Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Saturday, May 23, 2009

0 त्यागौं विदेशीपन गरौं स्वदेशीपनको अंगीकार

-नन्दकिशोर गोयल---------
-२१ औं शताब्दीको आधुनिक युगमा मानिसको सोच र चिन्तन एउटा मात्र छ- कसरी
धन सम्पत्ति एकत्रित गरू र एकत्रित धनसम्पत्तिबाट ऐय्यासी तथा
विलासितापर्ूण्ा जीवन जिउनुको लालसा नै बडी देखिएको छ । त्यसको लागि आजका
युवायुवतीको साथै प्रौढ वर्गका नरनारीको अवस्था पनि त्यस्तै नै छ।
यसप्रकारको जीवन जिउनुको लागि उनीहरूले जे जस्तो प्रकारको कार्य गर्नको
लागि पनि तयार रहन्छन्। धनोपार्जनको भोक यसप्रकार नै बढीसकेको छ कि
त्यसको लागि मानिसले मानसम्मान र परिवार, आमाबाबू, दाजुभाइ, दिदीबहीनी,
श्रीमतीको साथै सन्तान पनि त्याग्न तयार छन्। यसमा पुरूष मात्र होइन
महिलाहरूको पनि त्यही अवस्था छ। महिलाहरूको पनि अवस्था यसैप्रकारको छ कि
धनको निम्ति उनीहरूले र्सवस्व गुमाउन तत्पर देखिएको छ। आजको आधुनिक युगमा
शिक्षित महिलाहरूमा विशेष प्रकारले यो अवस्था बढी नै देखिएको छ।
शिक्ष्ँित वर्गको महिलाहरूमा परम्परागत संस्कृति र संस्कारको कमी पनि बढी
मात्रामा पाइएको छ। आधुनिक फेशनको हिलोमा डुबिएको मानसिकताले मात्र निजी
स्वार्थ सुख, स्वतन्त्रताप्रति मात्र लक्षित छन्। उनीहरूले स्वदेश, समाज,
संस्कार, रीतिरिवाजसम्मलाई पनि घृणाको दृष्टिले हेरेका छन्। विदेशी पहिरन
विदेशी फेशन, विदेशी खानपानको सभ्यतामा डुबेका महिलाहरूले अरूको त के
आफनो इज्जत भनेको के हो भन्ने ज्ञान नभएका जस्ता देखा देखा परिरहेका छन्।
आधुनिक सभ्यताको नाममा विदेशीकरण नै बढी देखिएको छ। अर्ध नांगोपन त आजको
नयां पुस्ताको अधिकार नै भएको छ। युवायुवतीको साथै प्रौर्ढवर्ग पनि पछि
छैन। उनीहरू झन् एक कदम अगाडि नै छन्। विकृति यहांसम्म बढीसकेको छ कि
पर््रदर्शनकारीभन्दा देख्ने वा हर्ेर्नेवालाहरूलाई बढी शर्म, लाजलाग्दो
रहेछ। पश्चिमी सभ्यतामा मानिसहरू यसप्रकारकाले डुबेका छन् कि आफनो
श्रीमती समेत सांटासांटको प्रथा बडो जोरसोरले चलिरहेको छ। पार्टर्ीीजी
गर्नु, होटलबाजी गर्नु, वियर रक्सी, चुरोट त सभ्य समाजको फैशन नै भइसकेको
छ। यस्को साथै विदेशी शिक्ष्ँाको प्रभाव पनि ठूलो मात्रामा समाजको
बालबालिकामा परिसकेको छ। हाम्रँे भावी पुस्ताले शायद नै आफनो बोली, भाषा,
खानपान, संस्कृति र संस्कारलाई जोगाउन सक्छन् भन्ने कुराको ठूलो आशंका
वृद्धवृद्धाहरूमा उत्पन्न भइसकेको छ। सम्बन्ध विच्छेदको प्रथा त्यसको मूल
र मुख्य कारण के हो कि देशमा पश्चिमी सभ्यता पुरूषभन्दा पनि महिलाहहरू नै
सम्बन्ध विच्छेदमा बढी अग्रसर देखिएका छन्। आजको महिलाहरु कसैको दबाब सहन
सक्ने अवस्थामा छैनन्। उनीहरूको स्वतन्त्रतामा कसैको कुनै प्रकारको दवाव
पर्नु हुंदैन यदी परिहाले भने उनीहरू सम्बन्ध विच्छेदतिर अग्रसर हुन्छन्।
