Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Tuesday, May 12, 2009

0 बुद्ध र इसा

-भदन्त राहुल कौसल्यायन
बौद्ध धर्म -मत) विश्वको पहिलो प्रचारवादी धर्म -मत) हो। बुद्ध, संघ र
धम्मको शरणागतीबाट निर्वारण -मुक्ति) प्राप्तीको प्रत्याभूति दिने र
आफ्नो मतावलम्बीहरूको संख्या बढाउने प्रयास बौद्ध धर्मले र्सवप्रथम शुरू
गरेको थियो। सम्राट अशोकले बौद्ध मतको प्रचारको लागि बौद्ध भिक्षुहरूलाई
संसार भरी पठाएका थिए। बौद्ध धर्मको व्यापक प्रचार अफगानिस्तान,
श्रीलंका, चीन, जापान, कोरिया, इन्डोनेसिया, थाइलैण्ड, भियतनाम,
कम्बोडिया, बर्मा आदि भूभागसम्म भयो पनि। बौद्ध धर्म(चक्र पर््रवर्तनको
माध्यम धर्म देशना -उपदेश) थियो। सामरिक र आर्थिक समृद्धिद्वारा अथवा
हिंसा वा लोभ(लालचको बौद्ध धर्मको प्रचारका कुनै स्थान थिएन।
गौतम बुद्धको जन्म २५०० वर्क्ष पर्ूव भएको थियो। त्यस्को ५०० वर्क्ष पछि
अर्थात २००० वर्क्ष पहिलर्ेर् इसा मसीहको जन्म भएको थियोर्।र् इसा एक
अर्ध(विक्षप्ित व्यक्ति थिए। तर उनलाई मृत्युदण्ड दिइएको करीब २०० वर्क्ष
पछि कन्सटेन्टाइन भन्ने राजाले उनकै नामबाट क्रिस्चियन नामक धर्मलाई
राज्य धर्मको रूपमा अंगीकार गरेर राजनीतिक र साम्राज्यवारी उद्देश्यले
विश्वभरी आफ्नो मतावलम्बीहरूको संख्या बढाउने र उनीहरूलाई मानसिक गुलाम
बनाउने काम शुरू गरे। विश्वभरी लोभ(लालच दिएर गरीबहरूलाईर् इसाइ मण्डलीमा
सामेल गराउने काम आज पनि भई रहेको छ। अमेरीका, वेलायत, स्केण्डेवीया र
धैरै जसो अन्य यूरोपेली मुलुकहरूलर्ेर् इसाइयतलाई राज्य धर्मको रूपमा
स्वीकार गरेका छन् र त्यस्को प्रचारको लागी हरेक किसिमको हथकण्डा अपनाउने
गर्दछन्। बुद्धको व्यक्तित्व करूणा, मुदिता, कल्याण, शान्ति र अभयले
भरीएको छ। त्यस्को विपरितर् इसा अर्ध विक्षप्ितता र घोर भौतिकवादका
परिचायक हुन्। यी दुबैको तुलना गर्नै सकिंदैन।
बौद्ध मत मान्ने जनसंख्या बसोबास गर्ने दक्षण्िा(पर्ूर्वी एसिया र नेपाल
माथिर् इसाइहरूको व्यापक कुदृष्टि रहेको देखिन्छ। विशेक्ष गरी कोरिया,
ताइवान र फिलीपीन्समा बौद्ध धर्मविलम्बीहरू व्यापक धर्मान्तरण गरीएको छ।
कम्बोडियाका पर्ूव राजा नरोदम सिंहानुले बौद्ध धर्म मास्नका लागि नै चर्च
नियन्त्रित साम्राज्यवादी शक्तिहरूले आफु विरूद्ध क्षडयन्त्र गरेको आरोप
आफ्नो पुस्तकमा लगाएका थिए । एनवेंजलिस्ट मिसिनरी अर्थात धर्मान्तरणको
लक्ष्य लिएर काम गर्ने चर्च संयन्त्रहरूले हाल आफ्नो केन्द्र कोरिया र
फिलीपीन्सलाई बनाएका छन् । नेपालमा चल्ने धेरैजसो धर्मान्तरण
संयन्त्रहरूको मुख्यालय कोरिया र फिलीपीन्समा नै रहेको छ।
नेपालका पनि बौद्ध धर्मविलम्वी तामांग, लामा, र लिम्बुहरू बीच धर्म
परिवर्तनको काम भई रहेको छ। बौद्ध गुम्बामा इर्साईहरू बौद्ध भिक्षुको
भेक्षमा प्रवेश गरेर पारम्परिक आस्थालाई ध्वस्त पार्ने काम गरी रहेका
छन्। भुटानका राजाले आफूकहां बौद्धर्(धर्मविरूद्ध धर्मान्तरण कार्यमा
