Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, July 12, 2009

0 सूर्य ग्रहणमा इलाम यात्रा

इलामे सहर चियाबारी राम्रो त्यही पर्‍यो घर हाम्रो
कस्की हौ छोरी पातली मोरी लैजाने आंट हाम्रो
यस बर्षइलाममा जुगमा नै नभएको घटना हुन लागेको छ। पर्यटकीय महत्व बोकेको
इलाममा नयां किसिमका पर्यटक भित्र्याउन त्यहांका पर्यटन ब्यवसायीहरु
तम्तयार बसेका छन्। धेरैले इलाम भने बित्तिकै गीतमा भने झै चियाबारी बगान
हर्ेन जाने होला भन्ने सोच्ने गरेका छन्। तर साउनमा हुन लागेको सूर्य
ग्रहणले भने इलाममा बेग्लै चहलपहल हुने भएको छ। इलाम फिक्कलबाट ३ मिनेट
भन्दा बढी समयसम्म सूर्यमा कालो दाग लागेको देख्न पाइने भएकोले त्यहांका
पर्यटन ब्यवसायीहरुले देश-बिदेशका पर्यटकहरु ल्याउन प्रचारप्रसारमा
जुटेका छन्।
इलामको फिक्कल क्याम्पसको संयोजकत्वमा काठमाण्डौंबाट ज्योतिष,
खगोलविज्ञको टोली त्यस दिनको ग्रहण अवलोकन गर्न फिक्कल जाने भएका छन्।
एकाइसौं शताब्दीको सबैभन्दा लामो पर्ूण्ा सूर्य ग्रहण आगामी साउन २२ गते
लाग्ने भएको छ। साउन महिनाको औशीका दिनमा सूर्य ग्रहण हुने गरेको पाइन्छ।
करीब साढे छ मीनेटसम्म सूर्यमा कालो दाग लागेको देख्न पाइनेछ। प्रशान्त
महासागरको समुद्री तटमा भने छ मिनेट ४३ सेकेण्डसम्म सूर्य कालो देखिनेछ।
चन्द्रमाको छांया सूर्यमा परेपछि पृथ्बीबाट सूर्य हेदा कालो देखिनुलाई
सूर्य ग्रहण भन्ने गरिएको छ। भारतबाट सुरु हुने सूर्य ग्रहण नेपाल,
बंगालादेश, भुटान र चीनमा अवलोकन गर्न सकिनेछ। आंशिक सूर्य ग्रहण ने
पूर्वी एसिया र इन्डोनेसियामा पनि देखिनेछ।
यस बर्षग्रहण हेन इच्छा राख्ने इलामका मानिसहरु भाग्यमानी हुने भएका
छन्। त्यहांबाट ३ मिनेट ८ सेकेण्डसम्म सूर्यमा कालो दाग लागेको देख्न
पाइनेछ। बिहानको ५ बजेर ४५ मिनेटमा त्यहां ग्रहण सुरु हुनेछ। त्यसै गरी
बिराटनगरमा ३ मिनेट सम्म पूरा ग्रहण लाग्नेछ। त्यहां पनि बिहानको ५ बजेर
४५ मिनेटको हाराहारी मै ग्रहण लाग्नेछ। जनकपुरमा भने २५ सेकेण्डसम्म पूरा
ग्रहण लाग्नेछ।
देशका अन्य भागबाट भने पुरा ग्रहण लागेको देख्न पाइने छैन। राजधानी
उपत्यकामा बिहान ५ बजेर ४६ मिनेटमा सुरु हुने आंशिक ग्रहण बिहान ७ बजेर
४५ मिनेट सम्म लाग्नेछ। भैरहवामा बिहान ५ बजेर ४६ मिनेट देखि बिहान ७
बजेर ४३ मिनेट सम्म ग्रहण लाग्नेछ। नेपालगन्जमा बिहान ५ बजेर ४७ मिनेट
जांदा सुरु हुने ग्रहण बिहान ७ बजेर ४२ मिनेटमा हट्नेछ। महेन्द्रनगरमा
भने बिहान ५ बजेर ४८ मिनेटमा सुरु हुने ग्रहण ७ बजेर ४१ मिनेटसम्म
लाग्नेछ।
इलामको बारेमा--
दार्जिलिङसंग जोडिएको इलाम जिल्लालाइ नेपाल सरकारले सूचीकृत गरेको हिल
स्टेसनमा समाबेश गरिएको छ। त्यसैले इलाम डांडाकांडा हर्ेन चाहनेहरुको
लागि उपयुक्त गन्तब्य हो। यो चियाबगानको लागि निकै प्रख्यात पनि रहदै
आएको छ। बाह्रै महिना हरियाली देखिनु यहांको बिषेशता हो।
समुद्री सतह भन्द १ हजार सात मिटरको उचाइमा रहेको अन्तु डांडा यहांको