उनीहरूको मानसिकतामा एउटा कुरा मात्र रहन्छ कि म त सुन्दर छु, रूपवती छु,
जवान छु मलाई कुनै न कुनै त भेटीहाल्छ। अर्को कुरा के छ-जवान महिलाहरूमा
अहंकार पनि बढी देखिएको छ। उसले पुरूषप्रतिको परिवारजनमा अन्य
सदस्यहरूलाई महत्व दिन पनि छाड्छिन्। त्यसको कारण परिवारहरू पनि
सांघुरिदै गइरहेको छ। अर्कोतिर आजभोलिको राजनीतिकरण पनि त्यसप्रकारको नै
भइसकेको छ। राजनैतिक गर्ने दलहरूले पनि महिला वर्गलाई आफनो भोट बैंकको
रूपमा प्रयोग गर्ने उद्देश्यले महिलालाई भ्रमित पारिरहेका छन्।
महिलाहरूलाई आ-आफनो दलमा समावेश गराउनको लागि उनीहरूलाई नानाप्रकारको
दिवासपनाको मांयाजालमा फसाएर पुरूषहरूप्रति घृणाको भावना सिर्जना
गराइराखेको छ। एकतिर नेताहरूले पुरूष प्रधानताको नाममा भ्रमित तुल्याई
रहेको छ। अर्कोतिर नेताहरूले ठूलो ठूला-ठूला उद्योगहरूको उत्पादन हुने
सामग्रीमा उपभोक्तालाई आकषिर्त गराउनको लागि महिलाहरूको अर्धनांगो शरीरको
फोटोहरू देखाएर करोडौं-करोड दलाली खाइरहेका छन्। साबुनदेखि लिएर रक्सीको
बोतलसम्ममा नारीको कामुक प्रचारका दृश्यहरू छापिएका छन्। यसलाई के भन्ने
होला - नेता तथा उद्योगपतिहरूलाई नारीको संरक्षक वा नारी शरीरको
पर््रदर्शन गर्ने दलाल - आफनो स्वार्थ सिद्ध गर्न धनोपार्जनको लागि नारी
जातको यसप्रकारको कार्यलाई के नारी शोषण भन्न मिल्दैन - नारी शोषणको नारा
दिनेवालाहरू नै महाशोषणकर्ता रहेको जस्तो सभ्यनागरिकले महसुस गरिरहेका
छन्।
अब यहां कुरा के आइरहेको छ कि हाम्रँे देशका दिदी-बहिनी नारी वर्गले पनि
कमसेकम सोच्नुपर्ने समय आएको छ। के अंगे्रजी दर्ुइ शब्दको ज्ञाता
हुनेवित्तिकै आप\mना पर्ुखा दरपर्ुखाहरूबाट पाएको धरोहरमा आफनो संस्कृति,
संस्कार खानपान, बोलीभाषा त्याग गर्नु कहांसम्मको बुद्धिमानी हो - हामी
नेपालीलाई न कुनै दलले, न कुनै नेताले, न कुनै फेसनले विदेशी बनाउन सक्छ
र न विदेशी बन्न सक्छौं। यो कुरा कटु सत्य हो। गधालाई बाघ जस्तै डिजाइनको
खोल लगाइ दिए भने उचाहिं बाघ कहिले र कदापि पनि बन्न सक्दैन। हामीभित्रको
नेपाली मुटुमा रहेको नेपाल र नेपालप्रतिको आस्था र सम्मान कहिले मेट्दैन।
त्यसकारण देशका सवै दाजुभाइ, दिदीबहिनी हामी सबै मिलेर देशलाइ
नेपालीहरूको लागि नेपाली प्रकारले नै सिंगारौं। त्यसमा नै हाम्रो
स्वाभिमान, गौरवता कायम रहनेछ। विदेशीप्रकारको सबै कुराको हामी सबैले
त्याग गरौं। स्वदेशका स्वदेशीपनलाई आजबाट नै अंगीकार गरौं। अनि मात्र
विश्वमा हामी शिर ठाडो गरी विश्वलाई आफनो स्वतन्त्र पहिचान, गौरबशाली
स्वाभिमान देखाउन सक्नेछौं र भन्न सक्छौं- हेर कस्तो छ नेपालीहरूको
सुन्दर, शान्त, विशाल नेपाल। स्वीजरल्यान्ड र सिंगापुर बनाउनेहरूले
देखाएको रंगीन सपनाबाट ब्यंूझौं र भनौं हाम्रँे देश जस्तै सुन्दर, शान्त
विशाल देश बनाएर देखाउ, त्यसमा नै जीत छ। -वीरगंज


0 comments:

Feeds Comments