Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Sunday, May 17, 2009

0 ज्ञानेन्द्रको अनुमान सहि निक्ल्यो प्रचन्ड 'र' का एजेन्ट नै हुन्

-शेखर ढुङेल .
आखिर प्रचन्ड भारतका नयाँ लोन्दुप दोर्जे प्रमाणित भए । 'र' कै निर्देशन
बमोजिम नेपालको परम्परागत स्थायी धरातल र आस्थालाई ध्वस्त पारी सकेपछी
वचेको एक मात्र राष्ट्रिय सेनाभित्र कथित नागरिक सर्बोच्चताको नाममा
बिद्रोह गराउने र अर्को तिर बिभिन्न जनजाती अनि एक मधेष एक प्रदेशको
आन्दोलन गराइ रक्तपात बढेपछी तराइमा भारतीय मूलका नागरिकको सुरक्षाको
बहानामा भारतीय सैनिक बोलाउने षडयन्त्रात्मक चक्रब्युह रचियो तर समयमा नै
अमेरिका र अन्य राष्ट्रबादी दलले टेप मार्फत प्रचन्डको योजना थाहा
पाएकाले तत्काललाई रोकिए पनि खेल समाप्त भैसकेको भने छैन ।
त्यही योजना सफल गर्न सहयोग नगरेको भन्दै भारतलाई रिष देखाउन राजिनामा
दिए । म जस्तो विश्वाश पात्र पाउँदा पनि मौकामा सहयोग नगर्ने भन्दै
भारतीय दैनिक पत्रीका 'द हिन्दू ' मार्फत गुनासो पोखे । यसबाट स्पष्ट
हुन्छ राष्ट्रबादको खोल ओढेर प्रचन्डले नेपालमा नयाँ लोन्डुप दोर्जेको
रुपमा जन्म लिएका छन् । सेनामा बिद्रोह गराए लगत्तै तराइमा जातिय दंगा
गराउने योजना रहेको छ माओवादीको त्यसैले आफ्नो योजनामा बाधक देखिएका
राष्ट्रपती बिरुद्ध आगो भएर 'र' कै निर्देशनमा संघर्ष गरिराखेको एक
सुत्रले बताएको छ ।
पूर्व राजा ज्ञानेन्द्रलाई माओवादी भारतबाट संचालित छन् भन्ने थाहा थियो
त्यसैले विश्वमा सर्बाधिक आतंक पीडित भारतको आतंककारी परिभाषामा दोहोरो
मापदण्ड किन भनी पूर्व राजा ज्ञानेन्द्रले भारतको नितीको पर्दाफास गर्न
खोज्दा भारत चिढियो र मौका पाउने बितिकै उधारो लोकतन्त्र (उस्कै भाषा)
दिने नाममा माओवादी लगायतका दललाई तत्कालिन ८ दल भारत बोलाएर राजा
ज्ञानेन्द्रको बिरुद्ध मा १२ बुँदे सम्झौता गरायो । माओवादी बाहेक अरु
दललाई भारतको यो षड्यन्त्रको भनक समेत भएन ।
प्रचन्डको काम जसरी हुन्छ देश तहस नहस पार्ने , सडक र सदन ठप्प पार्ने ,
देशमा अराजकता फैलाउने , दण्डहिनतालाई वढावा दिने , संबैधानिक प्रकृया
नष्ट पार्ने , जनतामा वितृष्णा जगाउने , जातिय सदभावलाई द्वन्दमा परिणत
गर्ने , राष्ट्रिय ढुकुटी खाली पार्ने , र अन्तमा देशलाई असफल राष्ट्रको
पगरी गुथाइ बिदेशी भारतलाई नेपालमा आफ्नो इच्छा बमोजिमको शासित राज्यमा
परिणत गराउने त्यो षड्यन्त्रको तानाबना बुनिएको थिएन भने देशको सेना र
राष्ट्रपती बिरुद्ध भारतीय बिशेष दुतको माग किन गरे प्रचन्डले ? र किन
खोइरो खन्दै छन् आफ्नै देशको सेना र राष्ट्रपतीको ?


0 comments:

Feeds Comments