Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Thursday, May 21, 2009

0 भाषा, धर्म, पृथ्वीको संरचना र नेपालको उत्पति

-राजेन्द्रप्रसाद सिंह
भाषिक समस्याको कुरा उठाउँदा हामीलाई अली गहनतम अध्ययनतिर जानु पर्छ।
यसको लागि पृथ्वीको बारेमा In brief बुभनु पर्दा अहिले विश्वका सात वटै
महादेश आज भन्दा करोडौंं वर्षपहिले एकक्रित रूपमा थियो। जसलाई
"पाञ्जियाँ" भनिएको हो। यसरी विस्तारै पाञ्जियाँ विभाजित भएर सातवटा खण्ड
भए। त्यसलाई पछि सात महादेशहरूको नामले वर्गीकरण गरिएको पाइन्छ।
प्राचिनकालमा उत्तरमा र्साईवेरिया र दक्षिणमा गण्डवाना महाभूमिकोबीच
-हिमालय पर्वत, आल्पस पर्वत र भू-मध्य सागरसम्म) टेथिस नामको महासमुन्द्र
थियो। उत्तरमा र्साईबेरिया र दक्षिणमा गण्डवानका नदिहरूले बगाएर ल्याएको
सेडिमेन्टहरूद्वारा त्यस क्षेत्रको घनत्व र दवाव बढन गएकोले कमजोर भाग
माथि उठन गयो। "प्लेट टेक्टोनिक सिद्धान्त" अनुसार दक्षिण क्षेत्रबाट
उत्तर तर्फगएको तीब्र आन्तरिक शक्तिले दक्षिण भाग उत्तरतर्फधकेल्दै
विभिन्न चरणमा हिमालय, महाभारत रेन्ज र चुरे आदि पहाड बने। यहि प्लेट
टेक्टोनिक सिद्धान्तको आधारमा गंगा मैदानको एक भाग बनेको हो। र त्यस
क्षेत्रमा बढि गर्मी र बढी जाडो नभएको र यस्तो स्थिति फलोरा र फौउना
समुदायका लागि अनुकुल भएकोले यहाँबाट नै जीवनको पहिलो शुरूवात भएको
सत्य-तथ्य प्रमाणित भएको देखिन्छ। स्मरण गराउन चाहन्छु कि यो सम्पूर्ण
भू-भाग नेपालको थियो। अर्थात नेपालबाट नै जीवनको प्रथम उत्पति भएको कुरा
जग जाहेर छ। मानिस उत्पत्तिको लागि र्सवश्रेष्ठ भू-भाग नै हिमबत खण्डलाई
मानिएको छ।
प्रमाणको आधारमा सत्य-तथ्य कुरा राख्दा समुद्रगुप्तको स्तम्भलेख,
चिनियाँ ताङ्ग, वृतान्त, चिनियाँ यात्री हुयानसाङको व्यान, कल्हणको
राजतरङ्गण्िाी लिच्छविकालिन अभिलेख, कुबलयानन्दको ग्रन्थ स्कन्द पुराण
समेतमा नेपालको बारेमा वर्ण्र्ााहर्ेदा र शाक्तिसङ्ग ितन्त्रको आधारमा
नेपालको प्राचीन सीमाना उत्तरमा हिमालय पर्वत, दक्षिणमा मध्यभारत सम्म,
पर्ूवमा आसाम र पश्चिममा गढवालसम्म फैलिएको थियो भन्ने कुरा यी उपरोक्त
प्रमाणहरूबाट देखिएको छ।
यस प्रकार नेपाल विश्वकै प्राचिन सभ्यता र सुसंस्कृत भएको देशहरू मध्ये
एक हो यहाँबाट नै विश्वकै कला कौशल सभ्यता, संस्कृति भाषा र धर्म
फष्टयाएको पनि प्रमाणको आधारमा भन्न सकिन्छ । किनकी यस देशलाई सत्युगमा
सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र हाल यो कलियुगमा
