Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Monday, May 25, 2009

0 इतिहास दोहोरिए त्यसको जिम्मा कम्युनिष्टहरूले नै लिनुपर्छ

-सरोजदिलु विश्वकर्मा------------------
विगत १५ वर्षो राजनीतिमा जति ज्ञानेन्द्र दोषी थिए, त्योभन्दा चौगुणा
दोषी राजनीतिक दलहरूसमेत थिए। जवकि सत्ता स्वार्थ र पदलोलुपको राजनीतिमा
मुलुक कुशासनको दलदलमा फस्यो। कम्युनिष्ट शासनविरूद्ध तत्कालिन वाहुनमय
सर्वोच्च अदालतसमेत कांग्रेसीकरण भई संविधानलाई गलत ब्याख्या गर्‍यो।
फलतः माओवादी जन्म्यो र १४।१५ हजार नागरिकहरू मारिन पुगे। तत्कालिन
प्रधानकमन्त्री मनमोहन अधिकारीले अस्पतालको शैंय्याबाट राष्ट्रिय सहमतिको
याचना गरिरहंदा यिनै पौडेल-देउवाहरू मानवतालाईसमेत बिर्सर्ेेएमालेलाई
भनिरहेका थिए-एकमिनेट पनि सत्तामा बस्ने अधिकार छैन। सभामुख रहेका
पौडेललेसमेत आफ्नो मर्यादा र जिम्मेवारीलाई बिर्सर्ेेधोती-टोपी फुकाली
मनमोहन-माधव-केपीविरूद्ध लागेकै हुन्। फलतः भाद्र १२ गते यिनै वरिष्ठ
वाहुन-जालले उल्टो गंगा बग्न सफल भयो। नेता र नेतृहरू एकअर्काको पींध
कोराकोर, टुपी-कन्दनी तानातान, अंग-गुप्ताङ चिमोटाचिमोट् गर्न पुग्ो।
परिणामतः राज्य कमजोर हुंदा स्वदेशी र विदेशी कुतत्वहरू शक्तिशाली भए र
राजपरिवारकै नृसंश हत्या भई प्रतिगमन मौलाएर आयो।
अहिले त्यही इतिहास दोहोर्‍याउने खेलमा राजनीतिक पण्डितहरू फेरी जुटेका
छन्। फरक यति हो, त्यसवेला एमाले भर्सर्ेेकांग्रेस थियो। तर यी एकआर्काका
शत्रुहरू आज अन्तरंग मित्र भएका छन् र अर्को कम्युनिष्टलाई सखाप पार्न
धोतीपटुकी कसेर, टुपी तन्काएर लागीपरेका छन् । गाली गर्न होस् या तीललाई
पहाड बनाएर राजनीतिक धमिल्याउन अनि जनताको अगाडि आंशु चुहाउंदै जनताकै
टाउको ठोकाठोक गराउन यिनलाई जति अरूलाई आउंदैन। यसैलाई उनीहरू राजनीति
भन्दा रहेछन्।
तर नेपालका वाह्रमासे कम्युनिष्टहरूले जतिसुकै उचालुन, पछारून् वहाना
बनाउन्, तर अव जनताले बुझिसकेका छन्- फेरि इतिहास दोहोरिनेवाला छ, फेरि
सस्तैमा सभाषद भएका यी अनुहारहरू सजिलै किनिने र विक्री हुनेवाला छन्।
मुसा र छुचुन्द्रा भएर एक प्वालमा पसी अर्को प्वालबाट निस्कने छन्।
सुरासुन्दरीको छम्माछम्मा हुनेछ, चलचित्रका कतिपय हिरोईन् र मोडलहरू
निर्वस्त्र भएर होटलका वन्द कोठरीमा यी सभासादहरूका काखकाखमै आई इश्कइश्क
भन्दै थुतुनो जोड्न तयार हुनेछन्। उपप्रधानमन्त्री र विनाविभागीय
मन्त्रीहरूको लाम लाग्नेछ, गोडा पांचेक दर्जन मन्त्रीहरू गल्लीगल्लीमा
पुच्छर लत्र्याएर सुत्केरीको सालनाल काट्न पनि हिड््ने छन्। त्यसवेला
मधेशकै मात्र जय भन्ने गज्जुवावुहरू जसरी महानायक भए अव एक मधेश एक
प्रदेश भन्नेहरू त्यसरी नै र्सवसत्तामय हुनेछन्। यसरी कहिले
माधव-गिरिजाको थुतुनो जोडिने छ, कहिले गिरिजा र प्रचण्ड त कहिले फोरम र
गिरिजा अनि कहिले माधव-प्रचण्डको थुतुनो र गुथूनो जोडिने छ भने अर्को
समुहबाट पदीय आस्वासन पाउनसाथ अधिसम्मका मित्रशक्तिलाई लात्तले हान्न
जोकोही तयार हुनेछ। यतिमात्र होईन, महंगी बढ्ने छ, वन्द हड्ताल र हत्या,
हिंसाहरू धाराप्रवाहिकरूपमा हुनेछन्। र, यसरी मुलुक कमजोर हुँदा विदेशी
तत्वहरूले प्रशस्त फायदा उठाउने छन्। उनीहरू एकअर्कोलाई जोड्न र फेरि
फुटाउन नेताको ढोका ढोकामा काला कौवा झै वल्लो धुरी र पल्लो धुरी गरेर
