Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, July 23, 2009

0 जातीय नारा सीआईएको रणनीति हो

-जोह्न केन्नेथ क्याउस् -

ग्यालो थुन्डुप जो दलाई लामाका दाजु हुन्् उनले मसँग यो कुरा भने–
'वातचित गर्न पनि संवेदनशील समय हो यो। अमेरिकाले जे गर्दैछ, हाम्रो लागि
होइन उसका लागि गर्दैछ।' उनका महल नयाँ दिल्ली र कालिमपोङमा थिए। उनका
छोरा टेम्पा चाहिँ खवरहरू आदान–प्रदान गर्थे। तिब्बतीयन लडाकूहरूमा ६
हाँगा थिए। थुन्डुप सीआइएलाई पछाडि बसेर पुठ दिन्थे। अझै पनि ती दिनहरू
सम्झँदा हिमालको फेदीमै छु जस्तो भान भइरहेको छ। थुन्डुपले मलाई एउटा
नक्सा ल्याएर दिए। बिहानीको समय थियो, काठमाडौंका वस्तीहरूमा कुुकुर
भुकिरहेका थिए। भारतीय दुतावासका कर्णेलले सेटमा खवर गरे। नेपाली सेनाका
जनरलले तिब्बती अभियानको हाम्रो यात्रामा साथ दिने भनेछन््। मैले भारतीय
कर्णेलको त्यो जानकारीलाई सहजरूपमा लिइनँ। किनकी देशका लागि जस्तोसुकै
भूमिकामा प्रस्तुत हुन् गोर्खाली जाती तयार हुन्छ भन्ने मेरो मान्यता यो
७७ वर्षको उमेरमा पनि यथावत छ। थुन्डुपले ठूलो कुखुरा लिएर आए। उनका धेरै
छापामार साथीहरू सँगै थिए। उनी पनि मजाले मण्डारिन (चिनियाँ) भाषा बोल्दा
रहेछन््। उनी चीनको युद्धकालीन समयको राजधानी नानचिङमा सन् १९४९ मा पढेका
रहेछन््। उनकी चिनियाँ पत्नी र छोरी देशभक्त पुस्ताका रहेको मैले पाएँ,
किनकी सीआईएको पछि लागेर तिब्बत मुक्तिको आन्दोलनमा लाग्नुभन्दा
दार्जिलिङमा बस्ने उनीहरूले व्यवस्था गरिसकेका थिए। हामीले (सीआइएले)
हिमाली क्षेत्रमाथि आँखा गाडेको सन् १९५० को शुरुमैं हो। नेपाल
तिब्बतसहितको क्षेत्रमा युद्ध, लोभ र व्यापारद्वारा कब्जा जमाउन सकिन्न
यसको लागि स्थानीय जातिहरूलाई विभाजित गराउनु पर्छ भन्ने मैले काठमाडौंमा
लेखेको प्रतिवेदन अहिले सम्झन्छु। धन्न हाम्रा (सीआइएका) अधिकृतहरूले
चलाखीपूर्ण तरिकाले राष्ट्रसंघमा १६९ धारा घुसाउन सफल भए। मैले अवकास
प्राप्त जीवनमा आफ्नो युवाकालीन विश्लेषणले विश्वलाई कर्यारप्पै पार्न
आँटेको देखेपछि धेरै रातहरू हर्षका आँसुसँगै बिताएँ। हुन् पनि पूर्वी
युरोपमा त्यही जातीय स्वायत्तताको सूत्र आधा दशकमै सफल भयो र सोभियत
धु्रव ध्वस्त भयो। सन् १९९७ मा ७४ वर्षको उमेरमा म काठमाडौं गएँ। तिब्बती
सम्पर्क केन्द्र खुलेको रहेछ। मेरो तीन दशक अगाडिको जातीय स्वतन्त्रताको
सूत्र नेपाल, तिब्बत र भारतमा प्रयोग भइरहेको रहेछ। मैले के ठानेँ भने जब
हाम्रा अधिकृत(सीआइए)हरूले राष्ट्रसंघमा धारा १६९ लाई सहिजै प्रवेश गराउन
सके, हिमालय पर्वतमालालाई फेयर बैंक (सीआइए मुख्यालयको कोड नाम)ले तताउने
