसम खाको
इलाम हर्ेन चाहनेहरुको लागि साउन ७ दर्ुलभ अवसर हो। रातो सूर्य मात्र
देखेकाहरुले कालो सूर्यको साक्षात दर्शन गर्न इलाम उपयुक्त स्थान हो।
- रविन राचलिका हरीत समूह भक्तपुर
Read More...

Tuesday, July 7, 2009

0 कूटनीतिमा विश्वसनीयता गुमाउ“दा ...

-दीपक गजुरेल--
काठमाडौँमा सरकार फेरिना साथ विदेशी पदाधिकारीहरु एक पछि अर्को गर्दै
नेपाल आए । भारतीय विदेश सचिब आएर परराष्ट्र मन्त्री र प्रधानमन्त्री
मात्र होइन, राष्ट्रपति र सेनापति सम्मलाई भेटे । शिवशंकर मेनन फर्केको
एक साता नबित्दै पाकिस्तानी विदेश सचिब सलमान बसिर काठमार्र्डौ आए । उनले
परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई भेटे । तर उनले राष्ट्रपति र
सेनापतिलाई भेटेनन् वा भेट्न पाएनन् ।
नेपालका अन्य छिमेकीको काठमाडौँ भ्रमण र भेटवार्ता प्रति बेखबर नरहेको
चीनले पनि आफ्नो विदेश मन्त्रालयका बरिष्ठ अधिकारीलाई नेपाल पठायो ।
नेपालमा पहिला राजदूत रहिसकेका चाङ क्यूहानको भ्रमणलाई निजी भनिए पनि
उनले हाम्रा उच्च नेता तथा सरकारी पदाधिकारीहरुसंग भेटवार्ता गरेको खबर
र्सार्वजनिक भयो । हाम्रा तीन छिमेकी चीन, भारत र पाकिस्तानका उच्च
अधिकारी भन्दा अलि अघि अमेरिकाका सहायक विदेश मन्त्री रोबर्ट ब्लेकले पनि
काठमाडौँ आएर हाम्रा प्रधानमन्त्री, राष्ट्रपति लगायतसंग वार्ता गरे ।
हाम्रो सर्न्दर्भमा प्रभाव पार्न सक्ने यी मित्र राष्ट्रका आ-आफ्नो
स्वार्थ छन् नेपालमा । अन्तर्रर्ााट्रय शक्ति समीकरणमा आएको परिवर्तन तथा
क्षेत्रीय शक्ति सन्तुलनमा विकशित हुँदै गरेको नयाँ प्रवृतिसंग तालमेल
मिलाएर काम गर्न सक्नु पर्छ हामीले । तर हामी विदेश सम्बन्धमा सन्तुलन
बिगार्दै छौँ । मित्र राष्ट्रका अधिकारीहरुसंगको भेटमा हामीले सामान्य
कूटनीतिक शिष्टाचार समेत अपनाएको देखिन्न । भारत र पाकिस्तानका समान
स्तरका अधिकारी आउँदा गरिएका/गराइएका भेटहरु असमान देखिए । यस्ता
व्यबहारवाट कूटनीतिक सम्बन्धमा नकारात्मक सन्देश जान्छ भन्ने ज्ञान
हाम्रा सत्ताधारीहरुमा भएको पाइएन ।
परराष्ट्र सम्बन्धमा हामीले सन्तुलन मात्र गुमाइराखेका छैनौँ । विगत्
केही समय यता हामीले गरेको व्यवहारका कारण नेपाल राष्ट्र प्रति नै
विश्वसनीयता समेत गुमाउँदै गएका छौँ । शक्तिशाली मित्र राष्ट्रहरुले
हामीलाई विश्वास गर्न छाड्दै गएको कुरा यहाँ आउने ती राष्ट्रहरुका
पदाधिकारीले बोल्ने गरेका कुरावाट, अनि उनीहरुले अपनाएको 'भेटवार्ता' को
शैलीवाट प्रष्ट हुन्छ ।
भारतका अधिकारी आएर 'शान्ति प्रक्रिया निश्कर्षा पुर्‍याउनुस्' भनेर पटक
