Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, May 11, 2009

0 नेपालको दुष्ट छिमेकी भारत र भारतीय विस्तारवाद नेपालको दूरर््भाग्य

-सुदर्शनराज पाण्डे .
सुन्दर सानो देश नेपालको अभिशाप दुष्ट छिमेकी भारत, भारतीय विस्तारवाद
नीति, सन् १९५० को असमान सन्धि र नेपाल-भारतबीचको खुल्ला सिमाना हो।
दुष्ट छिमेकी भारतले प्रत्येक दिन नेपालको प्रत्येक आन्तरिक मामिलामा
हस्तक्षेप र सीमा अतिक्रमण गर्दै आइरहेको आम देशभक्त नेपालीले अनुभूति
गरेकै कुरा हो। भारतको सहयोग जहिले पनि नेपालको राष्ट्रिय हित विपरित
हुंदै आएको छ । नेपाल अर्धऔपनिवेशिक देश हो। नेपाललाई भारतले अर्ध
औपनिवेशिक रूपको व्यवहार सन् १९५० देखि हालसम्म गर्दै आएको छ। नेपाली
राष्ट्रवादलाई सबल र सफल हुन नदिन र नेपालमा राष्ट्रवादी नेताहरूलाई
हर्ुकन र बढ्न नदिन भारतले विभिन्न कूटनीतिक अपराधहरू निरन्तर गर्दै
आइरहेको छ। नेपाली राष्ट्रवाद उठेको केही दिनपछि नै भारतसंग आत्मर्समर्पण
गर्दै आइरहेको छ। पटक-पटक नेपालमा राष्ट्रवादी आन्दोलन जन्मिने र तुहिने
गर्दै आएको छ। यतिखेर नेपाली राष्ट्रियता विगतको भन्दा अत्यन्तै गम्भीर
खतरामा परेको छ। भारतले आफ्नो धेरै ँपेड एजेण्ट'लाई नेपालको राजनीति
नेतृत्वमा स्थापित गर्राई नेपालको राजनीतिलाई भारतपरस्त बनाउंदै लैजान
सफल हुंदै गइरहेको छ। नेपाल भारतको हरेक कुरामा परनिर्भर हुंदै गइरहेको
छ। भारत रिसायो भने सबैतिर सबै कुरा बिग्रिन्छ भन्ने मनोविज्ञानले
नेपालीको हृदयमा घर गर्न थालिरहेको छ। नेपाली राष्ट्रवादका बारेमा
राजनीतिक दलहरूले पनि राजनीतिक प्रशिक्षण दिने कामलाई सुस्त पार्दै
लगिरहेका छन्। पछिल्लो पटक एनेकपा माओवादीले राष्ट्रवादलाई बलियो बनाउन
खोज्दा माओवादीलाई घेराबन्दी गरी एम्बुसमा पार्ने प्रयासमा राजनीति दलहरू
खुलेर लागेर भारतपरस्तको चिन्तन र व्यवहार प्रस्तुत गरिरहेका छन्। चीन
नेपालको असल छिमेकी हो। चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको
एउटा पनि उदाहरण पाउन सकिदैन। असल छिमेकीको नाताले चीनले नेपाललाई
पुर्‍याउंदै आएको सहयोगमा भारतलाई टाउको दुःखाइ हुंदै आइरहेको छ।
कालापानीमा भारतीय सेना ल्याएर राख्दा, सुस्ता लगायत नेपालको भूभाग
मिच्दा नेपाल सरकार र नेपाली जनताले मौनता साध्न थालेका छन्। सीमा विवाद
तथा अतिक्रमण, सन् १९५० को असमान सन्धि खारेजी कुरा नेपाली जनता र नेपाली
राजनीति शक्तिले उठाउन थालेपछि भारतले कुनै न कुनै प्रकारले नेपाल र
नेपालीलाई दुःख दिने, नेपाल र नेपालीका विरूद्ध नानाथरिका क्षडयन्त्र
गर्ने गर्दै आएको छ। नेपाल-भारत बीच कयौं समस्याहरू विद्यमान छन्।
कुटनीतिक दक्षताद्वारा नेपाल-भारत बीच विद्यमान समस्याको समाधान गर्न
खोज्ने नेकपा माओवादी पार्टर्ीींगठनलाई नेपालभित्र रहेका भारतपरस्त
शक्तिहरूले कमजोर बनाइ नेपालको राष्ट्रियता र स्वाधीनतामाथि थप दखल
पुर्‍याउन भारतलाई मार्ग प्रशस्त गर्दै आएका छन्। नेपाली भूभागमा भारतीय
सेनाको उपस्थिति, सीमा विवाद, अतिक्रमण, सम्पर्ूण्ा असमान सन्धिको खारेजी
मांग यतिखेर नेकपा माओवादीले दृढतापर्ूवक राखेर आम देशभक्त नेपालीहरूलाई
भारतीय विस्तारवादविरूद्ध लड्न आह्वान गरेको छ। नेपाल-भारतबीच
सौहार्दपर्ूण्ा, न्यानो सम्बन्ध आजका मितिसम्म भएको छैन । भारत र
नेपालबीच सदैव विश्वासको संकट र असमझदारी चुलिएको छ।
प्रत्येक वर्क्ष भारत सरकार, साउथ ब्लक, भारतीय जासुस संस्था रअ
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास, काठमाडौंस्थित भारतीय
राजदूतावासले भारतको विरोधमा नबोल्न र भारतको विरूद्ध आवाज उठाउनेहरूलाई
