Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, May 25, 2009

0 नागरिक सर्वोच्चता र राष्ट्रिय र्सवाधिकार कायम गरौ

-सुदर्शनराज पाण्डे ।

फेरि पनि नालापानी लड्नुपर्ने भयो भने
छातिभित्र कालापानी झनै दुख्दै गयो भने
तन्काएर नेपाललाई टिष्टासम्म पुर्‍याउंदछौं
स्वाभिमानको झण्डा हामी कांगडामै फहराउंछौं।
---------------------------
हिम फुटे हिम नदि
जनता जुटे जनसागर
औंशीको यो रात पनि
खुल्दछ छिट्टै चिन्ता नगर
---------------------------
नंगाको देशमा धोबी भएर नै गर्छ के -
---------------------------
जस्ले क्रान्तिलाई आधा बाटोमा लगेर छाडिदिन्छ, उस्ले आफनो चिहान आफै खनेको हुन्छ ।
इतिहास बदल्न सकिन्छ, भूगोल बदल्न सकिन्छ, स्वभाव र प्रवृत्ति बदल्न
सकिन्छ तर हस्ताक्षर बदल्न सकिदैन।
---------------------------
बेलैमा बुद्धि नपुगे
इतिहासले धिक्कार्ला
राष्ट्रियतामा दाग लाग्ला
नेपालै नभए नेपाली बनी
चिनाउने कसरी -
बुद्धको कथा, सीताको ब्यथा
सुनाउने कसरी -
---------------------------
नागरिक सर्वोच्चता, राष्ट्रिय र्सवाधिकार र राष्ट्रिय स्वाभिमानका
पक्ष्ँमा तथा विदेशी हस्तक्षेपका विरूद्धमा निर्वाचित प्रधानमन्त्रीले
सत्ताको बलिदान गरेको नेपालको इतिहासमा पहिलो घटना भएको छ।
राष्ट्रियताच्यूत सेना, अपराधपंथी प्रहरी, विदेशीको द्वारे राजनीतिज्ञ,
निधारमा गुप्तचरको छाप ठोकेर हिंड्ने जासुस, दुवै राष्ट्रको नागरिकता
बोक्ने द्वैध नागरिक, स्वनामधन्य टे्रडमार्क कम्युनिष्टको प्रशंसक र
संरक्ष्ँक जबसम्म नेपाली जनता रहन्छन् , तबसम्म शान्ति, विकास र स्थिरता
हुने छैन।
सत्ता कब्जा गरेर, प्रतिगामीहरूलाई सत्ताबाट पछारेर नागरिक सवोच्चता र
राष्ट्रिय र्स्वाधिकारको जनवादी व्यवस्था स्थापित नगरेसम्म राष्ट्रिय
राजनीति अनिर्णयको बन्दी रहीरहनेछ। ँधान खाने मुसा, चोट पाउने भ्यागुतोको
जस्तो' बेहाल यतिखेर माओवादीको भएको छ।
द्वन्द्व व्यवस्थापन गरी राष्ट्रिय एकता मजबुत पार्ने अस्त्र संविधानसभा
हुनेछ भनि गरिएको अनुमान, अनुमान मात्र रहेको छ। राष्ट्र र जनताको
सर्वोत्तम हित नहुने राजनीति किन चाहियो, राष्ट्र नरहे, राजनीति कहां
गर्ने - हिजोआज राजनीतिक दलहरूको आपसी बेमेल र वैमनश्यताले सिर्जित
राजनीति जटिलताले ँभाइ फुटे, गवार लुटे'को अवस्था देखापरेको छ। भारतीय
विस्तारवादको ठाडो हस्तक्षेप र भारतीय विस्तारवादका हिमायती नेपालका
राजनीतिक दलहरूको राजनीति बेइमानी, राजनीति अपराधीकरण र अकर्मण्यतालाई एक
एक गरी केलाएर राष्ट्रलाई गम्भीर खतराबाट बचाउन राष्ट्रवादी व्यक्ति,
तत्व र शक्तिहरू एक ढिक्का हुनुपर्ने समयको मांग र परिस्थिति देखापरेको
छ। नेपाली राष्ट्रवादमाथि आइपरेको गम्भीर संकटको निष्पक्ष विश्लेषण गरी
राष्ट्रिय भावनात्मक एकीकरण अभियानमा सम्पर्ूण्ा राष्ट्रवादी शक्ति
निशंकोच भइ स्वतस्फर्ूत रूपमा जुट्न नितान्त जरूरी छ। माओवादी
अधिनायकवादका नाममा भारतीय विस्तारवादसंग आत्मर्समर्पण गर्दै नयां घृणित
राजनीति खेलमा राजनीतिक दलहरू सिधै होमिन पुगेका छन्। जसले गर्दा नेपालको