पटक 'सुझाव' दिन्छन् । आफ्ना समकक्षीलाई मात्र होइन, सरकार प्रमुख,
राष्ट्र प्रमुख मात्रले नपुगेर प्रधान सेनापतिलाई समेत भेटेर उनीहरु यही
सुझाव दोहोर्‍याउँछन् ।
हाम्रो अर्को छिमेकी चीनले पनि त्यस्तै शैली अपनाएको छ । नेपाली भूमिवाट
चीन विरुद्ध कुनै गतिविधि हुन नपाओस् भनेर चीनियाँ अधिकारीहरु पटक-पटक
आग्रह गरिराखेका छन् । आफ्ना समकक्षी समक्ष मात्र होइन भएसम्मका उच्च
पदाधिकारी समक्ष बेइजिङ्गले यस्तो अनुरोध गरिराखेको छ । परराष्ट्र
मन्त्रीलाई मात्र भनेर नहुने देखेर होला, चीनले प्रधानमन्त्री लगायतलाई
भन्ने गरेको छ, चीन विरुद्ध नेपाली भूमिवाट केही हुन नदिनोस् भनेर ।
कूटनीतिमा कुनै गम्भीर विषय एक पटक निश्चित तहमा भने पछि फेरि फेरि
दोहोर्‍याइराख्नु भनेको विश्वास नहुनु हो । र यही अविश्वासको वातावरण
हामीले सिर्जना गरेका छौँ ।
नेपाली भूमिवाट चीन विरुद्ध कुनै पनि प्रकारको गतिविधि हुन दिइने छैन
भनेर हाम्रा सत्ताधारीहरु भेटे सम्मको मौकामा भाषण गर्छन् । तर व्यवहारमा
त्यो 'प्रतिवद्धता' कार्यान्वयन भैराखेको छैन । दलाई लामा तिब्बतवाट
भागेर भारत गए देखिका वर्षरुमा कहिल्यै नभएको, प्रिm-तिब्बतको पक्षमा, गत
वर्षनारा-जुलुस भयो काठमाडौँका सडकहरुमा । चीनले यस्ता गतिविधिलाई गम्भीर
रुपमा लिएको छ भन्ने कुरा बेइजिङ्गले पटक-पटक गरेको 'आग्रह'वाट प्रष्ट
हुन्छ ।
हाम्रो बचन र कर्मको ठेगान छैन भन्ने 'रहश्य' चीनियाँहरुले अब चाहिँ
प्रष्टै बुझे जस्तो छ । विगत् वर्षकाठमाडौँका सडकहरुमा मात्र सिमित रहेको
'प|mी-तिब्बत अभियान' यस पाला त चीनियाँ सीमा नजिकै पुर्‍याइयो/पुर्‍याउन
दिइयो । काठमाडौँवाट बस रिजर्भ गरेर केही तिब्बती 'अभियानकर्ता' कोदारी
सीमाको केही किलोमिटर वर सम्म पुगेको खबर आयो केही दिन अघि । नेपाल
प्रहरीले भेट्दा उनीहरुका साथमा चीन विरोधी सामग्री समेत फेला परेको
समाचारहरु र्सार्वजनिक भए । गत वर्षदेखि काठमाडौँमा हुने गरेको चीन
विरोधी यस्ता गतिविधि अब अझ अगाडि बढेर चीनको सीमा नजिकै पुगेको छ ।
यहिँ नेर स्थिति गम्भीर देखिन्छ । तातोपानी नाका नजिकैवाट चीन
विरोधीहरुलाई प्रहरीले फर्काएको केही दिनमै बेइजिङ्गवाट उच्च अधिकारी
काठमाडौँ आए । र फेरि त्यही 'आग्रह' दोहोर्‍याए, हाम्री परराष्ट्र
मन्त्री समक्ष । कोदारी सीमा नजिक सम्म तिब्बती पृथकतावादीहरु पुग्नु र
लगत्तै चीनियाँ उच्च अधिकारी काठमाडौँ आएर चीन विरोधी गतिविधि हुन
नदिनोस् भनेर पुनः अनुरोध गर्नु भनेको कूटनीतिक भाषामा 'अब अति भयो'
भन्नु हो । चीनले अब अति भयो भन्नुको अर्थ 'अब म सहन्न, कठोर कदम चाल्छु'