पर्ूण्ातया रोक लगाएकाले भुटानमा राजनैतिक आन्दोलन चर्काउने भूमिगत योजना
पनि संयुक्त राष्ट्र संघीय एजन्सीहरूको तत्वावधानमा बनाउने प्रयास पनि भई
रहेको देखिन्छ।
नयां नेपालको लागि निर्माण हुने संविधानमा नेपालीहरूको धार्मिक आस्थाको
व्यापार नगरिने मौलिक अधिकार सुनिश्चित गरिनु पर्ने विचारहरू सशक्त रूपले
अभिव्यक्त भइ रहेका छन्। अर्को तर्फदातृ राष्ट्रहरूले धर्म परिवर्तन
गराउने अधिकार पनि नयां संविधानले स्पष्ट उल्लेख गर्नु पर्ने कुटनैतिक
दवाब दिई रहेका छन्। माओवादी मन्त्रिमण्डलमा डलरको लोभमा इर्साई
धर्मान्तरण गरेका गोपाल किरांतीले संस्कृती मन्त्री जस्तो पदलाई ताक्नुको
निश्चित रूपले विशेक्ष अर्थ हो ।
यति मात्र होइन, नेपालमा विविध प्रकारको जातिय, भाक्षकि र लैङकि
द्वन्द्व फैलाएर नेपाली हिन्दु र मुस्लीम र बौद्धहरूको धर्म परिवर्तन
गराउने कुत्सित उद्देश्य विदेशी धनबाट चल्ने गैससहरूको अदृश्य मिसन रहने
गरेको छ। अतः संविधान सभालाई चर्चको हितमा प्रयोग हुन नदिन र नयां
नेपालको निर्माणमा राष्ट्रिय अस्मितालाई सुरक्षति राख्नको लागि नयां
संविधानले प्रलोभनद्वारा धर्म परिवर्तन गराउने संस्था खोल्न नपाउने गरी
स्पष्ट व्यवस्था गर्नु पर्दछ।
हाम्रो जनजातिहरूको स्वधर्मको रक्षाको लागि पनि प्रलोभनद्वारा धर्म
परिवर्तन गराउने काम माथि बन्देज लगाउन आवश्यक छ। मध्य युगमा यूरोपको
साम्राज्यवादी उद्देश्यहरू परिपर्ूर्ति गर्न चर्चको प्रादर्ुभाव भएको
थियो। साम्राज्यवादी र प्रचारवादी चर्चहरूले अमेरिका र अस्ट्रेलियाको मूल
बासिन्दा र संस्कृतिलाई बन्दुक र बाइबलले समुल नष्ट गरी दिएको ऐतिहासिक
तथ्यबाट हामीले केही सिक्न आवश्यक छ।
जनतालाई स्वास्थ्य, शिक्षा र गांसको ग्यारेन्टी दिने काम राज्यको हो। तर
हाम्रो देशमा राज्यले आप\mनो कर्तव्य पूरा नगरेर सेवाको नाममा
विदेशीहरूलाई जनताको धर्म परिवर्तनको छुट दिनु मानवता विरूद्धको अपराध
हो। यो सेतो आतंकवाद हो। यो सेतो आतंकवाद चाहिं रातो आतंकवाद भन्दा पनि
खतरनाक हो।
दक्षण्िा-पर्ूव एसियामा इर्साई र बौद्ध धर्मावलम्बीहरू बीच ठुलो युद्ध
चलीरहेको छ। यूरोप तथा अमेरिकामा इर्साई जनसंख्या माझ धार्मिक आस्थामा
तीव्र गिरावट आएको छ। त्यहांका चर्चहरूको खर्च धान्नसमेत गार्‍हो भएर
चर्चहरू धमाधम बन्द भइरहेका छन्। घट्दो इर्साई जनसंख्याको सामना गर्न
चर्चहरू नेपाल, कोरिया र फिलीपीन्स जस्ता मुलुकहरूलाई तारो बनाएका छन्।
यहांका जनतालाई शिक्षा र स्वास्थ्य सेवाको प्रलोभन दिएर धर्म परिवर्तन
गर्ने परियोजनाहरू चलाइएका छन्। यस्ता कार्यमा चर्च प्रभावित दातृ
राष्ट्रहरूको सरकारले पनि अघोक्षति तर खुल्ला रूपमा सहयोग उपलब्ध गराउंदै
आएका छन्।
विगत केही वर्क्षदेखि विदेशी चर्चहरूद्धारा हाम्रो देशमा नेपालीहरूको
धार्मिक आस्था परिवर्तन गराउने क्रियाकलापहरू ठूलो प्रयास भइरहेका छन्।