महत्वपर्ूण्ा पर्यटकीय गन्तब्य हो। यहांबाट सगरमाथा र कञ्चनजंघा हिमाल
र्छलङगै देख्न सकिन्छ। सूर्योदय र सर्ूयास्त हर्ेन आउने मानिसहरुको यहां
बाक्लो उपस्थिति हुने गरेको छ। सूर्य ग्रहणको दिनमा भने त्यहां अझ बढी
मानिसहरु उपस्थित हुने भएका छन्। इलामको छिपीटारबाट अन्तु डांडा पुग्न ३
घण्टा पैदल हिंड्नु पर्दछ। दर्ुइ हजार ५ सय मिटर उचाइमा रहेको माइपोखरी
समेत पनि ग्रहण हर्ेन उपयुक्त गन्तब्य हो। यो ठाउं इलाम बजारबाट १४
किलोमिटर उतरमा अबस्थित छ। हालैमात्र हरिशयनी एकादशीका दिन यहां ठूलो
मेला लागेको थियो। बाटैमा पर्ने चुरघण्टी, बखौटे, हासिरे भञ्ज्याङ र
धारापानी नामका गाउंहरु निकै रमणीय छन्। ग्रहणको अघिल्लो रात यहां
माइपोखरी पुग्न सकेमा ग्रहण हुन लागेको सूर्य हर्ेर्ने अवसर मिल्छ।
इलाममा साना र मझौला स्तर होटेल र लजहरु सञ्चालनमा रहेका छन्। माइपोखरी
वा अन्तु डांडामा क्याम्प फायर गरी सूर्योदयको स्वागत गरेर सूर्य ग्रहणको
मज्जा लिन चाहनेहरुको लागि स्थानीयबासीहरुले बासको ब्यवस्था मिलाएका छन्।
कसरी जाने -
काठमाण्डौंको गोङगबु बसपार्कबाट इलामसम्म जाने बसहरु पाइन्छ। यहांबाट
सात किलोमिटर यात्रा गरेपछि इलाम पुगिन्छ। काठमाण्डौंबाट बिराटनगर र
भद्रपुरसम्म हवाइ सेवा उपलब्ध छन्। यी ठाउंबाट बिर्तामोड हुंदै इलाम
पुग्न सकिन्छ। दार्जिलिङका पर्यटकहरुहरु भने पशुपति नाका हुंदै इलाम आउन
सक्छन्। पशुपतिनगर र दार्जिलिङ २ घण्टा बस यात्राको दुरीको फरक छ।
खानपिन र बास
स्थानीय खानाको स्वाद सबैजसो होटेल र लजहरुमा उपलब्ध छन्। लोकल कुखुराको
मासु यहांको बिषेशता रही आएको छ। कही कही होमस्टेको पनि ब्यवस्था गरिएको
छ। होमस्टेहरुमा सरदर दुइ सय रुपियांमा बास बस्न पाइन्छ।
ग्रहण हेरे पछि
माइपोखरीबाट खोर्सर्ााटार हंुदै ५ घण्टाको हिंडाइ पछि ३७ सय मिटर उचाइमा
रहेको सन्दकपुर पुग्न सकिन्छ। यहांबाट हिमाली दृश्यावलोकन गर्न सकिन्छ।
यहां रहेका बनजंगलमा मृग, डांफे र रेड पाण्डा पाइन्छ। इलामबाट ३ घण्टाको
पदयात्रा पछि सिद्धी थुम्कामा जान सकिन्छ। ११ थरीका गुरांस पाइने
छिनाटापु डांडा पनि इलामबजारबाट ३ घण्टाको पैदल दुरीमा अबस्थित छ।
गीतमा इलाम
यात्राको क्रममा थकाइ बिसाउन इलाम सम्झाउन गीत गुनगुनाउन र साथीहरुलाई
सुनाउन सकिन्छ। क्षण क्षणमा हुस्सु लाग्ने भएकोले नै गायक यम बरालले
इलामलाइ घुम्टो ओढेको देखेका हुन्।
बादलको घुम्टोले इलाम बजार छोपिदा
मैले सबलाई बिर्सर्ेे तिमीलाई सम्भिmदा
एक जना गायकले इलाममा रहेको माइखोलाको किनारा भेटेकी कान्छीसंग नछुटिने
कसम खाएको कुरा यसरी गीत मार्फ ब्यक्त गरेका छन् -
चरी उड्यो बादल छुनलाई
म बसेको रेलै गुड्यो
कान्छी बसिन एक्लै रुनलाई
आइतबारे मेलैमा गाको
कान्छीसंगै भेट भाको
माइखोलाको तिरैमा बसी
नछुटिने कसम खाको
इलाम हर्ेन चाहनेहरुको लागि साउन ७ दर्ुलभ अवसर हो। रातो सूर्य मात्र
देखेकाहरुले कालो सूर्यको साक्षात दर्शन गर्न इलाम उपयुक्त स्थान हो।
- रविन राचलिका हरीत समूह भक्तपुर


0 comments:

Feeds Comments