भन्ने चेतावनी हो । र यो चेतावनी नेपाललाई दिए जस्तो गरेर परोक्ष रुपमा
अन्यत्र नै ठोकिने गरी आएको छ, यस पाली । चीन विरुद्ध तिब्बतमा बितण्डा
मच्चाउने तथा त्यसलाई सघाउनेहरु प्रति चीनको यसपल्टको चेतावनी आएको
देखिन्छ । चीनको राष्ट्रिय सुरक्षाको प्रश्नसंग जोडिएको यस्तो चेतावनीको
अर्थ वा परिणाम के हुन सक्छ भन्ने ज्ञान, विगत्को अध्ययन हुनेहरुलाई
राम्रोसंग हुनु पर्छ । त्यस्तो संभावित परिणामको धक्का नेपालले भयावह
रुपमा सहनु पर्ने अवश्यम्भावी छ, र त्यस्तो धक्का बेहोर्न सक्ने क्षमता
हामीमा लगभग शून्य छ । प्रष्ट छ, चीनले दवाव बढाउँदै लगेको छ, किनभने
बेइजिङ्ग आफ्नो राष्ट्रिय सुरक्षा प्रति सजग र र्सतर्क छ ।
यति बेलै पाकिस्तानवाट नेपाललाई नयाँ खालको प्रस्ताव आएको कुरा केही
अखबारले र्सार्वजनिक गरेका छन् । 'हामीले चीनसंग घनिष्ट सम्बन्ध राखेर
राम्रो फाइदा लिएका छौँ, नेपालले पनि चीनसंग अझ गहिरो सम्बन्ध बिस्तार
गर्नु पर्छ' भन्ने सुझाव भर्खरै नेपाल आएर फर्केका पाकिस्तानी विदेश
सचिबले हाम्रा अधिकारीहरुलाई दिएको जानकारी आएको छ ।
'चीन-नेपाल-पाकिस्तान संलग्न एउटा गठबन्धन निर्माण गरी दक्षिण एशियामा
भारतको प्रभूत्वलाई चुनौति दिने' सम्मको प्रस्ताब पाकिस्तानवाट आएको
जानकारी अनौपचारिक रुपमा आएको छ, केही स्थापित नेपाली सञ्चारकर्मी मार्फत
। अखबारमा आएको यस्तो समाचारको खण्डन सम्बन्धित पक्षहरुवाट आएको छैन ।
यदि त्यस्तो प्रस्ताव आएको हो भने नेपाल अत्यन्तै गम्भीर स्थितिमा पुगेको
छ भनेर बुझ्नु पर्छ । र यो गम्भीर तथा संवेदनशील घडीमा हाम्रो कूटनीति
सञ्चालन अत्यन्त सुझबुझ र र्सतर्कताका साथ गरिनु पर्छ । होइन भने हामी
भयङ्कर दूरुह भड्खालोमा पर्न सक्छौँ ।
तर बिडम्बना नै भन्नु पर्छ, हाम्रा सत्ताधारीहरुमा त्यो गाम्भीर्‍य
नदेखिएको मात्र होइन, कूटनीति सञ्चालनमा केटाकेटी खेले झैँ गर्दैछौँ हामी
। निराश तुल्याउने एउटा उदाहरण ः नेपाल भ्रमणमा रहेका चीनका अधिकारीले
नेपाली भूमिवाट चीन विरोधी काम हुन नदिनोस् भनी आग्रह गर्दा हाम्री
परराष्ट्र मन्त्रीले 'त्यो ... के रे ... चीन विरुद्ध ... त्यो हुन
दिन्नौँ ...' भनेको टेलिभिजन प्रशारणमा सुनियो/देखियो । कूटनीति जस्तो
संवेदनशील विषयमा एउटा सामान्य र चलन चल्तीको वाक्य समेत उच्चारण गर्न
नसक्ने परराष्ट्र मन्त्री हामी नेपालीले पाएका छौँ । यो स्तरको क्षमता र
ज्ञानले यस बेलाको परराष्ट्र सम्बन्धको गम्भीर, जटिल अनि संवेदनशील
स्थितिलाई कसरी सम्हाल्ने हो -
Read More...

