Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, May 17, 2009

0 युनियन हो कि माफियावाद

-नन्दकिशोर गोयल ।
१ मे अर्थात विश्व मजदूर दिवसको रूपमा मानिने सो दिनलाई विश्वका मजदूर
एक हौं भन्ने नारा घन्किने गरेको छ। मजदूरले के दर्शाउंछ भने श्रम गर्ने
श्रमिक जस्ले आफनो शरीरबाट मेहनत गरेर धनोपार्जन गरी जीविका चलाउने गर्छ।
यसको पनि दर्ुइ तह हुन्छ। एक शारीरिक श्रम गर्ने दोश्रो मानसिक श्रम
गर्ने। दुवैमा पनि धेरै अन्तर छन्। शिक्ष्ँित र अशिक्षित । अबको नयां
राजनीतिक परिवेशमा दलीय शासन प्रणालीमा मत वा भोटको युग छ। जुन दलको भोट
बढी छ त्यही दलहरूले युनियन वा संगठनहरूको स्थापना हुन्छ। युनियनलाई आफनो
दलको निम्ति भोट बैंक बनाउने गर्दछन् र परेको बेलामा आ-आफनो बैंकमा
रहेको भोटको प्रयोग गर्छन्। यस कार्यमा शिक्ष्ँितहरूले मानसिक श्रम नै
बडी गर्छन्। उनीहरूले र्सवप्रथम श्रमिकहरूको श्रम गर्ने थलोको रूपमा
रहेको कलकारखाना तथा उद्योगहरूमा प्रवेश गर्छन् र श्रमिकहरूलाई भ्रमित
पार्छन्। साथै सोझासाझा अशिक्षित, श्रमिकहरूलाई लोभ लालचमा पारेर
नयां-नयां प्रकारको दिवासपना देखाउंछन्। जब श्रमिकहरू उनीहरूको
मांयाजालमा फस्छन् त उनीहरूले आफनो दलप्रति आकषिर्त गराइ श्रमिकहरूलाई एक
संगठनको रूपमा तयार गरी उनीहरूको नायकको रूपमा आफू स्वयं नै बस्छन्। अनि
सुरू हुन्छ माफियावादको शोषणको काम संगठनको सदस्य बनाउने नामबाट नै
आर्थिक शोषण सुरू हुन्छ।
त्यसपछि त युनियनको माफियावादीहरूले नयां नयां प्रकारको कुरा निकाली
मजदूरको शोषण सुरू गर्छन्। मजदूरको साथै कलकारखाना तथा उद्योगका
संचालकहरूको शोषण पनि सुरू हुन्छ। युनियनका माफियावादीहरूले नै श्रमिकलाई
सम्पन्न हुन दिंदैनन्। किनकि श्रमिक सुखी, सम्पन्न भए उनीहरूको पार्टीको
झन्डा, बैनर, प्लेकार्ड बोकेर बन्द, चक्काजाम, तोडफोड, टायर बाल्ने काम
कसले गर्छ - त्यसो नभए पार्टी र दल कसरी बलियो हुन्छ। प्रहरीको लाठी र
बुटको मार कस्ले खान्छ - श्रमिक यदी सुखी सम्पन्न भएमा युनियनका
माफियावादीहरू कसरी एसी भएको कोठामा बसेर चिसो बियर, चिकेन चिल्ली, पनिर
चिल्लीको स्वाद र काखमा तरूनी राखेर आनन्द लिन पाउंछन्। यो सबै
उद्योगपतिहरूसंग करोडौंको दलाली कसरी पचाउन पाइन्छ - युनियनका
माफियावादीहरूले कहिले पनि श्रमिकको भलो चाहदैनन्। उनीहरूले त मात्र
श्रमिक तथा श्रम दिने थलोको शत्रु नै हुन्छन्। विश्वमा लगभग एकसय बिस
वर्षभइसक्यो श्रमिक दिवस मनाउने गरेको। श्रमिक दिवसको दिनमा युनियनका
माफियावादीहरूले नानाप्रकारको पर््रदर्शनहरू गर्छन् र करोडौं करोड
रूपियां खर्च गर्छन्। मजदूर वा श्रमिकको नाममा कहिले श्रम नगर्ने
व्यक्तिहरूलाई दोसल्ला ओर्ढाई सम्मानपत्रका साथ नगद उपहार पनि दिन्छन्।
तर कसलाई युनियनका माफियाका र्सवश्रेष्ठलाई विचरा गरिब, मजदूर
श्रमिकहरूको कतिको घरमा चुलो नबलेर उसका ससाना बच्चाहरू भोकै सुतेका छन्।