नेपाल भनिएको कुरा हाम्रा स्कन्ध पुराण, पौराणिक धर्म ग्रन्थहरूमा उल्लेख
छ।
यहाँ सम्मकि उपत्यकाका जलाशयको पानी बाहिर निकाली बस्ने योग्य भूमि
बनाउनेमा मञ्जुश्री बोधिसत्व र भगवान श्री कृष्णले वाणसुरको बद्य नेपालमै
गर्नु भएको आख्यान छ। बैष्णव धर्मावलम्बी अनुसार भगवान विष्णुले
उपत्यकाको पानी निकास गर्न चोभारमा चक्र प्रहार गरी पहाडलाई काटेर पानी
बाहिर निकाली काठमाण्डौ उपत्यकालाई आवादीयोग्य बनाएका थिए। उता कुरू
ऋषिका नामबाट बनेको कुरूक्षेत्रमा महाभारतको युद्धनीतिदेखि मानब कल्याणका
महाकाव्य गीता भगवान श्रीकृष्णकै मुखारविन्दबाट निस्किएको महाविश्वग्रन्थ
मध्ये र्सवश्रेष्ठ ग्रन्थ हो सो क्षेत्र समेत पनि नेपालमै थिए।
यस प्रकार शिवबाट विष्णु, विष्णुबाट ब्रम्हा र ब्रम्हाबाट ब्रम्हाण्ड
बनेपछि ग्रह, नक्षत्र, र्सर्ूय, चन्द्र, तारा, पृथ्वीको संरचना र जीवको
उत्पति पछि फेरि जगतको सुरूवात गर्न शिव किराँत कुलमा महाज्ञानी विराट
पुरूषको रूपमा अवतरीत भएका हुन्। किराँत कुलमा शिवको सम्पूर्ण जीवको
कल्याण हेतु आगमन अवतार भएकाले शिवलाई किराँतेश्वर महादेव भनि सम्वोधन
गनर्ेर्ेेरिन्छ। यसैले शिव किराँतहरूको पर्ूवज, पर्ूखाका साथै कुल देवता
हुुन्। किराँतहरूले नै मान्ने तिनै शिवलाई हिन्दु भनिन्छ भन्ने सृष्टिको
दैविविधान हो। यो इश्वरीय दैवि विधानलाई वास्ता नगरेपछि नेपालमा विधान
बन्ने प्रकरण शुरू भएता कसैको पर्ूण्ा काल सरकार चल्न सकेको छैन। इश्वरले
सबैको पालो-पालो परीक्षा लिँदैछ।
भगवानका अवतार आप\mना मानव सन्तानलाई उत्थान गर्नेको लागि अग्रगमनतिर
लम्काउनको लागि मत्स, कर्ुम, नृसिंह, राम, कृष्ण, बुद्ध, येशु, लगायत
बराह, सारी आदि अवतार समेत भगवानका भएका छन्। तर यी अवतारहरू मध्ये शिव
नै जेठा पर्ूखा हुन्। शिवलाई नै गुरूका पनि गुरू महान गुरू भनेका हुन। यस
प्रकार ऊँ र शिव शब्द शिवकै मुखबाट प्रथम पटक उच्चारण न सुनेसम्म शिष्यले
ऊँ भने आवाज कसरी बोल्न सक्छ। आमाले र्सवप्रथम आफनो सन्तानलाई आमा, बुवा
भनेर नसिकाएसम्म सन्तानले आमा बुवा कसरी भन्दछन्। धर्मशास्त्रहरू ऊँ
भनेको सृष्टि, शक्तिको स्पन्दन, शब्द ब्रम्ह, नान विन्दु, अनाहत ध्वनि ऊँ
नै विश्व हो।
ऊँ परम ब्रम्ह परमेश्वरका र्सवाेतम नाम हो किनकी यसमा "अ" ऊ र म् तीन
अक्षर मिलेर एक
-ओइम) समुदाय बनेको छ। यसै एउटा नामबाट प्रमेश्वरको सम्पूर्ण नाम आउँछ ।
जस्तै आकारले विराट, अग्नि, विश्वादि बताउँछ। उकारबाट हिरणयगर्भ, बायु र
तैजसादि आउँछ। मकारबाट "इश्वर" आदिस र प्रज्ञादि नामहरू आउँछन। ऊँ सदा