Monday, July 6, 2009

0 कानुनतः मृत्युदण्डको सजाँय हुनै पर्ने भयो

-सरोजदिलु विश्वकर्मा-
मैले मृत्युदण्डको पक्षमा धेरैवटा फोरमहरूमा बोल्दा सहकर्मीहरूका मुख
रातापीरा र अमिला नभएका होईनन्। केही पत्रपत्रिकामासमेत मृत्युदण्डको
कुरा उठाउनेमाथि कटाक्ष गरिएकै हो। यद्यपि, म फेरिपनि ठोकुवाकासाथ भन्छु-
हाम्रो कानुनमा मृत्युदण्डको ब्यवस्था नभएसम्म यो मुलुकमा उमा सिंह,
ख्याती श्रेष्ठ, रामहरी, प्रचण्ड थैव, रामेश्वरहरूको हत्या भईरहनेछ।
अराजकता, दण्हीनता र वर्ेइमानीले प्रशय पाईरहने छ, जस्लेगर्दा यो मुलुक
कहिलेपनि अग्रगमनतर्फउन्मुख हुनसक्दैन।
हामी विरोधका वेला 'फलानोलाई फाँसी दे' भन्न सक्छौं, तर आआफ्नो धन्दामा
छिर्नासाथ मानवअधिकारको खोल ओड्छौं। त्यसैले, न मानवअधिकारकै रक्षा हुन्छ
न अपराधीले सजाय पाउँछ। अतः यहाँ किन मृत्युको ब्यवस्था नहुने --
मदन-आश्रीतदेखि मैना सुनार, उमा सिंह र ख्याती श्रेष्ठका हत्यारा हुन् या
वैगम खातुनहरूलाई दाईजोको निहुँमा जिउँदै जलाउनेहरूलाई सुरक्षाकासाथ किन
पालिरहने -- अतः कसैले नागरिकको बाच्ने अधिकार खोस्छ भने उस्को यो
संसारमा बाच्ने कुनै हक छैन। त्यसैले यस्ता अपराधीहरूलाई मृत्युदण्ड
मात्र होईन, पीडितलाई क्षतीपर्ूर्ति भराइ तिनको अपराध हेरेर सुस्तरी
ब्लेड्ले चिर्दै र त्यसमा नुनचुक लगाउदैं तड्पाई-तड्पाई प्राणहरण
गर्नेदेखि रातभर चौवाटामा उभिण्डो झुण्ड्याएर विहान भाला हानेर
मार्नेसम्मको सजायको आवश्यकता भईसकेकेा छ। त्यसपछि अपराधीको च्याप्टर
खलास्। होईन भने यहाँ कसैले कसैलाई टर्ेर्नेवाला छैन, वरू जतिसक्दो यो
मुलुकलाई लुटौं, आफ्नै लागि मात्र जम्मा गरौं र खाऔं अनि सकिएपछि लात्त
मारेर विदेश फड्को मारौं भन्ने अवसरवादी भावनाको विकास भईरहन्छ। अथवा
सजाय पाएकोलाई राजनीतिक संरक्षण हुँदा वकिलहरूको धन्दा मात्र फष्टाउँदछ।
यसो भईरहुन्जेलसम्म वर्गीय, जातीय, क्षेत्रीय तथा लिङ्गीय हिंसाले स्थान
पाईरहन्छ र यिनैका नाममा विदेशी चलखेल भई राज्यलाई कमजोर पारीरहन्छ भने