तर कुनै युनियनका नेतालाई उनीहरूको सम्झना हुंदैन। कयौं मजदूरका
बालबालिका औषधि उपचार बिना मर्छन्। कतिको जहान परिवारको जिउमा आङ ढाक्ने
सम्मको लुगा हुंदैन। श्रमिकको बालबालिका, शिक्ष्ँा हासिल गर्न पाउंदैनन्।
यतातिर युनियनका माफियावादीहरूको ध्यान कहिले पनि हुंदैन। विश्वका मजदूर
एक हौं नारा दिनेहरूले नै मजदूरलाई एक हुन दिएका छैनन्। किनकी उनीहरूलाई
सधैं डर र त्रास छ कि कथमकाल विश्वका मजदूर एक भए भने युनियनका
माफियावादीहरूको सत्ता कसरी चल्छ। त्यसकारण एकै ठाउंमा भएका मजदूरहरूलाई
त युनियनका माफियाहरूले एक हुन दिंदैन भने विश्वका मजदूरको त कुरा गर्नु
नै दिवा सपना हो। माफियावादीहरूले थरिथरिको नाम राखी थरिथरिको सपना देखाइ
मजदूरहरूमा थरिथरिका युनियनहरू खडा गरी मजदूरलाई नै मजदूरको शत्रु बनाउने
काम गर्नुको साथै एक मजदूरलाई अर्का मजदूरको हत्या गराउनमा पनि पछि
पर्दैनन्। युनियनको माफियवादीहरूको काम नै त्यही हो कि मजदूरमा फूट
ल्याउनु र एक आपसमा मिल्न नदिनु। मजदूरले कहिले पनि भुठ्ठीभरी भात खाएर
निदाउन नपाउनु उनीहरूको मुख्य काम त्यही नै हुन्छ। यदी कुनै ठाउंको
श्रमिकले उनीहरूको कुरा मानेनन् भने युनियनका माफियाहरूले श्रमिकको काम
गर्ने थलोलाई नै बन्द गराइदिन्छ। बिचरा गरिब श्रमिक सधैं शोषण भएका छन् ।
जबसम्म युनियनका माफियाहरूको चक्रब्यूहमा फसिरहन्छन् तबसम्म कुनै
अवस्थामा पनि श्रमिकहरूको कल्याण हुने छैन। नारा दिनेहरूले कहिले पनि
श्रमिकको कल्याणको कामना गर्दैनन्। किनकी यिनीहरू न्वारन गराउने पुरोहित
जस्तै हुन्छन्। जब कुनै पुरोहितले कुनै बालकको न्वारन गर्ने बेलामा नै
यसको श्राद्ध पनि मै खाउंला भन्ने कामना गर्छ । यसप्रकारको भावना
राख्नेहरूले कसरी कल्याणको कामना गर्न सकिन्छ । यदी मजदूरहरूले सांच्चै
नै सुखी सम्पन्नको भावना राख्छन् भने युनियनका माफियावादीहरूको जालोबाट
बाहिर आउनु पर्छ। कामलाई नै भगवान मानेर काम गर्ने थलोप्रति इमान्दार भएर
कामको थलोको कदर गर्नु पर्छ। साथै सबै श्रमिकहरूले एकआपसमा भाइचारा कायम
गर्नु पर्छ। अरूको मृगमरिचिकामा नफसेर सबै मजदूर दाजुभाइ, दिदीबहिनीहरूले
एक हुनु पर्दछ । यहां के भइरहेको छ कि युनियनका माफियावादीहरूले
श्रमिकलाई मृगसरह भ्रमित गराइरहेको छ। मृगको आप\mनै नाभीमा कस्तुरी
हंुदाहुंदै कस्तुरीको बास्नाले मस्त भएर कस्तुरीको खोजीमा यताउता दौडिन
थाल्छ र दौडिदा-दौडिदै थाकेर मर्छ। त्यही अवस्था युनियनका
माफियावादीहरूले गराइरहेका छन्। श्रमिक भएको कस्तुरीको लोभमा श्रमिकलाई
भ्रमित गराइ दौडाएर मारिदैछ र कस्तुरी प्राप्त गरिरहेका छन्। हे मजदूर,
श्रमिक भाइबहिनीहरू आफूमा भएको कस्तुरीको पहिचान गर, अनि मात्र कस्तुरीको
सही मूल्य पाउनु हुनेछ। युनियनका माफियावादबाट बच्नु नै सच्चा श्रमिक
दिवस हुनेछ।


0 comments:

Feeds Comments