इतिहास अपमानजनक पीडादायी कालखण्डबाट गुज्रिरहनु परेको छ। माओवादी इत्तर
राजनीति शक्तिहरू एकजुट भएर भारतीय विस्तारवाद र अमेरिकी साम्रँज्यवादलाई
ँकुनै पनि देशले कुनै पनि देशको आन्तरिक मामिला विरूद्ध अनाधिकृत
हस्तक्षेप गर्न नपाइने' ँभियना कन्भेन्सन'ले वर्जित गरेको सीमा नाघ्न किन
दिइरहेका छन् - राष्ट्रियता विरोधी, मानवता विरोधी, अपराधमा राजनीतिक
दलहरू हौसिएर किन हांसीरहेका छन्। राजनीति दलहरूको सुझबुझ किन हराइरहेको
छ -
जनान्दोलन चर्किरहेको बेला राजा ज्ञानेन्द्रको दासत्व स्वीकार
गर्नुभन्दा भारतकै गुलाम हुनु राम्रँे भन्ने अभिव्यक्ति पनि नआएका
होइनन्। राजा ज्ञानेन्द्रलाई दुःख दिने स्वदेशी तथा विदेशी तत्वहरूले
यतिखेर माओवादी नेतृत्वलाई समाप्त पार्न सबैखाले हथकण्डा अपनाइरहेका छन्
र देशलाई अर्धसामन्ति र अर्धऔपनिवेशिक अवस्थाबाट उम्कन नदिने प्रपञ्च
रचिरहेका छन्। नेपाली राष्ट्रवादलाई बलियो बनाउनेतर्फतत्काल सबै राजनीतिक
दलमा रहेका देशभक्तहरू देशभक्तिको मिलनविन्दुमा एक हुन नसके इतिहास र
समयले सराप्ने छ। नेपालमा कहालीलाग्दो अवस्था ल्याउने माओवादी नै हो भनेर
सारा दोष माओवादीमाथि थोपरेर पानी माथिको ओभानोमा बस्ने चाहना राख्नु
राष्ट्रको राजनीतिलाई बुझ्न नसकेका ेर राष्ट्रमाथि बेइमानी गरेको ठहरिने
छ।
पर्ूव परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले वर्तमान नेपालको
दर्ुदसापर्ूण्ा अवस्थाप्रति गर्नुभएको टिप्पणीमा भनिएको छ- ँआपसी
मनोमालिन्य सुल्झाउन विदेशबाट आयातित जुक्तिको मोहमा नेपाललाई फेरि
फसाइने हो कि भन्ने प्रश्नले नेपाली राष्ट्र झस्किन थालेको छ। दुवै
छिमेकीहरूले आफनो चासो र्सार्वजनिक गर्नैपर्ने गरी बिग्रिएको नेपालको
स्थितिले अनिष्टको संकेत गरिरहेको छ।'
कूल जनसंख्याको आधा हिस्सा रहेको तराइमा राजनीतिमा अपराधीकरण र अपराधमा
राजनीतिकरण एवं अराजकता कायम रहनु, राजनीति दलहरूबीच राष्ट्रियता र
अराष्ट्रियताको सवालमा धु्रवीकरण हुनु, राजनीति दलहरूबीच मनोमालिन्य
बढ्दै जानु, राष्ट्रिय संवेदनशील संस्था सेना र सरकारबीच विवाद बढ्नुले
राष्ट्र अत्यन्तै कमजोर र असफल सावित भइरहेको छ। नेपाली राष्ट्रवाद धमिरो
लागेको घरजस्तै गरी मक्किसकेको छ । विदेशी दुस्साहसले नेपालको
आत्मसम्मानमा गहिरो चोट पुर्‍याउंदा पनि एमाले र कांग्रेस लगायतका
पार्टीहरू माओवादीलाई तह लगाउने क्रममा जुन हर्कतमा उत्रिएका छन् र
वर्तमान पर्रि्रेक्ष्यमा रमाइलो मानिरहेका छन् यो राष्ट्र र जनताका
निम्ति घोर अन्याय हो।
कुर्सीको निम्ति विदेशीको मुख ताक्ने युगको अन्त्य भयो भनि हजारौं हजार
नेपाली जनताका बीचमा कर्ुलने प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष
प्रचण्डको एक्लो प्रयासले मात्र नेपालीहरूको साझा राष्ट्रको संरक्षण हुन
सक्ला त - परिस्थितिको गम्भीरताप्रति गम्भीर बनेर राष्ट्रको र्सवाधिकार र
नागरिक सर्वोच्चता कायम गर्न कम्मर कसेर सबै नेपाली लाग्नु पर्दछ।



0 comments:

Feeds Comments