अपराधीहरूले वलिया हुने मौका पाईरहन्छन्। देशमा भ्रष्टचार, अराजकता,
दण्डहिनता र अस्थिरता र्छाईरहने छ। सक्नेले ओगटिरहने छन्, नसक्नेले
हेरिरहने छन् र त्यहीँनेर हत्या, हिंसा, अपराध, लुटपाट्, व्रम्हलुट् र
वलात्कारले आश्रय पाईरहनेछन्। विमला गोलेजस्ता अपराधीहरू फेरिपनि
फूलमालासहित पुरस्कृत भईरहने
छन्।
हामी अन्तर्रर्ाा्रकै उदाहरण हेरौं- मानवअधिकारको सवैभन्दा ठूलो ठेक्का
लिएको अमेरीकाको कानूनका केही प्रावधानहरूमासमेत मृत्युदण्डको ब्यवस्था
गरिएको छ। अमेरीका दिनभरी नागरिकको बाँच्न पाउने अधिकारको कुरा गर्छ,
रातभरी आफ्ना वम र वारूदले अरू देशका जनताका गिद्धि छ्याल्लब्याल्ल पार्न
संकोच मान्दैन अथवा मुसरफ, जिग्मेसिग्मे र जुन्ताहरूलाई जोगाउँदै
मिलसोभिक र सद्दाम हुसैनहरूलाई मृत्युदण्डको आदेश गर्छ। मुगावे र दलाई
लामाहरूलाई काखमा राखेर अहमद् जिनेदिन् र उत्तर कोरियालीको घाँटीमा पासो
थापीरहेकेा छ। छिमेकी मित्र चाईना पनि कम्युनिष्ट शासित मुलुक हो, खाडी
मुलुकमा पनि यस्तै कडा कानुन छ, जहाँ मृत्युदण्डको ब्यवस्था भएकैले
अराजकताले ठाउं पाउँदैन। सरकारले काम गर्ने उचित वातावरण पाएको छ र
त्यहीँ विकासको गतिले फड्को मारीरहेको छ। अर्को छिमेकी भारतकै कुरा गरौं-
प्रयोगमा नदेखिए पनि त्यहाँको कानूनमा मृत्यूदण्डको ब्यवस्था यथावत् छ।
त्यसैले यी मुलुकको शासन ब्यवस्थाले स्थायित्व पाई द्रुतकर विकासको दिशा
लिईरहेका छन्।
तर कोही मृत्यूदण्डलाई हरिया डलरभित्रको मानवअधिकारवादी चक्षुले
हर्ेर्दै नाईनास्ती गर्दैछन्। यस्तो वकवास गरिरहँदा मर्ने मान्छेहरूको
टाउको गन्ने धन्दा त फस्टाउँदो रहेछ तर एउटाको मृत्युदण्डको अन्त्यले
हजारौंको मृत्युदण्ड रोकिएको छैन। अथवा एउटा अपराधीलाई सुरक्षा गर्दा
दिनदिनै मरिरहने सयौं र्सवसाधारण नागरिकलाई बचाउन सकिएको छैन। यद्यपि,
केही राजनीतिज्ञहरूले मृत्युदण्डलाई वाईयात हो भन्दै हत्या र हिंसाको
रगताम्य दहमा पौडिदैं उस्का मतदाता र कार्यकर्ताहरूलाई आफ्नो खुराकको