र्सवव्यापी हो। जब बच्चा जन्म लिन्छ तब नव जात शिशु या अबोध बालक रून्छ
यस बेलाको आवाज "ऊँवा" "ऊँवा" जस्तै भनेर रून्छ। यस्तो भान हुन्छ कि
बच्चा दैवि विधान अनुसार पहिला ऊँको जय गर्छ। रूम बिरूवाको पातहरूबाट,
नदीमा बगेको पानीको लहरको ध्वनि हामी यहाँसम्म कि विभिन्न बाहनहरूको
आवाजलाई ध्यान पर्ूवक सुन्यौ भने "ओकार" प्रति ध्वनि को अनुमति प्रतीत
हुन्छ। हामी जब अंगडार तथा श्वाँस प्रश्वास लिने बेलामा स्वतः हाम्रो
निरंतर जप्न प्रेरणा दिइरहेको हुन्छ। यो शब्द अपर सामर्थ्य यूक्त छ।
समस्त इश्वरीय सम्पदा यसमा समाहित भएका छन्। ऊँ नै साज्ञात परब्रहम हो।
यस प्रकार भाषाहरूको ] Mother Language को रूपमा संस्कृत हुन। यस
भाषालाई फष्टाउन को लागि स्वम् भगवान शिव हिमालयको कैलाश पर्वतमा
विराजमान भएर मानसरोवर जुन भारत नेपाल र चाइना तीनवटै देशलाई जोडने थलोको
रूपमा लिईन्छ त्यहाँसम्म आफ्नो ताण्डव नृत्यदेखि मानवलाई चाहिने सम्पूर्ण
विश्वको कल्याण हेतु मार्ग प्रगाढ गरेका छन् वहाँ कै शरणमा ऋषि मुनिहरू
ध्यान, योग, ज्ञान योग, कर्म योग, युद्ध निति आदि सम्पूर्ण ज्ञान आर्जन
गरेका प्रमाणहरू छन्।
भगवान शिवले नै देबऋषि नारदलाई आदेश दिएर रत्नाकर नामले प्रसिद्ध
डाँकालाई दिक्षित गरी पछि बाल्मिकी ऋषि नामाकरण गरी भगवान शिवको शरणागत
गराएर रामायण लेख्न लगाइयो, यहाँबाट नै ऊँ पहिलो लेटरबाट पहिला संस्कृत
भाषाको शुरूवात हुन्छ।
संस्कृतमा लेखेका बाल्मिकी रामायणलाई तुलसीदासले हिन्दीमा उल्था गरे।
यसप्रकार भारतको राष्ट्र भाषा हिन्दी भए। भानुभक्तले त्यसै रामायणलाई
नेपालीमा उल्था गरे नेपालको राष्ट्र भाषा नेपाली भए यस प्रकार संसारकै
बोलीने सम्पूर्ण भाषाको इचष्नष्ल संस्कृत भाषा भएकोले विश्व कै भाषा
सभ्यता संस्कृति हाम्रै भूभाग यहि भूमिबाट फष्टाएको छ र फेरी Translate
भएर हामीमाथि नै लादिएको छ। बाल्मिकी आश्रम नेपालमा छ, सीता गुफा यही
देबघरमा छ। भनिन्छ न रहते राम अयोध्यामे अगर सीता मिथिला न होती न लिख्ते
तुलसी रामायण भारतकि हिन्दी खो जाती। यस प्रकार पृथ्वी ग्लोवल छ। जुन चिज
जहाँबाट शुरू हुन्छ फेरि त्यहीं आएर समाप्त हुन्छ। संसारकै धर्म संस्कृति
यहीबाट शुरू भएकोले हाम्रो हिन्दूत्व समाप्त हुने वित्तिकै संसारकै
सम्पूर्ण धर्म संस्कृति समाप्त हुन्छ। यसैले हामी आफनो संस्कृति जोगाउ।
-लेखक माईस्थान मा.वि.बीरगंजका शिक्षक हुनुहुन्छ। मोवाईल नं.९८४५११७८३६,
०५१-५२२१८२


0 comments:

Feeds Comments