तह लगाउन हरेक राजनीतिक दल भित्रका केही नेता, कार्यकर्ता, संचारकर्मी,
सेना र प्रहरीका मानिस, कर्मचारीतन्त्रभित्रका मानिसलाई ठूलो धनराशी खर्च
गर्ने गर्दछ, उनीहरूको सहुलियत, सुविधाको विशेक्ष व्यवस्था गर्दै आइरहेको
छ। भारतको पेड भोलियन्टियर नेपालीहरूको संख्या १० सौं हजार भएको सुनिन्छ।
भारतले चौबिसै घण्टा मन्दविक्ष झैं बनेर नेपालको राष्ट्रिय हितविरूद्ध
काम गरिरहेको छ। भारतीय विस्तारवादका विरोधीहरू जहिले पनि नेपालमा बसेर
चीनविरूद्ध गतिविधि बढाइरहेका हुन्छन्, नेपाली राष्ट्रवादलाई असफल र
कमजोर बनाउन जुटिरहेका छन्। चांडोभन्दा चांडो भारतीय विस्तारवादको गलत
नीति र व्यवहारलाई सच्याउन देशभक्त नेपाली जनताहरू गोलबद्ध नहुने हो भने
नयां नेपालको नाममा नेपालले स्वतन्त्र राष्ट्र सिक्किम भारतमा बिलय भए
जस्तै वा स्वतन्त्र राष्ट्र भुटान भारतको सेक्युरिटी अम्ब्रेलामा परेको
जस्तै नियति भोग्न बाध्य हुनेछ। भारतीय विस्तारवादका विरूद्ध-ँजीवन
मरण'को सर्ंर्घक्ष गर्ने महान अवसर र चुनौती यतिखेर देशभक्त, नेपालीहरूका
सामू देखापरेको छ। र्सवप्रथम नेपालीमा रहेका भारतीय एजेण्ट नेपालीको
पहिचान गरी उनीहरूमाथि आक्रमण गरिनु पर्दछ । उनीहरू नेपालीका साझा दुश्मन
हुन्। भारतीय विस्तारवादविरूद्ध नेपाली देशभक्त जनता संगठित नभएसम्म
नेपालको स्वाधीनताको रक्षा र नागरिक सर्वोच्चताको ग्यारेटी तथा
राष्ट्रवाद सफल हुनै सक्दैन, नेपालको राजनीतिमा स्थीरता पनि आउन सक्दैन ।
नेपालको सामाजिक, आर्थिक, शिक्षा, राजनीति सवै क्षेत्रमा भारतीय
हस्तक्षेप र प्रभाव बढेको छ। भारतीय विस्तारवाद नेपाली राष्ट्रवादको
प्रधान शत्रु हो। राष्ट्रियता जस्तो गम्भीर र संवेदनशील विक्षयमा हामी
नेपाली अहिले नजुटे कहिले जुटने - देशभक्त नेपालीहरू राष्ट्रवादको
पक्षमा, भारतीय विस्तारवादका विरूद्ध नउभिए, को उभिने - भारतीय
विस्तारवाद नेपाली राष्ट्रवादका लागि कति ठिक, कति गलत भन्ने मान्यता र
धारणामा नेपालीहरू स्पष्ट हुनु पर्दछ। नागरिक सर्वोच्चता र राष्ट्रिय
स्वाधीनताको रक्षाका लागि नेकपा माओवादीले तत्काल देशव्यापी रूपमा सशक्त
राष्ट्रवादी आन्दोलन हांक्न सकेन भने माओवादीप्रति पनि जनताको र्समर्थन
घट्नेछ। भारतविरोधी जुलुस, नारालाई आम जनताको र्समर्थन भएमात्र राष्ट्र
शक्तिशाली हुन्छ, राष्ट्रको र्सवाधिकार र सर्वोच्चताको दिगोरूपमा रक्षा
हुन्छ। नेपालको ५४ स्थानमा नेपाली भूमि भारतले ठाडो रूपमा अतिक्रमण गरेको
छ। अतिक्रमित भूमि फिर्ता गराउन स्थानीय जनता आ-आप\mनो स्थानबाट
देशभक्तहरु आन्दोलनमा सरिक हुनु पर्दछ। नेपाल-भारतबीच शान्ति तथा मैत्री
सन्धि होइन, अशान्ति, अमैत्री र असमान सन्धि भएका छन्। नेपालको कुटनीतिक
व्यवस्थापन कमजोरीका कारण नेपालले अहिलेसम्म ठूलो क्षति बेहोर्दै आएको छ।
नेपाल असफल र कमजोर हुंदै गइरहेको छ। नेपाल र नेपालीलाई असफल र कमजोर
बनाउन भारतभन्दा बढी यतिखेर नेपालका नेता जवाफदेही छन्। पछिल्लो पटक
प्रधानसेनापतिलाई बर्खास्त गर्ने नेपाल सरकारले गरेको निर्ण्र्ााा भारतको
अनुचित दबाब अत्यन्तै निन्दनीय र भर्त्सनायोग्य छ। नेपालको दुष्ट छिमेकी
भारत र भारतीय विस्तारवाद नेपालीको भाग्य र भविष्यका लागि दर्ुभाय हो।
भारतीय विस्तारवादबाट नेपाल र नेपाली मुक्त नभएसम्म नेपाल र नेपालीको
भाग्य र भविष्य सुनिश्चित हुन तथा शान्ति, स्थिरता र दीगो विकास हुन
सक्दैन। नेपाली स्वाभिमानी र आत्मनिर्भर बन्न सक्दैनन्। भारतीय
विस्तारवाद मर्ुदावाद नारा नेपालीले निरन्तर लगाउंदै सर्ंर्घक्षरत भइ
रहनु पर्दछ। नेपालको मुक्तिमा देर छ अंन्धेर छैन।


0 comments:

Feeds Comments