हिलेमाछा बनाईरहेका छन्। सरीफ र गरीव तथा निहत्था जनताको टाउका गनेर
भित्रिने सोसल क्यासीनोको पृष्ठभूमिबाट आएका ब्यक्तिहरू र्सवसाधारणलाई
आआफ्नो जजमान् तुल्याई तिनलाई दिनदिनै स्वाहा पार्ने शान्तिको जाप
लगाउँदै छन् र अन्तर्रर्ााट्रय सन्धि-सम्झौतालाई ढाल बनाई यस परिणाममुखि
सजायलाई नकार्दैछन्।
तर मुलुकै सर्न्दर्भमा हामी हर्ेनसक्छौं- मृत्युदण्डको प्रावधान काटिंदा
मल्लिक आयोगका दोषीहरू उम्किए। विश्वमै सर्वोत्कृष्ठ मानिएको २०४७ को
संविधानको आधारमा राजनीतिक वितण्डता, खिचातानी, भ्रष्टचार र खुलेआम
वर्ेइमानीले ठूलै स्थान लियो र १६ वर्षम्म राजनीतिक वेश्यावृती भईरह्यो।
अन्तत्वगोत्वा जनआन्दोलनका दोषीहरू बौरिए। प्रतिगमन आयो। अहिले रायमाझी
आयोगका दोषीहरूलेसमेत भकाभक सञ्जीवनी पाउन थालेका छन् र कुनैदिन फेरिपनि
उनीहरूकै पल्ला भारी हुने निश्चित छ।
अतः केही चरम अतिवादहरूका लागि अवको संविधान र कानुनले मृत्युदण्डको
ब्यवस्था गर्नै पर्दछ। यसका अतिरिक्त गम्भिर भ्रष्टचार गरेमा, जनमामाथि
छल गरी राष्ट्र डुवाउने वर्ेइमानी गरेमा, अवस्था हेरेर तिनलाई जन्मकैद र
र्सवस्वहरणसम्मको ब्यवस्था हुनर्ुपर्दछ। वरू मृत्युदण्डजस्तो गम्भिर
निर्णय सर्वोच्चले मात्र निर्णय दिने ब्यवस्था होस्। सोमा बरू
राष्ट्रप्रमुखको संयोजकत्वमा प्रधानमन्त्री, प्रधानन्यायधिस, प्रतिपक्ष
दलका नेता रहेकेा समितिले सजाय न्यूनिकरण गर्ने अथवा मृत्युदण्ड खारेज
गर्ने प्रावधान राखियोस्।
यस मुताविक मृत्युदण्डको सजाय सुनाईएको ब्यक्तिउपर ऊ आफैंले अथवा उसका
आफन्तले निवेदन दिएमा सो समितिले सुनुवाई गर्नु पर्दछ भने पीडित पक्षले
चित्त बुझाएमा पीडकको सजाय माफ अथवा न्युन हुने ब्यवस्थासमेत
हुनर्ुपर्दछ। यसका अतिरिक्त न्याय सम्पादनसम्वन्धी एक निर्देशिका तुरून्त
बनाउनु पर्ने संवैधानिक धाराकोसमेतको ब्यवस्था गर्नुपर्दछ, जसअनुसार
मुद्दाहरूलाई स्तरीकरण गरी निश्चित फैसला अवधि तोकी पीडितले यथोचित समयमा
न्याय पाउन सकुन्।
Read More...