प्रत्येक गाउं शहरमा विदेशी धनबाट चर्चहरू खोलिएका छन्। ती संस्थाहरूले
नेपालीहरूलाई प्रलोभन दिएर नियोजित रूपले उनीहरू धर्म परिवर्तन गराउने
संयन्त्रहरू संचालित गर्दै आएका छन्। प्रचलित नेपाली कानून अनुसार यो काम
गैरकानूनी भए तापनि राज्यको मौनताले गर्दा यस्ता कामहरू देशभरी निर्वाध
रूपले चलीरहेका छन्।
र् धर्म परिवर्तनको काम स्कूल, अस्पताल र अन्य गै.स.स.को छद्म आवरणमा
भइरहेको छ। चर्चरूपी साम्राज्यवादी शक्ति विभिन्न छद्म आवरण ओढेर नेपालमा
कार्यरत रहेको छ। विदेशी चर्चहरूले यो शताब्दीमा नेपालीहरूको ठूलो
संख्यामा धर्म परिवर्तन गराउन बृहत परियोजनाहरू चलाई रहेको छ। पहिले
नेपालमा धर्म परिवर्तन गराउने संस्थाहरू माथि प्रतिबन्ध प्रभावकारी भएको
कारण सीमापारी डंकन अस्पताल जस्ता केन्द्रहरू संचालन हुने गरेका थिए। तर
नेपालमा अमेरिका र बेलायतको प्रभाव बढे पछि खुलेआम यस्ता गतिविधिहरू
शुरू भएका छन्।
लोभ दिएर अन्य व्यक्तिको धार्मिक आस्था परिवर्तन गर्ने काम हाम्रो
संस्कृति विपरितको प्रवृति हो। धर्मलाई पनि विदेशी इर्साई ब्राण्डद्वारा
खरीद बिक्रीको वस्तु बनाईनु आफैमा एक निन्दनीय प्रवृति हो। आर्थिक
प्रलोभन दिएर धर्म परिवर्तन गराउने काम मानवीय दृष्टिकोणले एक प्रकारको
हिंसा हो। धर्म परिवर्तन गर्ने व्यक्ति पनि आफू जरोबाट उखेलिएको र
राष्ट्रको मुलबाट अलगिएको अपराध भावबाट ग्रसित रहन्छ। चर्च प्रभावित
मुलुकहरूसंग रहेको आर्थिक सम्पन्नतालाई नेपाल जस्ता मुलुकमा अभावग्रस्त
व्यक्तिलाई सेवा दिने नाममा धर्म परिवर्तनको छुट दिनु राज्यको ठूलो
कमजोरी हो।
र् धर्म परिवर्तनले कालान्तरमा व्यक्तिको राष्ट्रिय निष्ठालाई असर पार्दछ
भन्ने कुरा विश्व भरीको अनुभवले देखाएको छ।
अतः धर्म परिवर्तन गर्ने काम यस्तै खुल्ला रूपले जारी रहने हो भने देशमा
द्वन्द्व र विसंगतिहरू झन् बढेर जाने छन्। धर्म परिवर्तन गर्ने कामलाई
वस्तुतः देशको पारम्परिक आस्थालाई ध्वस्त पारेर मूल्य मान्यताहरूलाई नष्ट
गरेर देशका नागरिकहरूलाई मानसिक गुलाम बनाउने क्षड्यन्त्रको रूपमा हेरिनु
पर्दछ ।
अफगानीस्तान र इराकमा विदेशी सत्ता स्थापित भए पछि त्यहां मुसलमानहरूको
धर्म परिवर्तन गराउने कार्य हालका दिनमा प्रकाशमा आएका छन्। अतः चर्च
बाहुल्य भएका मुलुकहरूले आफूलाई जति धर्म निरपेक्ष देखाए पनि मुल रूपमा
ती मलुकका सरकारहरू कट्टरपंथी चर्चको प्रभावमा रहेको कुरा प्रमाणित हुन
आउंछ।
धार्मिक स्वतन्त्रताको नाममा सुनियोजित रूपले अर्काको धर्म परिवर्तन
गराउने उद्देश्यले ठूलो विदेशी धन खर्च गरेर गै.स.स. खोल्ने र कार्यक्रम
चलाउने छुट दिनु स्वीकार्य हुन सक्दैन। यो नेपालीहरूको धार्मिक
स्वतन्त्रता विरूद्धको अपराध हो। अतः नयां संविधानमा मौलिक अधिकारको
धारामा धर्म परिवर्तन गराउने संस्था खोल्न नपाइने स्पष्ट रूपले उल्लेख
हुनु पर्दछ। -पाठक चौतारी -इमेलमार्फ प्राप्त।)


0 comments:

Feeds Comments