Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, May 14, 2009

0 भाइरल इनफलुन्जाको हावामा के हुने हो नयां नेपाल

-अरुण विक्रम शाह
बर्डफलुको रोग नसेलाउंदै स्वाइन फलु र भाइरल इनफलुन्जा रोगको चपेटामा
राज्य पर्न थालेकोले नेपालको राजनीतिमा अब उथलपुथल हुने हो भनी आम जनता
त्रसित बन्न पुगेका छन्। एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी सरकार,
नेकपा एमाले र सदभावना पार्टी -महतो) द्वारा नौ महिनामा नै अल्पमत पारी
अपदस्थ बनाएकोले संक्रमणकालीन अवस्थामा राजनीतिक पार्टीहरूद्वारा आम
जनताको आकांक्षालाई समेटेर आउने दिनमा कसरी संविधान निर्माण हुन दिनपरदिन
मुलुकमा बर्ड फलु, स्वाइन फलु र भाइरल इनफलुन्जा जस्ता नयां नयां रोगको
भाइरसमा निमुखाहरू फस्दै गइरहेका छन्।
नेपाली जनताको बलिदानपर्ूण्ा संर्घष्ाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको
उदय भयो तर राजनीतिक दलहरूको खिंचातानीले गर्दा प्रजातन्त्र नफस्टाउंदै
झन् संकटमा पार्दै गइरहेको छ। क्रान्तिको बाटो सहज र सरल भएकोले राजनीतिक
पार्टीहरू आ-आफनो अधिनायकवादको सिद्धान्त लागू गर्न क्रान्तिको बाटो
रोज्दछन्। प्रजातन्त्रको जतिसुकै दुहाइ गरे तापनि एकतर्फी सोचबाट राज्य
कहिले पनि उभो लाग्न सक्दैन। २००७ सालदेखि २०६६ सालसम्मको इतिहासलाई
हर्ेर्ने हो भने मुलुकले कति विकास गरे २००७ सालमा जनताको लागि नै
प्रजातन्त्र स्थापना भए। २०१७ सालमा राजा महेन्द्रले निमुखाहरूको
जीवनस्तर उठाउन पंचायती व्यवस्था लागू गरे, २०४७ सालमा राजनैतिक
पार्टीहरूद्वारा जनताको आकांक्षा पूरा गर्न बहुदलीय व्यवस्था स्थापना भए,
२०५८ सालमा राजा ज्ञानेन्द्रले नागरिकको लागि बहुदलीय व्यवस्था स्थापना
भए, २०५८ सालमा राजा ज्ञानेन्द्रले नागरिकको लागि शाही कदम चाले। २०६२-६३
सालमा संघीय लोकतान्त्रिक गणतन्त्र उदय भए तापनि आम जनताको जीवनस्तर
गांस, बास, कपासको व्यवस्था हुन सकेन। राजा महाराजा र राजनीतिक दलका
नेताहरूले २००७ सालदेखि २०६६ सालसम्म जनताको आकांक्ष्ँा पूरा गर्न सकेका
छैनन्। परिवर्तनका लागि कति नयां-नयां सपना देखाए तर राज्यलाई दिए के -
भाइरल इनफलुन्जा रोग सिवाय।
रोगको कहिले अन्त्य हुंदैन हावा झैं चलिरहने भएकाले यसका जिवाणुहरू नयां
रंगमा रूपमा मनुष्यलाई समय अनुकूल आफनो जालोमा पारी सताइरहने गरेकाले
सोही अनुरूप राजनीतिको हावा-पानी समय अनुसार नयां नयां रंग रूपको
एजेण्डामा चल्ने गर्दछ। नागरिक सर्वोच्चता एउटा राजनीति एजेण्डा हो यसले
जनतालाई समेटि अघि बढ्न खोजेका हुन्। संक्रमणकालीन अवस्थामा दलका
नेताहरूले आ-आफनो हैकम जनतामाझ पुर्‍याउन खोजेकाले राष्ट्रलाई अहमताको
कदमबाट कति लाभ वा हानी हुने हो त्यो आउने समयले नै बताउने छ। यस
परिस्थितिमा मानव अधिकारवादी जस्ता स्वतन्त्र निकायले राजनीतिक दलको
एजेण्डा अंगाली जुलुस निकालेर विरोध गर्नु अशोभनीय कार्य गरेर देखाउन पछि
नपर्ने नागरिक समूहले र्सार्वभौम र अखण्डता एवं र्सार्वभौम सम्पन्न
जनताको कसरी रक्षा गर्लान् - आफनो मानव धर्मलाई नष्ट पारेर राजनीतिक
पार्टीको पछि लागेर वकालत गर्नु नै राज्यमा भाइरसको जिवाणु फैलाउनु हो।
नागरिक सर्वोच्चताको आवाज बुलन्द गर्दैमा राष्ट्रवादी बन्न सकिदैन।
त्यसको लागि राष्ट्रप्रति सदैव समर्पित भइ त्याग र बलिदान दिन सक्नु
पर्दछ। लाखौं लाख विदेशीलाई नागरिकताको प्रमाणपत्र वितरण गरी स्वदेशी
बनाए यता भारतले कतिपय ठाउंको सिमाकंन स्तम्भ हटाइ नेपालको भूभागहरू
अतिक्रमण गरिरहेका छन् तर कुनै दल र मानव अधिकारवादीले संयुक्त
राष्ट्रसंघ समक्ष बिगुल फुक्न सकिरहेका छैनन् भने उनीहरूलाई के भन्ने -
देशभन्दा ठूलो पार्टी होइन। राजनीति एउटा साध्य हो दल समूह भएकोले आफनो
अहमंलाई परित्याग गरी नयां नयां रोगको हावापानीबाट राज्यलाई मुक्त राख्न
सदाचार बनी सहमतिको राजनीतिमा सरकार गठन गरी अघि बढ्न अति आवश्यक छ। यदी
सर्वोच्चताको एजेण्डामा निर्धारित भइ सडकदेखि सदनसम्म आन्दोलन गरिरहने हो
भने भाइरल इनफलुन्जाको हावामा के हुने हो नयां नेपाल।


0 comments:

Feeds Comments