Wednesday, July 1, 2009

0 भ्रष्टाचारीहरू बढ्दैछन्, भ्रष्टाचारको सिढी चढ्दैछन्

-चन्दन रौनियार
वीरगंज शहर बितेको दिनहरूमा जसरी अन्य कामले गर्दा जति चर्चित भएको थियो
। हाल आएर त्यतिकै नराम्रा कार्यहरुले गर्दा सबैतिर चर्चा पाइरहेको छ ।
आर्थिक नगरी, व्यापारिक नगरी, शिक्षित नगरी, एफएम नगरी लगायत अन्य कारणले
गर्दा हाम्रँे सहर जसरी र्सवव्यापी रूपमा चर्चामा रहेको थियो । त्यसैगरी
अचेल भ्रष्टाचारी नगरी पनि भनेर चर्चा बटुल्दै छ । हाम्रँे वीरगंजमा
भ्रष्टाचार गर्नेहरूको बाढी आएको छ । यत्रतत्र भ्रष्टाचार हुन थालेको छ र
यस्ता कार्यहरू प्रायः गरी सरकारी संघसंस्थाहरूमा काम गर्ने पदाधिकारी र
कर्मचारीबाटै हुने गरेका छन् । उसै पनि सरकारी कार्यालयमा भ्रष्टाचार
हुने गरेको कुरा कुनै नौलो होइन तर पनि बितेका दिनहरूभन्दा अहिले आएर यो
कार्यले निकै बढावा पाइरहेको छ ।
दैनिक रूपमा कुनै न कुनै कार्यालयमा यसरी भ्रष्टाचार गर्ने गरिएको
यथार्थ हामीमाझ छ । सरकारी कर्मचारीहरूप्रति जनताको विश्वास दिनानुदिन
घट्दो छ भ्रष्टाचारको
कारण ।
यसरी भ्रष्टाचार गर्नेहरुमा सरकारी कार्यालयमा टेबुल, कुसीमा बसी काम
गर्ने कर्मचारीहरू मात्रै छैनन् जनतालाई शान्ति सुरक्ष्ँा प्रदान गर्नको
निमित्त खटेका प्रहरीहरू पनि उत्तिकै मात्रामा सक्रिय छन् । प्रहरीको
मुख्य दायित्व भनेको अपराधिक गतिविधि संचालन हुन नदिनु, समाजमा कलहको
वातावरण सिर्जना हुन नदिनु, जनताको सुरक्ष्ँा गर्नु, समाज र समग्र
राष्ट्रलाई साम्य तथा सभ्य बनाइ राख्नु हो । तर प्रहरीहरू यस्तो
कार्यप्रति इमान्दार तथा गम्भीर नभएको र्छल· पार्छ उनीहरूकै गतिविधि तथा
क्रियाकलापले समाजमा शान्ति स्थापना गर्नुभन्दा पनि भ्रष्टाचारको पैसा
कमाउनेतर्फनै ध्यान केन्द्रीत गरेको पाइन्छ । पत्रपत्रिकामा छयाप्छयाप्ती
प्रहरीले भ्रष्टाचार गरेको तात्तातो खबर पढ्न पाइन्छ । प्रहरीले
भ्रष्टाचार गरेकै कारण कारबाही तथा जागिरबाटै समेत हात धुनु परेको यथार्थ
देखेका छौं हामीले । यदी प्रहरीले दैनिक रूपमा भ्रष्टाचार गरेको दृश्य
आप\mनै आ"खाले देख्नु छ भने जोकोहीले पनि भन्सार एरियामा गएर देख्न
सकिन्छ ।
अचेल, गम्भीरतापर्ूवक कुरा गर्ने हो भने हरेक क्षेत्रलाई सताएको रोग हो-
भ्रष्टाचार । कुन्नी कहा"बाट हाम्रो नेपालजस्तो देशमा पसेको छ यो रोग ।
सबैलाई ग्रस्त पारेको छ यस्ले । सबैले मन, मस्तिष्कमा आप\mनो घरजम बसाउन
थालेको छ यो भ्रष्टाचार भन्ने बजियाले । भ्रष्टाचार भन्ने रोग निकै भयानक
हु"दो रहेछ नत्र भने यसले कसैको जागिर नै कसरी खुस्काइ दिन्थ्यो त -