छ। म अब जीवनको उत्तरार्धमा पुगिसेको छु तर पनि मलाई गर्व छ कि हाम्रो
देश(अमेरिका)का कट्टर विरोधी वामपन्थीहरू मेरो (सीआइएको) सूत्र घोकेर
तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन््। मृत्युपछि पनि
प्रभुको माध्यमबाट म तिनीहरूलाई धन्यवाद दिइरहने छु। सीआइएका मेरा
रणनीतिक गुरु मार्क टोनलाई म धन्यवाद नदिइरहन सक्तिन जसले महिला मुक्तिको
नारा तेस्रो विश्वमा राष्ट्रसंघद्वारा घुसाउन लगाए। यो नारा हेरेर नै
मैले हिमालय पर्वत श्रृङ्खलाको फेदीमा बसेर जातीय स्वायत्तताको सूत्र
प्रतिपादन गरेको हुँ। म दावा गर्छु विश्वमा (नेपाललगायत) जातीय मुक्तिको
नारा उठाउने पहिलो व्यक्ति म हुँ। त्यसलाई व्यवहारमा प्रयोग गर्ने मेरो
संस्था (सीआइए)लाई म सधैं धन्यवाद दिइरहनेछु। मैले जवानीमा तिब्बतको
खाममा बसेर बनाएका रणनीतिहरू विफल भए। नेपालका महाराजा पश्चिमी समाजमा
पढेका र युवा रहेको बुझेर मैले बनाएको रणनीति विफल भयो, गोर्खालीलाई
सतहबाट बुझ्न साह्रो रहेको मेरो दोस्रो विश्लेषण रह्यो। मैले लिताङ
गुम्बामा बसेर बनाएका केही दस्तावेज नेपाली सेनाका जनरलले पाएर राजालाई
दिए भन्ने सुनेपछि सीआइए हेडक्वार्टरले सामाजिक अध्ययन गर्न लगायो। मैले
नढाँटी भन्नैपर्छ प्रत्येक ठाउँमा रखैलहरू राखेको थिएँ। म अपरेसनकमाण्डर
भएका कारण मसँग प्रसस्त धन र अधिकार रहन्थ्यो। युनाइटेड मिसन्टु नेपालले
जब नेपाली जनतालाई अरु कुरा नसिकाए पनि गुड मर्निङ र हेल्लो भन्न सिकाएको
देखेपछि नेपालीमात्र होइन हिमालयन क्षेत्रका बासिन्दालाई विकास र
आधुनिकताको नाममा लोभ देखाउने हो भने चीनमाथि सहजै नियन्त्रण गर्न सकिने
बाटो खुल्छ भन्ने मेरो विश्लेषण रह्यो। मेरो जीवनमा सीआइएले हिमालयन
क्षेत्रबाट जति प्रगति गर्योर, सबैमा मेरा सूत्रहरू लागू भएका कारण हो।
सीआइए हेडक्वार्टरले सन् १९५८–५९मा नेपाल–तिब्बत सीमामा ७ लाख पाउण्ड
हतियार झार्योल तर लाभ शून्य पाएको मलाई थाहा थियो। त्यसैले मैले
हेडक्वार्टरसामु आफ्नो कार्यकाल सफलतम्मध्येमा विशेष बनाउन चाहन्थें।
जातजातिलाई प्रयोग गर्ने हो भने चिसो हिमाली क्षेत्रमा ता–तातो सफलता
पाउन सकिन्छ भन्ने मेरो निचोड निकालेको थिएँ जुन म जीवितै छँदा
विश्वव्यापी हुँदै गइरहेको देखिरहेको छु।

(लेखक सीआइएका अवकास प्राप्त अधिकृत हुन््। सन् १९६० को दशकमा उनी
सीआइएको तर्फबाट दलाई लामालाई सशस्त्र सहयोग गर्न नेपालमा कार्यक्षेत्र
बनाई खटिएका थिए।)

साभारः ओर्फान्स अफ द कोल्ड वारः अमेरिका एण्ड द तिबेतन स्ट्रगल फर सर्भाइवल



0 comments:

Feeds Comments