Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, May 2, 2009

0 विश्व प्रेस दिवस

-ऋषि धमला ।
मे ३ तारेख अर्थात् संसारभरका संचारकर्मीहरुका लागि महत्त्वपर्ूण्ा दिन।
अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। विश्व प्रेस स्वतन्त्रता दिवसका
अवसरमा रिपोर्र्टर्स क्लब नेपाल संसारभर प्रेस स्वतन्त्रताका लागि ज्यान
आहुति दिएका सम्पर्ूण्ा शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।
नेपाल अहिले संविधानसभामार्फ नयां संविधानको निर्माण, गणतन्त्रको
संस्थागत विकास, दिगो शान्ति स्थापना र राज्य-पर्ुनर्संरचनाको चरणबाट
गुज्रिरहेको छ। इतिहासको यस संक्रमणकालीन घडीमा नेपाली प्रेसको
महत्वपर्ूण्ा भूमिका रहेको तथ्य निर्विवाद छ। इतिहासको अकाट्य तथ्य के हो
भने नेपालको राजनीतिक परिवर्तनमा प्रेसको भूमिका अग्रणी रहंदै आएको छ। ३०
वर्षो पंचायती कालखण्ड, १२ वर्षो संसदीय कालखण्ड, ज्ञानेन्द्रको तीनवर्षो
निरंकुश कालखण्ड र अहिलेको गणतान्त्रिक कालखण्डमा समेत नेपाली प्रेस
लोकतन्त्र र शान्तिका पक्षमा खडा भएको छ। प्रेसको यस गौरबपर्ूण्ा
भूमिकाप्रति रिपोर्र्टर्स क्लब नेपाल हर्षप्रकट गर्दछ।
आफनो जिम्मेवारी निर्वाहका क्रममा संचारकर्मीहरुले पटक-पटक राज्यको
कोपभाजनको सिकार हुंदै आउनुपरेको छ। रिपोर्र्टर्स क्लब नेपालले पनि
लोकतन्त्र, शान्ति र प्रेस स्वतन्त्रताको पक्ष्ँमा निर्भिकतापर्ूवक खडा
हुने क्रममा पटक-पटक सरकारको प्रहार सहनुपरेको तितो यथार्थ सवैका सामु
र्छलंगै छ। तर, रिपोर्र्टर्स क्लब नेपाल विश्वस्त छ, आउंदा दिनहरुमा पनि
नेपाली प्रेसले विद्यमान सबैखाले चुनौतीको दृढतापर्ूवक सामना गर्नेछ।
नेपाली प्रेसमाथिको आक्रमण अहिले पनि जारी छ। प्रेसलाई हर्ेर्ने शासकीय
दृष्टिमा अझै परिवर्तन आउन सकेको छैन। राज्य संचालनको तहमा बसेकाहरुमा
प्रेसलाई सकेमा आफू अनुकूल उपयोग गर्ने, नसके धाकधम्कीका भरमा तर्सर्ाा र
दबाउन खोज्ने प्रवृत्ति व्याप्त छ। जुन प्रवृत्तिका कारण प्रेस
स्वतन्त्रता अहिले पनि धरापमै छ। कुनै पनि पत्रकार जुनसुकै बेला त्यो
धरापमा पर्नसक्ने खतरा छ। पत्रकार वीरेन्द्र शाह, उमा सिंहदेखि जेपी
जोशीसम्मको हत्या, रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालगायतका
साथीहरुको षड्यन्त्रमुलक गिरफतारी, सञ्चारगृहहरूमा मजदुर आन्दोलनका नाममा
गरिएको आक्रमण, सरकारी सञ्चार माध्यममा सम्पादकीय विषयमाथि नियन्त्रण,
तर्राईका सशस्त्र समूहद्वारा पत्रकारको अपहरण, ज्यान मार्ने धम्की आदि
घटनाहरुबाटै स्पष्ट हुन्छ, नेपाली प्रेसमाथि अझै पनि तिखो तरबार
झुण्डिरहेकै छ। हालै न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट नामक
संस्थाले नेपाललाई पत्रकारका लागि विश्वको पांचौं असुरक्षित स्थान भनी
टिप्पणी गरिसकेको छ।
यस्तो बेला प्रेस स्वतन्त्रताको आवाज बुलन्द गर्दै निडर र निर्भिकताका
साथ आफनो अधिकारको पक्ष्ँमा अडिग रहने चुनौतीपर्ूण्ा दायित्व अहिले पनि
नेपाली प्रेसको कांधमा छ। रिपोर्र्टर्स क्लब नेपाल, लोकतन्त्र, शान्ति र
प्रेस स्वतन्त्रताको पक्ष्ँमा अडिग रहन र त्यसका विरुद्ध कुनै सम्झौता
नगर्न सम्पर्ुण्ा संचारकर्मीहरुलाई हार्दिक आह्वान गर्दछ। साथै, प्रेस
स्वतन्त्रताको सम्मान गर्न, पत्रकारहरुका मागहरु पूरा गर्न, पत्रकारहरुको
सुरक्षा गर्न, प्रेसप्रतिको संकर्ीण्ा सोचमा परिवर्तन ल्याई प्रेससंग
सहकार्य गर्न र नयां संविधान निर्माणमा प्रेसको व्यापक र प्रभावकारी
भूमिकाको कदर गर्न पनि सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछु।


0 comments:

Feeds Comments