अब कुरा गरौं केही दिन अगाडिको, ँप्रहरीले लाखौंको रकम असूल गरी
तस्करलाई छाडे, भ्रष्ट प्रहरीको जागिर चट, घुसखोरी कर्मचारी कारबाहीमा
परे, गाविस सचिवद्वारा रकम हिनामिना, घुस लिंदै गर्दा पक्राउ, ट्राफिक
प्रहरी रकम असूल्न व्यस्त, वन कर्मचारीको मिलोमतोमा काठको तस्करी' जस्ता
अनेक खालका शर्ीष्ाकमा पत्रिकाहरूमा समाचार पढ्न पाइएको छ । के यो
शर्ीष्ाक भ्रष्टाचारको जिउ"दो प्रमाण होइन - सा"च्चै एउटा कुरा त लेख्नै
बिर्सर्ेेमाथि जति पनि शर्ीष्ाकहरू छन् त्यो कृतिम चाहिं होइन सबै
पत्रपत्रिकाहरूमा छापिएका हुन् । कुनै न कुनै पत्रिकामा प्रायः हरेक दिन
यस्ता खालका भ्रष्टाचारको खबरहरू छापिने गरेका छन् । हामीलाई यस्ता
खबरहरू पढ्दा-पढ्दा वाकवाकी लागीसकेको छ तर यस्तो कुनियत बोकी भ्रष्टाचार
गर्नेहरूलाई कुनै प्रकारको असर परेको छैन । आप\mनो कामको पर्दाफास
हु"दासम्म पनि रत्तिभर लाज नमानी एकोहोरो तल्लिन छन् भ्रष्टयुक्त कार्य
गर्न, बुझेर पनि बुझ पचाइरहेका छन्, भ्रष्टाचारलाई बढाइरहेका छन् ।
म त के कुरालाई लिएर अचम्ममा पर्छर्ुुने छापा तथा विद्युतीय
संचारमाध्यमहरूले भ्रष्टाचार गरेको पोल खोलिरहेको समयमा त यत्तिका
मात्रामा भ्रष्टाचार भइरहेको छ भने यदि संचारमाध्यम नभएको भए कतिसम्म
भ्रष्टाचार हुने थियो - संचार क्ष्ँेत्रलाई देशको चौथो अंग तथा समाजको
तेश्रो आ"खा भन्ने गरिन्छ । हाम्रँे तेश्रो आ"खा सक्रिय तथा दुरूस्त
रहेकै कारण हामी त्यस्ता भ्रष्टाचारलाई देख्न पाइरहेका छौं । यदि यो
नभएको भए यस्ता कुरा बाहिर आउ"थ्यो जस्तो लाग्दैन मलाई । भ्रष्ट कार्यलाई
निरूत्साहित गर्ने कार्यमा अतुलनीय भूमिका खेल्दैछ संचारक्षेत्र तथा
संचारकर्मीले । पत्रकार महोदयकै कृपाले हामी भ्रष्टाचार भएको स्थल तथा
भ्रष्टाचारी व्यक्ति, संस्थाको बारेमा जान्न पाइरहेका छौं । यदि उहा"हरू
नभएको भए समाज तथा देशको हालत कस्तो हुने थियो - सोच्नुस त ।
वास्तवमा भ्रष्टाचार गर्नु भनेको पाप त हो नै, यो गैरकानूनी पनि हो ।
कोही भ्रष्टाचार गरेर धनि त बन्ला तर त्यो धन टिकाउ हु"दैन । कहिले न
कहिले, कुनै न कुनै कारणवश त्यो नष्ट भएरै जान्छ र भ्रष्टाचार गरी कमाएको
धन दैव्रि्रकोप वा अन्य घटनाबाट नष्ट भएको पनि हामीले बेलाबखत सुन्ने र
देख्ने गरेका छौं । तर्सथ मेहनत गरी कमाऔं, कसैलाई दुःख दिइ, अन्याय गरी
धन कमाउने सोचलाई विलकुलै त्यागौं । यदि देशमा भ्रष्टाचारीको संख्या यसरी
नै बढ्दै गएमा सुन्दर नेपाल हैन कि भ्रष्टाचारी नेपाल भन्न पनि बेर
लगाउ"दैनन् विदेशीहरूले । -वीरगंज
Read More...