कागकाग गरी माऊ तर्सर्ाादै चल्ला टिपेर उड्ने छन्, गुड्ने छन्। पानी,
विजुली, टेलिफोन, विद्यालय, अस्पताल जताततै अस्तब्यस्त भई जनताहरू
त्राहीत्राही हुनेछन्। आन्दोलन नै आन्दोलनको नाममा हाम्रा सडकहर्रूर् इंट
र पत्थरमय हुनेछन्, नगरपालकहरूलाई रेलिङ र वारहरू थन्क्याउन हम्मेहम्मे
पर्नेछ। तथापि, हाम्रा यी महामहिम पण्डितहरू राष्ट्रिय सहमतिकै खोजीमा
कान फुकाफुक् गर्न र मुख भुकाभुक् गरिनै रहने छन्।
यसको जिम्मेवारी कसले लिने, एमाले, माओवदी, कांग्रेस वा अरूले विशेषतः
यसको भागिदार कम्युनिष्टहरू, त्यसमा पनि एमाले बन्नु पर्ने पो हो की -
किनकि यिनै माधव नेपला हुन्, मनमोहन अधिकारी शैंय्यामा कठिन सुस्केरा
तानीरहंदा जनताको आंखाबाट आंशु बग्ने गरी घोर भावुक भएर ँवहुमतको खेल
नखेलौं मुलुक वर्वाद हुन्छ' भन्दै याचना गर्ने। तर उनी स्वयं आज तिनै
तत्वहरूसंग मिली संवैधानिक सर्वोच्चताको जिम्मेवारी नै छोडि, अर्को
कम्युनिष्टलाई आफैं गलहत्याएर प्रधामन्त्री हुने कोट भिरीसकेका छन्।
विचरा मेरा सम्माननीय कमरेड-माधव। यिनको अन्तिम धोको त पूरा होला तर अवको
तीनमहिना पछि यही कांग्रेसले थाङनो संगै मिल्काउंदा सिंगो एमालेको के
हविगत होला - किनकी फकाएर थाङनोमा सुताउने र सुतेपछि थाङनोसुद्धै
बगाईदिने कांगे्रसको दाऊ सायद उनले पनि भोगेकै बुझेकै हुनर्ुपर्दछ। यस
हठ्ले न त संविधान नै बन्नेवाला छ, न शान्ति प्रकृया नै निष्कर्षा पुग्ला
न त राज्यको पर्ुनर्संरचना नै होला। वरू मधेशवादीहरूको लालीपप खाने इच्छा
पूरा गर्दागर्दै एक तिहाई राज्य विहारसंग मिसिन पुग्यो भने अचम्म मान्नु
पर्दैन। जवकि माओवादीले उपेन्द्र यादवलाई केही महिनापछि प्रधानमन्त्री
बनाउने संकेत दिईसकेकेा छ भने कांग्रेससमेत कम्युनिष्टहरूलाई चकनाचुर
पार्दै कालान्तरमा आफ्नै नेतृत्वमा सरकार हाक्ने चरम दाऊमा छ। अरू नक्कली
लोकतन्त्रवाला पंक्तिहरूको कुरा नगरौं-उनीहरू यही हिलाम्मे दहमा पुरानो
सत्तालाई फुलाउन फलाउन चाहन्छन्।
दोश्रोको अस्तित्वलाई किमार्थ नस्वीकार्ने हाम्रो गरिमामय पार्टीका
नेतागणहरू यतिवेला कांधमा गोमन र्सप बोकेर सहमति खोजिरहेका छन्। कसैलाई
समुन्नत नेपाल र जनताको आर्थिक समृद्धी चाहिएको छैन, जसरी भएपनि पद
चाहिएको छ। जवकि सवैलाई थाहा छ-एउटा सेनापतिले गर्दा सिंगो राजनीतिक
माहोल व्रि्रन्छ, मुलकार्य धरापमा पर्दैछ र शान्ति प्रकृया नै
विथोलिनेवाला छ भने त्यस झिनो कांडालाई किन नझिक्ने। त्यस्तो कर्मचारीलाई
पन्छाएर सहमति जुटाउन केको आईतवार - तर यो देख्दा-देख्दै सवैले सत्तामा
सयर भई मुख्य लक्ष्यलाई तिलाञ्जली दिईरहेका छन्।
अतः हाम्रा कम्युनिष्टहरूमा थोरैपनि राष्ट्रियताको भावना हुने हो भने
सहमतिको उपचार अति सजिलो छ- सेनापतिलाई तत्काल विश्राम दिऔं, संसद चलाऔं,
एमाले-माओवादी सकभर कांग्रेससमेत मिलेर अवको डेढवर्षमाओवादीकै नेतृत्वलाई
स्वीकार गरौं। किनकी ३१ प्रतिशत जनताले माओवादीलाई पत्याएको कुरा सवैले
स्वीकारेकै हो। तर्सथ पदको लालची नहोऔं, यो छोटो समय जनताको भावनालाई
शिरोधार्य गर्दै ँमेरो पार्टी, मेरो पद र म' भन्दा ँमेरो देश' भन्ने
भावनालाई छातीमा हात राखेर सोचौं । होईन भने हरिओम् तस्सतम् तस्सतम् गरेर
जजमान लुट्ने धन्दा वाहेक केही चल्नेवाला छैन।


0 comments:

Feeds Comments